Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग
इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ८, २०८१

जेरुसेलेहेम- आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग गरेकाे छ ।  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित इजराइल र हमासका नेताहरूलाई इजराइल र हमासबीच सात महिनाको युद्धका क्रममा उहाँहरूको कार्यका सम्बन्धमा पक्राउ पुर्जीको माग गरेका हुन्  । 
    
मुख्य अभियोजक करिम खानले गाजा पट्टी र इजराइलमा युद्ध अपराध तथा मानवताविरुद्धको अपराधका लागि नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट तथा हमासका तीन नेता येहिया सिनवार, मोहम्मद दिफ र इस्माइल हानियेहलाई आफूले जिम्मेबार ठानेको बताए ।  अभियोजकले तीन न्यायाधीशको पूर्व–परीक्षण प्यानलबाट पक्राउ पुर्जीका लागि अनुरोध गर्नुपर्छ । यसले प्रमाणहरूमाथि विचार गर्न र कार्यवाही अगाडि बढ्न सक्छ कि भनी निर्धारण गर्न औसत दुई महिना लाग्छ । 

इजराइल आइसिसीको सदस्य नभएकाले पक्राउ पुर्जी जारी गरिए पनि नेतान्याहु र ग्यालेन्टले अभियोजनको कुनै पनि तत्काल जोखिमको सामना गर्नुपर्ने छैन । यद्यपि इजराइलले आफ्नो युद्धलाई जारी राखेकाले खानको घोषणाबाट उक्त मुलुकको एक्लोपनलाई अझ गहिरो बनाएको छ । साथै पक्राउ पुर्जीको धम्कीले इजराइली नेताहरूका लागि विदेश यात्रा गर्न कठिन हुनसक्छ । 

इजराइलले सिनवार र दिफ दुवैलाई खोजिरहेकाले उनीहरू गाजामा लुकेका छन् भन्ने विश्वास गरिन्छ । तथापि इस्लामिक लडाकू समूह हमासका सर्वोच्च नेता हानियेह कतारमा बस्ने र प्राय यस क्षेत्रको भ्रमण गर्ने जनाइएको  छ ।  नेतान्याहु र ग्यालेन्टसँग इजराइलको युद्ध मन्त्रिमण्डलका सदस्य एवं पूर्वसेना प्रमुख बेनी गान्ट्जले खानको घोषणाको कडा आलोचना गरेका छन् । उनले इजराइल ‘सबैभन्दा कडा’ नैतिक संहिताहरूसँग लडिरहेको र आफूलाई अनुसन्धान गर्न सक्षम न्यायपालिका रहेको बताए । 

“अक्टोबर ७ मा आतङ्कवादी हमासले गरेको निन्दनीय नरसंहारपछि इजराइलले आधुनिक इतिहासमा लडिएको न्यायपूर्ण युद्धहरूमध्ये एक हो, पक्राउ पुर्जीका लागि आवेदन गर्ने अभियोजकको अवस्था आफैँमा पुस्तासम्म सम्झिने ऐतिहासिक अपराध हो”, उनले भने ।  अक्टोबर ७ मा हमासले सीमा पारबाट गरेको आक्रमणको जवाफमा इजराइलले आफ्नो युद्ध सुरु गरेको हो ।

Sonam Lhosar
Hardik health

हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय जनाको मृत्यु भएको थियो भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो । गाजा स्वास्थ्य अधिकारीहरूको पछिल्लो अनुमानअनुसार इजराइली आक्रमणमा करिब आधा सङ्ख्यामा महिला तथा बालबालिकासहित ३५ हजारको मृत्यु भएको छ ।  संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार इजराइली आक्रमणले गाजामा मानवीय सङ्कट उत्पन्न भएको छ । आक्रमणबाट करिब ८० प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ भने लाखौँ मानिस भोकमरीको सङ्घारमा पुगेका छन् ।  

“युद्धको विधिका रूपमा भोकमरीको प्रयोगको प्रभाव गाजाका नागरिक जनसङ्ख्याविरुद्ध अन्य आक्रमण र सामूहिक दण्डका साथ तीव्र, दृश्यात्मक र व्यापकरूपमा ज्ञात छ”, इजराइली कारबाहीबारे खानले एक विज्ञप्तिमा भनिएको छ, “यसमा कुपोषण, निर्जलीकरण, गहिरो पीडा र शिशु, अन्य बालबालिका र महिलासहित प्यालेस्टिनी जनसङ्ख्यामा मृत्युको बढ्दो सङ्ख्या समावेश छ ।”

राष्ट्रसङ्घ र अन्य सहायता एजेन्सीहरूले पूरा युद्धका क्रममा इजराइलमाथि सहायता वितरणमा व्यवधान खडा गरेको बारम्बार आरोप लगाएका छन् । इजराइलले ती आरोपलाई अस्वीकार गर्दै गाजामा सहायता प्रवेशमा कुनै प्रतिबन्ध नभएको बताएको छ । उसले राष्ट्रसङ्घमाथि सहायता वितरण गर्न असफल भएको आरोप लगाएको छ । राष्ट्रसङ्घले भने सहायताकर्मीहरू बारम्बार इजराइली गोलाबारीको सिकार भएको र जारी युद्ध तथा सुरक्षा शून्यताले वितरणमा अवरोध गरेको बताएको छ । 
    
 “मैले आफैँ यी आक्रमणहरूको विनाशकारी दृश्य र आज दायर आवेदनमा लगाइएका अनुचित अपराधहरूको गहिरो प्रभाव देखेको छु”, अक्टोबर ७ मा हमासको कारबाहीका बारेमा डिसेम्बरमा यस क्षेत्रको भ्रमण गर्नुभएका खानले भने, “जीवित बचेका मानिसहरूसँग कुरा गर्दा मैले कसरी एउटा परिवारभित्र माया, बाबुआमा र बालबालिकाबीचको सबैभन्दा गहिरो बन्धनलाई नियोजित क्रुरता र अत्यधिक संवेदनहीनतामार्फत अथाह पीडा दिनका लागि विकृत गरिएको थियो भन्ने सुनेको छु, यो कार्यले जवाफदेहिताको माग गर्दछ ।”

युद्ध लामो हुँदै गएको र मर्नेहरूको सङ्ख्या बढ्न थालेपछि आफ्नो युद्धका लागि केही समयको अन्तर्राष्ट्रिय समर्थनपछि इजराइलले बढ्दो आलोचनाको सामना गर्नुपरेको छ । इजराइलले नरसंहारको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा दक्षिण अफ्रिकी मुद्दाको सामना गरिरहेको छ । इजराइलले ती आरोपलाई अस्वीकार गरेको छ । 

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युद्ध अपराधका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि पक्राउ पुर्जी जारी भएको १४ महिनापछि इजराइल–गाजा द्वन्द्वमा पक्राउका लागि खानको अनुरोध आएको छ । पुटिनमाथि युक्रेनबाट बालबालिकाको अपहरणका लागि व्यक्तिगत जिम्मेबारीको आरोप लगाइएको छ । 


प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप आइतबार, माघ ४, २०८२
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आइतबार, माघ ४, २०८२
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते आइतबार, माघ ४, २०८२
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन 
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन  आइतबार, माघ ४, २०८२
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो आइतबार, माघ ४, २०८२
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन आइतबार, माघ ४, २०८२
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP