Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
समाचार
  • Home
  • समाचार
  • गठबन्धनमा खटपट, प्रधानमन्त्रीलाई छटपट
गठबन्धनमा खटपट, प्रधानमन्त्रीलाई छटपट
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, जेठ २२, २०८१
  •  एमालेले बजेटमा असन्तुष्टि प्रकट गर्नु, मधेसमा गठबन्धनको सरकार गठन नहुनु र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलहरूको कित्तामा उभिन खोज्नुले सत्ता गठबन्धन भित्रभित्रै गम्भीर संकटमा पर्दै गएको संकेत
  • बाहिर हल्ला गरेजस्तो गठबन्धनमा खटपट नभएको सत्तारुढ दलका नेताहरूको दाबी

काठमाडौं– एमाले–माओवादीसहितको सत्ता गठबन्धनमा मतभेद चुलिँदै गएको छ । नेकपा एमालेले बजेटमा असन्तुष्टि प्रकट गर्नु, मधेसमा गठबन्धनको सरकार गठन नहुनु र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलहरूको कित्तामा उभिन खोज्नुले सत्ता गठबन्धन भित्रभित्रै गम्भीर संकटमा पर्दै गएको देखिएको हो ।

वर्तमान सत्ता गठबन्धन बनेको ठीक दुई महिनामात्रै भएको छ । यति छोटो अवधिमै गठबन्धनका दलहरूबीच खटपट देखिएको हो । यसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारको भविष्यमाथि प्रश्न खडा गरेको छ । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार नै अर्थमन्त्री वर्षमान पुनले परामर्श नगरी बजेट ल्याएको भन्दै असन्तुष्टि पोखेका थिए । सत्तारुढ दलहरूबीच नै परामर्श नगरी बजेट ल्याउँदा अर्थमन्त्री पुनको कि उनी आबद्ध दल माओवादीको भन्दै ओलीले प्रश्नसमेत गरेका थिए ।


बजेटबारे सुझाव राखेकै कारणले गर्दा बाहिर सत्तारुढ दलहरुको बीचमा विशेषतः एमाले र माओवादीकै बीचमा खटपट सुरु भएको भन्ने होइन ।
महेश बर्तौला
प्रमुख सचेतक, नेकपा एमाले

‘यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर बजेट ल्याइएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो,’ ओलीले भनेका छन्, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि ? अर्थमन्त्री भएको पार्टीको ?’

ओलीको यस्तो असन्तुष्टि प्रकट भएको अवस्थाबीच आइतबार र सोमबार बजेटबारेको छलफलमा सहभागी एमाले सांसदहरूले पनि बजेटबारे असन्तुष्टि पोखे । पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, सांसद रघुजी पन्तलगायत सांसद बजेटको आलोचनामा उत्रिए । बजेटबारे उठेका सवालको डटेर सामना गर्नुपर्ने अवस्थामा एमाले बजेटलाई लिएर प्रतिपक्ष दलजस्तै भएको हो ।

यसबाट प्रधानमन्त्री दाहाल सशंकित भएका छन् । आइतबार र सोमबार लगातार प्रधानमन्त्री दाहालले ओलीसँग संवाद गरेका छन् । ओलीको सचिवालयले जनाएअनुसार दाहालले बजेटको विरोध नगरी ‘डिफेन्स’ गर्न सत्तारुढ दलको हिसाबले एमालेको मूल दायित्व रहेको ओलीलाई बताएका थिए । ओलीले भने सत्ता घटकहरूबीच परामर्श नगरी किन बजेट ल्याइयो भनेर प्रधानमन्त्री दाहाललाई सोधेका थिए । 

एकातिर ओली नेतृत्वको एमाले बजेटलाई लिएर असन्तुष्ट छँदा गठबन्धनकै एउटा दल नेकपा एकीकृत समाजवादीले भने विपक्षी कित्तामा उभिन सक्ने संकेत गरेको छ । किनभने मधेस प्रदेशमा मुख्यतः एकीकृत समाजवादीकै समर्थन प्राप्त गर्न नसक्दा एमाले, माओवादीसहितका दलहरू सम्मिलित सरकार गठनका लागि जनमत पार्टीले दाबी पेस गर्नै सकेको छैन । 

पार्टी महासचिवसमेत रहेका मधेस प्रदेश संसद्का प्रमुख सचेतक चन्दन सिंहले एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन रहने टुंगो लागेपछि मात्रै मधेस सरकार गठनमा जनमत सरिक हुने बताए । जनमतबाट त्यहाँ संसदीय दलका नेता महेशप्रसाद यादवले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । 

तर, गठबन्धनकै एउटा दल एकीकृत समाजवादीले मधेस सरकार गठनका लागि समर्थन नजनाउँदा अझैसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न नपाएको हो । यसले गर्दा प्रधानमन्त्री दाहाल थप दबाबमा परेका छन् । उनले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि बोलाएर संवाद गरेका छन् । नेपालले आइतबार प्रधानमन्त्री दाहालसँगकै सल्लाहमा विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा सहभागी हुन देउवानिवास बूढानीलकण्ठ गएको प्रस्टीकरण दिएका थिए । उनी गत बुधबार बूढानीलकण्ठ गएका थिए ।

नेपालको यस्तो जवाफपछि ओलीले भने प्रधानमन्त्री दाहालप्रति शंका गर्न थालेको पनि बताइएको छ । यहीबीच सोमबार दाहालले ओली र नेपालसँग भेटवार्ता गरे । कांग्रेस सभापति देउवासँग पनि दाहालले छलफल गरेका थिए । शीर्ष नेतृत्व तहमा देखिएको बढ्दो अविश्वासबीच गठबन्धन धरापमा पर्दै गएको टिप्पणीहरू भइरहेका छन् । यद्यपि, बाहिर चलेको हल्लाजस्तो सत्ता गठबन्धनमा नभएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले दाबी गरे । उनले बजेटबारे सुझाव राखेकै भरमा गठबन्धनमा खटपट भयो भनेर नबुझ्न पनि आग्रह गरे ।

‘व्यावहारिक रुपमा यो बजेट बोकेर हिँड्छौं । त्यसैले छलफलको प्रक्रियामा हामी मान्यज्यूलाई आफ्ना कुरा राख्ने कुरामा बिर्को लगाउनूस् भन्दैनौं,  खुला ढंगले गर्नूस्,’ उनले भने, ‘यही सुझाव राखेकै कारणले गर्दा बाहिर सत्तारुढ दलहरुको बीचमा विशेष एमाले र माओवादीकै बीचमा खटपट सुरु भएको भन्ने होइन ।’

उसो त प्रतिनिधिसभामा नेकपा माओवादीका प्रमुख सचेतक रहेका हितराज पाण्डेले पनि बर्तौलाले जसरी सत्ता गठबन्धनमा खटपट देखिएको भन्ने हल्लामात्र रहेको दाबी गरे । उनले भने, ‘बजेटमा व्यक्त भएको हाम्रो साझेदार सबैभन्दा ठूलो दलको कुरालाई लिएर कतिले त्यस्तो अड्कल काटेका होलान् । तर, आइतबार सदनमा उहाँहरूले एक मतले बजेटको समर्थनमा बोलेपछि त्यो तथ्यले नै त्यस्ता हल्लाहरूलाई काटिहाल्यो ।’

उनले बाहिर आएका हल्ला र टीकाटिप्पणीजस्तो गठबन्धन दलहरूबीच कुनै मतभेद नरहेको दाबी गरे । माधव नेपाल विपक्षी दलहरूको बैठकमा गएपछिको कुरा सुनाउँदै उनले भने, ‘हाम्रा माननीयज्यूहरूले पनि प्रधानमन्त्रीज्यूलाई केही दिनअघि यस्तो हल्लाबारे सोध्नुभएको थियो । प्रधानमन्त्रीज्यूले मैले नै भनेर उहाँ जानुभएको हो । म आफैं पनि त शेरबहादुरजीलाई भेट्न गएको थिएँ भन्नुभयो । त्यस्तो हल्लाको कुनै अर्थ छैन भन्ने उहाँको कुरा थियो ।’

अहिले गठबन्धनकै मुख्य दल एमालेका कारण सुदूरपश्चिम प्रदेश सरकार अपूर्ण बनेको छ । एकीकृत समाजवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेले मन्त्री पठाएकै छैन । बद्लामा एकीकृत समाजवादीले मधेस सरकारमा समर्थन जनाइसकेको छैन । सोमबार मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छ । अर्कातिर एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमै रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिक्षामन्त्री भएकी सुमना श्रेष्ठप्रति कडा टिप्पणी गरेका छन् । उनले आइतबार विदेशी नागरिकसँग विवाह गरेर माइती देश नेपाल आउँदा समानुपातिक सांसद हुँदै सुमना मन्त्री भएको भन्दै कटाक्ष गरेका थिए । यी दृष्टान्तहरूले गठबन्धनमा खटपट हुन थालेको प्रस्ट संकेत गर्छ ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक बुधबार, साउन ७, २०८२
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण
‘दिव्य पशुपति अभियान’ सुरु:  पर्यटनमन्त्रीको सहभागितामा वृक्षारोपण बुधबार, साउन ७, २०८२
गाथामग  चह्रे  पर्व मनाउँदै नेवार समुदाय
गाथामग चह्रे  पर्व मनाउँदै नेवार समुदाय बुधबार, साउन ७, २०८२
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै
केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै बुधबार, साउन ७, २०८२
पर्यटक तान्दै चौरीखर्क
पर्यटक तान्दै चौरीखर्क बुधबार, साउन ७, २०८२
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा
कुलिङ पिरियड राख्नैपर्ने कांग्रेस नेताहरुको माग, देउवा भने एमालेलाई सघाउने तयारीमा बुधबार, साउन ७, २०८२
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता बुधबार, साउन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP