Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसले चल्न नदिने, सरकार पेलेरै अघि बढ्ने
सदन अवरोध कांग्रेसले चल्न नदिने, सरकार पेलेरै अघि बढ्ने
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, जेठ ११, २०८१
  • सरकारको नीति कार्यक्रममाथि आज संसदमा छलफल हुने
  • गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन छानबिन समिति गठन नभइसकेकोले कांग्रेसले सदन अवरोध गर्ने
  • सत्तापक्ष भने पेलेरै अघि बढ्ने पक्षमा

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१÷०८२ को सरकारको नीति तथा कार्यक्रममाथि आज संघीय संसदको दुबै सदनमा छलफल हुँदैछ । छलफलका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक मध्याह्न १ ः १५ मा बस्ने भएको संसद सचिवालयले जनाएको छ । जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यतिका दिन हुँदासम्म नीति कार्यक्रममाथि छलफल भएकै छैन । कारण, संघीय संसद अवरुद्ध छ । 

सहकारीको बचत अपचलन प्रकरणमा उपपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको र उनलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राख्दै आएको छ । मागअनुसार समिति गठनमा सत्तापक्ष र विपक्षी दुवै सकारात्मक छन् । तर, समितिको टीओआर तय गर्ने क्रममा गृहमन्त्री लामिछानेको नाम किटान गर्नुपर्ने कांग्रेसको अडान छ । सत्तापक्ष यसमा सहमत छैन । जसले गर्दा टीओआर नै टुंगो नलाग्दा समिति पनि गठन भएको छैन । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले टीओआरमा गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउन नामै किट्नुपर्ने नभए समितिको औचित्य नहुने बताएका छन् । ‘प्रमाणहरूले उहाँ (गृहमन्त्री)को संलग्नता देखाउँछन् । अनि, टीओआर उहाँलाई छानबिनको दायरामा ल्याउने भनेर किन नकिट्ने ?’, उनले प्रभावसँग भने, ‘यदि, सहकारी ठगीको छानबिन मात्रै गर्ने भन्ने हो समितिले ६ वर्षमा पनि उहाँलाई अनुसन्धानको दायरामा ल्याउन सक्दैन ।’

Hardik health

२१ फागुनयता कांग्रेसले लगातार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन हुनुपर्ने माग गर्दै आएको छ । दबाबस्वरुप कांग्रेस सांसदहरूले संसदमा वेल घेराउ त कहिले उभिएर विरोध गर्दै आएका छन् । सत्तापक्ष भने पेलेर अघि बढेको छ । कांग्रेसको अवरोध बाबजुद सभामुख देवराज घिमिरेले संसदका कारबाही अगाडि बढाउने गरेका छन् । यही मंगलबार (८ गते) त्यही भयो । 

विभाग प्रमुख विश्वकर्माका अनुसार आज पनि कांग्रेसले वेल घेराउ गर्ने छ । संसद अवरोध पार्नेछ । तर, सरकारले बहुमतको बलमा नीति तथा कार्यक्रम पारित गर्ने सम्भावना रहेको बताए । यसले राजनीतिलाई थप गतिरोधतर्फ लाने खतरा भएको उनको भनाइ छ । ‘गृहमन्त्रीविरुद्ध छानबिन समिति गठन नभइसकेको सन्दर्भबीच आज बस्ने संसद हामी चल्न दिँदैनौँ’, उनले भने, ‘हाम्रो माग सम्बोधन भए खुल्छ, नभए खुल्दैन । यसले गर्दा सदन खुलाउने कि नखुलाउने सरकारकै जिम्मा हो ।’

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सांसदहरूको संशोधन प्रस्ताव भए प्रस्तुत गराइने भएको छ । नीति कार्यक्रममाथि छलफल हुने छ । यसपछि भने सदनमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री दाहालले दिने कार्यसूची छ । दाहालको जवाफपछि सभामुख घिमिरले नीति कार्यक्रममाथि प्राप्त संशोधनहरू र राष्ट्रपति पौडेले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्ने छन् ।

यसबाहेक सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । तर, पनि कांग्रेसले सदन अवरुद्ध पार्ने भएको छ । सहकारीको बचत अपचलन प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको नाम किटेर कार्यादेश टुंगो लगाइ छानबिन समिति गठन गरे मात्रै सदन निर्वाधरुपमा चल्न दिने पक्षमा कांग्रेस छ । कांग्रेसले आजको बैठकमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाको पक्राउ र प्रधानमन्त्री दाहालले गृहमन्त्री रविविरुद्ध कहीँ पनि उजुरी नपरेको र उनी सहकारी काण्डमा नमुछिएको भनेर झुटो बोलेको भन्दै त्यसको पनि जवाफ माग्ने तयारी गरेको छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले सहकारी प्रकरणमा मुद्दा नचल्ने निर्णय गरेको र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पनि माहतका प्रहरी इकाइमा उजुरी नपरेको भनेर झुक्यानमा पारेको भन्दै त्यसविरुद्ध पनि कांग्रेसले प्रश्न गर्ने भएको छ । 
प्रमुख सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला भने कांग्रेसले सदन अवरोध गर्न नहुने बताउँछन् । अवरोध गरे भने पनि सभामुखले संसदको कारबाही अगाडि बढाउन सक्ने बताए ।‘छानबिन समिति गठन गर्ने सहमति भएरै टीओआर टुंगो लगाउन हामी निरन्तर सम्वादमा छौँ र यस्तोबेला संसद अवरोध गर्नु राजनीतिकरुपमा कांग्रेसले मिल्दैन’, उनले भने, ‘किनभने नीति कार्यक्रम पारित गर्नुपर्ने समय हामीसँग छैन । बजेट ल्याउने दिन पनि नजिकियो । यदि गरे भने पनि सभामुखले सदन चलाउनुहुन्छ ।’कांग्रेसको अवरोध जारी रहे सरकारले विकल्प सोच्न सक्ने पनि बताए । यसको मतलव सरकारले आवश्यक पर्दा अध्यादेशबाट बजेट ल्याउन सक्छ । सरकारका लागि यो विकल्प खुला छ । 
 


प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै
मधेश सरकारमा सत्तापक्षीय पाँच दलको बैठक बस्दै शुक्रबार, कात्तिक ७, २०८२
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP