Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • तँ भन्दा म के कम ! 
तँ भन्दा म के कम ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ८, २०८१

सेतो दरबारभित्र सेतै खोल लगाएको कुर्सीमा पनि नबिर्सी गनगन गर्दै थिए । यो भएन त्यो भएन । यसो गरिस्, त्यसो गरिस्, अब तँलाई छाडिन्न ! गनगनकुमारलाई धनकुमारले पनि हो मा हो मिलाउँदै थिए । अरु दुई–चार जना पनि घोक्रो फुट्नेगरी होहल्ला गर्ने भीडमा नै थिए । कोही रमिता हेरेर खित्का छाडेर हाँसिरहेका थिए । 

वारिको कुर्सीमा बसेका मानिसहरु पारिका कुर्सीमा बसेका मानिसहरुलाई आँखा तरातर पनि नगरेका होइनन् । तर आँखा तरेर दर्शकलाई जादू देखाउनेबाहेक के नै गरेको थियो । एकथरी भन्दै थियो तँ ठग होस् । अर्कोथरी चिच्याउँदै थियो तैँले खाएकै होस् । तैँले लिएकै होस् । तेरो नाममा त्यसै कसरी जान्छ त ? केटाकेटी भाँडाकुटी खेल खेल्दा झगडा गरेजस्तो लाग्दै थियो । सेतो दरबारको त्यो बैठक कोठा ।

बैठक कोठामा ओछ्याइएको रातो कार्पेटमा लमकलमक लम्कँदै व्यासजीको आसनमा गएर लामकाने गनगनलाई अझ गनगन गर्दै थिए । एऽ मेरो खोल्ने ? त्यसो भए तेरो पनि खोल्दिन्छु । उसको पनि खोलिदिन्छु । त्यसो जोइ–पोइको पनि खोलिदिन्छु ! तँ भन्दा म के कम ? तैँले बोल्न पाउने मैले नपाउने ? तेरो पनि सबै थाहा छ मलाई, तँ बाख्रा गोठालो के–के गरिस् थाहा छैन र ? मैले मात्र गल्ती गरेको छु हँ ! ओहोऽ सधैं आफैंमात्र रजाइँ गर्ने भन्ठानेको होला । तेरा दिन गए, अब मेरा दिन आए । लामकानेले झट्का हान्दै गयो । लामकानेको झट्कामा रमाउँदै चार–पाँच जना ठेट्नाहरु टेबल ठोक्दै थिए । हो हो, होइन भन्ने को ? 

गनगनका वरिपरिका स्वाँठहरु पनि अर्कोतिरबाट भन्दै थिए छाडिन्न । त्यसै कुर्सीमा बस्न पाइन्छ ? कहिले जालसाँझी गर्ने, कहिले ठगी गर्ने अनि फुत्त दुनियाँलाई डुबाएर हिरो बन्ने ?
ए मैले गर्दा चाहिँ हिरो बन्ने भनेर आरोप लगाउनेले आफूले गरेको चाहिँ केही देख्नु पर्दैन ? तैँलेचाहिँ के गरिस् ? कहिल्यै आफ्नो अनुहार हेरेको छस् ? अरुलाई पाएमात्र खोक्ने ? त्यस्ता खोक्न हाम्ले पनि जान्या छम् । 

Hardik health

सधैं उनीहरुले मात्र कब्जा जमाइरहनुपर्ने । अरुको पनि पालो आउनु प¥यो नि । धेरै करकर नगर, मैले फेरि सबै खोतल्छु नि । मेरो खोइरो खन्ने काम नगर, बाख्रा खाने बोका !
ओइऽ त्यहाँ बसेर फूर्ति नगर है, सुग्रिव ! कसले खायो बाख्रा ? तँलाई बोका । जे पायो त्यही बोल्दो रैछ । आफू मुनिका कार्जेकर्ता बनाएर आफ्नै छानबिन पनि कतै हुन्छ ? सक्छस् भने आसन छाड्न । आसन नै नछाडि अनेक थरी कुरा गर्दै नगर । खेल्ने भए एक्लै–एक्लै भिड्न आइज । सक्छस् ? साइबर स्यालहरु देखाएर मलाई धम्क्याउने काम नगर है भन्दिएको छु । 

के को साइबर स्याल, सक्छस् भने तँ पनि राख्न । तँलाई त पत्याउन पनि त प¥यो नि ! ऊ बेला पत्याए भन्दैमा सधैं पत्याउँछन् र ? एक पटकको मूर्ख जनता हुन् पत्याइहाल्छन् । सधैंभरि एउटै ठाउँमा बसेर खाइरहने । ठेक्कापट्टा गर्न नपाएपछि मलाई रिस । ऊ बेला मैले गरेको गुन सबै बिर्सेछन् । ठिकै छ । भोलिका दिन हामी पनि हेरौंला । दिन त हाम्रो पनि आउँला नि । कम्ता गरेका छौं मलाई । दुःख दिन पनि कम दिएका छैनन् । अहिलेसम्म पनि चुप लागेर बसेको छु । यस्तो दिन आउँछ तिमीहरुलाई । अनि थाहा पाउँछौं । 

खुत्लाऽइदेउ त्यस्ता कुरा । हामी पनि कच्चा खेलाडी हो र ? कस्ता–कस्ता काण्डलाई एकैछिनमा झिरिप्प पार्न पनि सक्छौं । सुन काण्डदेखि नुन काण्डसम्म जोगाउनेलाई ठिस हान्ने ? गनगनले अर्ति उपदेश दिँदै पनि निकै झ्वाँक चलेपछि सुग्रिवको ओठ ताल सुके छ कि क्या हो । एक लिटर पानी कलकल भ्याए  ‘अब त्यसै छाडिन्न’ सुग्रिवले सिसो पानी खाएसँगै अलिअलि जोश पठाए । यता सुग्रिव बोल्दै जाँदा लामिछानेहरुको पैदलमात्र भन्ने चर्चा गराए । जस्तो काम के भयो ? सरकारी गाडी चढ्न पाको छ हैन ? अब त सीधा कुरा मात्र हुन बाँकी छ । जनताले विश्वास गरेपछि तिमीले विश्वास गर या नगर । 

पालो अब हाम्रै हो । विगतदेखि वर्तमानसम्म हेर्ने मान्छेहरु देख्न पाएको छैन । सबको कुरा सबलाई थाहा छ किन भन्ने भनेर मात्र हो । आफैं कुरा लगाउने अनि आफैं विशेष चिज भनेर भन्दै हिँड्ने । यो अब अति भो । अति हुँदाहुँदै खति नहोस् भनेर हामी लाग्या छौं । तिमीसँग ठूला मान्छेहरु, तिमीसँग एसम्यान पनि चाहिन्छ । उसलाई चाहिँ के चाहिएको छ भन्दा सत्ता चाहिएको छ । सत्ताविना अरु कुरा चाहिँदैन । हामीले त भोग्यौं । तपाईंलाई जे चाहिन्छ त्यही भन्नुहोला ।

नयाँ टेण्डरबाट अलिअलि भए पनि खुराक आइसक्या छ । अब छाड्ने कुरा त हुँदै हुँदैन । कि वारी हुन्छ कि पारी । ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ हुन दिँदैनौं । चोक्टा खान गएपछि चोक्टा नै खाने हो । तिम्रा सबै कुरा हेरि पनि सक्या छौं, देखि पनि सक्या छौं । बरु सेतो घर छाडिन्छ तर तिमीलाई छाडिन्न । हेप्ने पनि सीमा हुन्छ नि ! पूरै खुइलिनेगरी एकोहोरो पेलेको पेल्यै गर्ने पनि हुन्छ ? तैँले खान हुने, मैले खान नहुने ? तैँले चोर्न हुने, मैले चोर्न नहुने ! अब तैँले जे गरेको छस् म पनि त्यही नै गर्ने हो । यही बसेर गर्ने हो । सेतो दरबारभित्रै बसेर तरबार चलाउने हो ? 

तिमीहरुले वर्षौं लुट्यौ, ठग्यौ । अब मैले पनि ठग्ने हो । लुट्ने हो । तँ भन्दा म के कम देख्याछस् ? हेर्दै जा कि सहकारी छैन, कि बाख्रा छैन । केटो अब भिड्न हिँड्यो हिँड्यो । एक कान, दुई कान, मैदान । ल आइज भिडौं कहाँ भिड्ने ? तँ चोर, म पनि चोर ! तैँले चोरेको थिइस्, अब म पनि चोर्नै आको हुँ के गर्छस् ? 

जुन जोगी आए पनि कानै चिरेका । कस्ता–कस्ता आए गुलेली खेलाए मट्यांग्रा सत्यानाश !
 


प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP