Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • सत्तारुढ दलकै कारण बिथोलिने डर
आज बजेट भाषण सत्तारुढ दलकै कारण बिथोलिने डर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १५, २०८१

नेपाली कांग्रेसले एमालेका अध्यक्ष केपी ओलीका विरुद्ध टार्जेट गरेर अराजनीतिक आरोप लगाइरहेको छ । कांग्रेसले यो आरोपप्रति सार्वजनिक रुपमा क्षमा माग्नुपर्छ । 
विष्णु पौडेल
उपाध्यक्ष, नेकपा एमाले

 

काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्र बैठकमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने कार्यतालिका छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आजै बजेट प्रस्तुत गर्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमति जुटिनसकेका कारण बजेट प्रस्तुत गर्ने कार्यक्रम बिथोलिने आशंका गरिएको छ । किनभने यतिबेला कांग्रेस सहकारी प्रकरणको मुद्दालाई लिएर आन्दोलित छ । सदन निरन्तर अवरुद्ध पार्दै आएको कांग्रेसले सरकारलाई दबाब दिन आइतबारदेखि सडक आन्दोलनसमेत थालेको छ । कांग्रेसको माग हो– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न भएकाले उनीमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन हुनुपर्छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि लचक देखिन्छन् । तर एमाले भने लामिछानेको पक्षमा बलियोसँग उभिएको देखिन्छ ।

Hardik health

यसले प्रमुख प्रतिपक्ष कांग्रेस सरकारसँग भड्किँदै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली संसद्मा वातावरण बिगार्न लागिपरेको देखिन्छ । यसअघि जेठ ३ गते यस्तै भयो । अघिल्लो दिन ओलीले सदनमा कांग्रेसको प्रतिकार गर्ने अभिव्यक्ति दिएका थिए । नभन्दै जेठ ३ गते कांग्रेसले रोस्ट्रम घेराउ गर्दा ओली आफैं उठेर कांग्रेसको प्रतिकार गर्न कस्सिए ।

सरकार अहिले केही ‘ब्याक’ भएर सहकारी प्रकरण छानबिनका लागि समिति गठनको चरणमा छ । जेठ ५ गते कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यादेश (टिओआर) कार्यदल गठन भयो । कार्यदलले समिति बनाउन टिओआर टुंग्याउन पटक–पटक बैठक राख्यो । तर टिओआरमा सत्तापक्ष पुरानै अडानमा छ भने कांग्रेसले पनि आफू ‘ब्याक’ नहुने संकेत देखाएको छ । समिति बन्दा गृहमन्त्री लामिछानेको नाम तोकिनुपर्ने कांग्रेसको माग हो भने व्यक्तिको नाम तोकिनै हुन्न भन्ने अडान सत्तापक्षको । कार्यदलले कुनै टुंगो लगाउन नसकेपछि यो विषय अहिले शीर्ष नेताको जिम्मामा आइपुगेको छ ।

शीर्ष नेताका तहमा आइपुग्दा कहिले ओली पुग्दैनन् कहिले देउवा । योबीचमा सत्तापक्षले आग्रहलाई स्वीकार्दै कांग्रेस लचक बन्दै आयो । गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपबारे प्रस्टीकरण दिए । प्रधानमन्त्री दाहालले चौथोपटक विश्वासको मत लिए । तर कांग्रेसको मागमा भने सरकारले अझै पनि सुनुवाइ गरेको छैन । सरकार यतिबेला कांग्रेसलाई पेलेरै अघि बढ्ने मुडमा देखिन्छ । 

संविधान सँगै बसेर लेखेका हौं । उहाँले गलत आरोप लगाउने छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेसलाई पनि छ । किनकि यो उत्तर कोरिया होइन, नेपाल हो ।
विश्वप्रकाश शर्मा
महामन्त्री, नेपाली कांग्रेस

यही विषय बजेट प्रस्तुत गर्ने दिनसम्मै मिल्न सकेको छैन । सत्तापक्षले कांग्रेसलाई संयमता अपनाउन आग्रह गरेको छ । ‘कांग्रेसले सोच्नुपर्ने हुन्छ । यस्ता खालका होहल्ला र नाराबाजी कांग्रेसले गर्ने छैन । सरकारलाई संवैधानिक बाध्यता छ जेठ १५ मै बजेट ल्याउनुपर्ने । हाउसको गतिरोध अन्त्यका लागि कांग्रेसले सोचोस्,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने ।

यता कांग्रेसले आजै ११ बजे संसदीय दलको बैठक डाकेको छ । बजेट प्रस्तुतिमा अवरोध गर्ने वा नगर्ने विषयमा छलफल गर्न बैठक डाकिएको कांग्रेसले जनाएको छ । यसअघि कांग्रेसले विपक्षी दलहरुसँग पनि छलफल गर्ने कार्यतालिका रहेको छ । बिहान १० बजे संसद् भवनमा विपक्षी दलहरुको बैठक बस्ने कांग्रेसले जनायो । सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि दिउँसो १ बजे राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक आह्वान गरेका छन् । बैठक सुरु हुनुभन्दा १५ मिनेटअघि नै प्रतिनिधिसभामा प्रवेश गरिसक्न सभामुखले सांसदहरुलाई निर्देश गरेका छन् ।

वातावरण बिथोल्न उद्दत एमाले
गिरिबन्धु टी स्टेटको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष ओलीमाथि प्रश्न उठेपछि एमाले झन्झन् उत्तेजक बन्दै गएको छ । यस विषयमा ओलीले गिरिबन्धु टी स्टेटको जग्गा कांग्रेसले बेचेको उल्टै आरोप लगाए । त्यसपछि कांग्रेस एमालेमाथि आक्रामक बन्दै गएको छ । उसले सहकारी प्रकरणमा लामिछानेमाथि मात्रै हैन, गिरिबन्धु टी स्टेटमा ओलीमाथि पनि छानबिन हुनुपर्ने माग अघि सारेको छ ।

यसले एमाले झनै उत्तेजक बनेको छ । बजेट ल्याउनअघि जुट्न लागेको सहमति एमालेकै कारण भाँडिने सम्भावनासमेत बढेको कांग्रेस नेताहरु बताउँछन् । सोमबार एमाले उपाध्यक्ष विष्णु पौडेल बालुवाटारमा ओली शैलीमै उत्रिए । शीर्ष नेताको बैठकमा सहमति नजुटेपछि पौडेल कांग्रेसमाथि खनिए । ‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले संकेत गरिरहेका छन् । अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ । पछिल्ला दिनमा एमालेका अध्यक्षविरुद्ध प्रायोजित, भ्रामक, पूर्वाग्राही, गलत, प्रतिशोधपूर्ण आधारहीन लञ्छना लगाउँदै हिँडेको छ ।

यस्तो लाञ्छनाबाट पछि हट्न मेरो आग्रह छ । कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी राजनीतिकरुपमा प्रतिवादमा उत्रिन्छौं,’ पौडेलले भने, ‘नेपाली कांग्रेसले एमालेका अध्यक्ष केपी ओलीका विरुद्ध टार्जेट गरेर अराजनीतिक आरोप लगाइरहेको छ । कांग्रेसले यो आरोपप्रति लिखितरुपमा क्षमा माग्नुपर्छ । सार्वजनिक रुपमा माफी माग्नुपर्छ । नभए कांग्रेससँग हाम्रो सम्बन्ध ठीक ढंगले अगाडि बढ्दैन ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भने एमालेसँग आफूहरु प्रतिवादमा उत्रन बाध्य हुने बताए । ‘संविधान सँगै बसेर लेखेका हौं । उहाँले गलत आरोप लगाउने छुट छ भने सही प्रतिवाद गर्ने छुट कांग्रेसलाई पनि छ । किनकि यो उत्तर कोरिया होइन, नेपाल हो,’ शर्माले भने । 



 
 


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP