Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • राष्ट्रिय ललितकला प्रदर्शनी शुरु, पर्यटनमन्त्री तामाङले गरे उद्घाटन, ६४ बढी कलाकार पुरस्कृत
राष्ट्रिय ललितकला प्रदर्शनी शुरु, पर्यटनमन्त्री तामाङले गरे उद्घाटन, ६४ बढी कलाकार पुरस्कृत
बुद्ध योन्जन लामा
बुद्ध योन्जन लामा मंगलबार, जेठ १५, २०८१

काठमाडौं- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ शुरु भएको छ । जेठ १५ गतेका दिन प्रतिष्ठान परिसरमा एक कार्यक्रमको आयोजना गरी प्रदर्शन शुरु भएको हो ।

‘सामाजिक रुपान्तरण: ललितकलाको अभियान’ सारभावमा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ को माननीय संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उदघाटन गरे । तामाङले प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवद्र्धन र प्रवर्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएको बताए ।

lalitkalanews-(4)-1716914074.jpg

प्रदर्शनीमा कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेश प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका, ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८, सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ गरी ४८२ कलाकारको ५२२ कलाकृतिहरु प्रदर्शनीमा राखेका छन् । जसमा अप्रतियोगी अन्तर्गत ७६ कलाकृति समावेश छन् । विधागत रुपमा समसामयिक चित्रकला १९१, परम्परागत चित्रकला ८९, आधुनिक मूर्तिकला ४१, परम्परागत मूर्तिकला २३, लोककला ५१, हस्तकला ६८, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकला ३३, प्रतिस्थापन कला ७, कार्टुन १२, क्यारिकेचर ३, डिजिटल १, भिडियो १, भावभङ्गि २ कलाकृति प्रर्दशनीमा राखेका छन् ।

त्यसैगरी राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डंगोल, पराम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ बिनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सालका सेर्पा र फोटोग्राफीतर्फ रामगोपाल वद्यैलाई प्रदान गरेका छन् । यी सम्पूर्ण पुरस्कारको राशि ६० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरेका छन् । लेखन पुरस्कारको राशि ६० हजार छन् भने पत्रकारिता पुरस्कार ३० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

Hardik health

lalitkalanews-(3)-1716914094.jpg
 

प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार कोशीबाट सामना राई (भावभङ्गिमा कला), मधेशबाट विगुल ढकाल (समसामयिक चित्रकला), बागमतीबाट अनमोल रत्न तुलाधर (परम्परागत चित्रकला), गण्डकीबाट भिमबहादुर राना मगर (समसामयिक मूर्तिकला), लुम्बिनीबाट आकाश बुढामगर (समसामयिक चित्रकला), कर्णालीबाट टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला) सुदूरपश्चिमबाट महेन्द्र पुन (समसामयिक मूर्तिकला) लाई प्रदान गरेका छन् । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।  

त्यसैगरी, प्रादेसिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोशीबाट सानी राई, मधेशबाट स्मिता श्रीवास्तव, बागमतीबाट सुदीप कुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाष कुमार शाक्य, सुदूरपश्चिमबाट यसोदाकुमारी सिंह, समसामयिक मूर्तिकलातर्फ कोशीबाट टीकाराम पौडेल, बागमतीबाट जुनु खनाल शर्मा, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट हरिबहादुर थापा वयम्बु, कर्णालीबाट कौसिबहादुर बुढा, परम्परागत चित्रकला विधातर्फ कोशीबाट गणेश लामा, मधेशबाट सोनामसिं ब्लोन तामाङ, बागमतीबाट शंख नारायण श्रेष्ठ, गण्डकीबाट विचार सिं तामाङ, कर्णालीबाट लारप रोकाया, परम्परागत मूर्तिकला विधातर्फ कोशीबाट कम्लेश लिम्बु, बागमतीबाट कृष्ण गोपाल गारु हस्तकलातर्फ कोशीबाट शिव छाङ्छा राई, मधेशबाट रुना झा, बागमतीबाट राजिव महर्जन, लुम्बिनीबाट शुभेच्छा चौधरी, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट सीता राना, लोककलातर्फ कोशीबाट विष्णु प्रसाद चौधरी, मधेशबाट विनाकुमारी कर्ण, बागमतीबाट अमन कटुवाल, लुम्बिनीबाट सिकेन्दर चौधरी, वास्तु तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत कार्टुनमा गण्डकीबाट महेश वस्ताकोटी, प्रतिस्थापन कलामा बागमतीबाट रविन्द्र कुमार श्रेष्ठ, फोटोग्राफीमा कोशीबाट सनम तामाङ, बागमतीबाट प्रेम थापा, लुम्बिनीबाट नारायण वि.क., सुदूरपश्चिमबाट माधव ओझा, क्यारिकेचरमा गण्डकीबाट अनिशा भण्डारीलाई पुरस्कृत गरेका छन् । यी सम्पूर्ण पुरस्कारको राशि ३०/३० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

 lalitkalanews-(2)-1716914119.jpg
 

विद्यार्थी ललितकला प्रादेशिक पुरस्कारतर्फ कोशीबाट अभिषा घिमिरे, मधेश प्रदेशबाट आरतीकुमारी साह, बागमतीबाट रमिता तामाङ, गण्डकी प्रदेशबाट सपना नेपाली, लुम्बिनीबाट सोनु हरिजन र सुदूरपश्चिमबाट रोशन भण्डारीलाई प्रदान गरेका छन् । यस पुरस्कारको राशि ३० हजार रुपियाँ र सम्मानपत्र रहेको छ । यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान भने कमलमणि काफ्ले र मिना कुचिकारलाई प्रदान गरेका छन् ।

यसै वर्षदेखि शुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरेका छन् । यी पुरस्कारको राशि ५०/५० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।     Lalitkala-(4)-1716728434.jpg
 

यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गरेका छन् । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ । सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरेको छ । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ । कला प्रवद्र्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार संघलार्ई प्रदान गरेको छ ।राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ जेठ ३० गतेसम्म प्रदर्शन हुने प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए ।

 


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
 गायक तथा अभिनेता प्रशान्त तामाङको  निधन
 गायक तथा अभिनेता प्रशान्त तामाङको  निधन आइतबार, पुस २७, २०८२
सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा  चलचित्र ‘मिरमिरे’
सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा चलचित्र ‘मिरमिरे’ आइतबार, पुस २७, २०८२
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करणका लागि फिल्म आह्वान आइतबार, पुस २७, २०८२
दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन
दिमाग घोच्‍ने मान्छे’ आजदेखि प्रदर्शन शुक्रबार, पुस २५, २०८२
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल बिहीबार, पुस २४, २०८२
चलचित्र ‘शिवांश’को टिजर सार्वजनिक 
चलचित्र ‘शिवांश’को टिजर सार्वजनिक  बिहीबार, पुस २४, २०८२
मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै
मिथिलाञ्चलमा माघे सङ्क्रान्तिको भव्य तयारी गरिँदै बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP