Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • सत्तापक्षको बलजफ्तीमा सभामुखको साथ
सत्तापक्षको बलजफ्तीमा सभामुखको साथ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, जेठ ८, २०८१

हामीले आज संसद्मा सभामुख देखेनौं । कुर्सीमा बसेको मान्छे कुनै पार्टीको कार्यकर्ता देख्यौं । सभामुखले संसद्मा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ, यो ठूलो गल्ती हो ।
ज्ञानबहादुर शाही
प्रमुख सचेतक, राप्रपा

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाप्रति विपक्षी दलहरू सशंकित बनेका छन् । उनी सदनको नेताजस्तो पटक्कै नदेखिएको विपक्षी दलहरूको टिप्पणी छ । उनले सदनमा खेलेको भूमिकाले उनी नेकपा एमालेको कार्यकर्ताजस्तो देखिएको पनि विपक्षी दलहरूको आरोप छ । सभामुख घिमिरे तटस्थ बन्न नसकेको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दलले उनको आलोचना गरेका छन् । पदीय मर्यादालाई कायम गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ । 

‘सभामुखको पदीय गरिमाअनुसार भूमिका भएन । सभामुख पदमा आसिन व्यक्तिले त्यो गरिमा राख्नुपर्छ । कुनै पार्टी विशेषको जस्तो रुपमा प्रस्तुत हुन हुँदैन,’ कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले भने, ‘सभामुखलाई मर्यादित भूमिका कायम गर्न हामीले ध्यानाकर्षण गराएका छौं ।’कांग्रेसको अवरोधबीच सभामुख घिमिरेले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने प्रक्रिया अघि बढाएकोमा पनि घिमिरेप्रति कांग्रेस रुष्ट छ । ‘नेपालको संविधानअनुसार विश्वासको मत लिन ३० दिन छ । विपक्षी दलले संसदीय छानबिन समिति माग गरिरहेको अवस्थामा समितिको कार्यादेश टुंगोमा पुर्‍याएर अन्य काम अघि बढाउनुपर्नेमा सरकारले बहुमतको दम्भमा बलमिच्याइँ गर्‍यो,’ लेखकले भने ।

यस्तो कार्यमा सभामुखले पनि सहयोग गरेको कांग्रेसको धारणा छ । संसद्कै अर्को विपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख घिमिरे सभामुखको रुपमा नभई पार्टी कार्यकर्ताको रुपमा प्रस्तुत भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भूमिका निर्वाह नगरेको दाबी गरे । उनले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टी कार्यकर्ताको रुपमा कुुर्सीमा देखेको टिप्पणी गरे ।

Hardik health

‘हामीले सभामुख देखेनौं । कुर्सीमा बसेको मान्छे देख्यौं । कुनै पार्टीको कार्यकर्ता देख्यौं । सभामुखले संसद्मा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ, यो ठूलो गल्ती हो,’ शाहीले भने, ‘संसद्मा नेपालको इतिहासमा नै पहिलोपटक होला कि संसद्मा यसरी प्रमुख प्रतिपक्षीलगायत अन्य प्रतिपक्षीले हामीले विश्वासको मत मान्दैनौं भन्दै गर्दा सभाबाट जबर्जस्ती गरेको ।’

उनले सभामुख घिमिरेलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनी प्रश्नसमेत गरे । बैठकमा प्रमुख प्रतिपक्ष दललगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको बताए । ‘सभामुखज्यूलाई भन्छु तपाईं सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो ? यो प्रश्नचिह्न खडा भएको छ,’ उनले भने, ‘जबकि हाम्रो उपस्थितिलाई सम्म त्यहाँ गणना गरिएको छैन । यसरी पनि गर्न मिल्छ ? यो कहाँको न्याय हो ?’ उनले प्रतिपक्षी दलहरूको साझा निष्कर्ष नै सभामुखको भूमिका सभाभुखको जस्तो नभएको रहेको बताए ।

सभामुखको भूमिकालाई लिएर प्रश्न उठेको यो पहिलोपटक भने होइन । यसअघिका सभामुख अग्निप्रसाद सापकोटा, सुवासचन्द्र नेम्बाङ, कृष्णबहादुर महरा, तारानाथ रानाभाट, रामचन्द्र पौडेललगायतविरुद्ध पनि प्रश्न उठेका थिए । सापकोटा सभामुख हुँदा उनी माओवादीतर्फ ढल्किएको आरोप लाग्यो । उनले कांग्रेस–एमालेको चाहनाअनुसार अमेरिकी सहयोग परियोजना (एमसिसी)लाई संसद्मा टेबुल गर्न आनाकानी गरे । उनी माओवादी नेता हुन् । पार्टी अध्यक्ष दाहालको निर्देशनअनुसार उनले सभामुखको भूमिकाबाट कार्यसम्पादन गरेको भन्दै उनको तटस्थतामाथि प्रश्न उठाइएको थियो । 

माओवादीबाट सभामुख भएका कृष्णबहादुर महराले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले बढाउन चाहेको एमसिसी संसद्मै रोकेका थिए । जसले उनको तटस्थता उदांगो भयो । माओवादीबाट सभामुख भएका यी दुवैको भूमिकालाई लिएर अहिले पनि आलोचना हुँदै आएको छ । एमालेबाट सभामुख भएका नेम्बाङले पहिलो संविधानसभा विघटन एमालेको इशारामा गरेको भन्दै आलोचना खेप्नुपर्यो । कांग्रेसबाट सभामुख भएका पौडेलदेखि तारानाथ रानाभाट पनि कांग्रेसतिरै पूरै ढल्केको भन्दै टिप्पणी भएको थियो

।सन्तुलित ढंगले सदनको नेतृत्व प्रदान गरेका पूर्वसभामुख ढमननाथ ढुंगाना पछिल्ला सभामुखहरू सदनको नेता हुनै नसकेको बताउँछन् । यस्तै भए सदनप्रति नै विश्वसनीयता गुम्न सक्ने उनको चिन्ता छ । ‘कस्तो खालको भन्ने सभामुख ? पछिल्ला सभामुखहरू दलको रिमोट कन्ट्रोलबाट चल्छन्,’ उनले भने, ‘सदनचाहिँ चलाउन सक्दैनन् ।’ सभामुखले दलीय आस्थालाई संसद्को काम कारबाही अघि बढाउँदा झल्काउन नहुने संसदीय मान्यता छ । त्यसो गरिए सदनको विश्वास सभामुखप्रति नहुने ठानिन्छ । त्यसकै लागि भनेर सभामुख हुनेबित्तिकै पूर्ववर्ती दलसँगको संलग्नताबाट अलग पार्ने गरिन्छ । यद्यपि, सभामुखहरू पक्षपातपूर्ण ढंगले अघि बढेको देखिने गरेको छ । 

यस्तो प्रदेश संसद्हरूमासमेत भइरहन्छ । गण्डकी प्रदेशमा माओवादीबाट सभामुख भएका कृष्णप्रसाद धिताल एमालेका खगराज अधिकारी मुख्यमन्त्रीको दाबेदार हुँदा निर्णायकजस्तै भूमिकामा देखिए । यसबारे मुद्दा सर्वोच्चमा विचाराधीन छ । कोशी प्रदेशमा पनि तत्कालीन सभामुख बाबुराम गौतमको भूमिका तटस्थ थिएन । किनभने उनको हस्ताक्षरसहित सरकार गठका लागि बहुमत पुगेको धक्कु तत्कालीन कांग्रेस–माओवादी गठबन्धनले लगाएको थियो । तर, अन्तिममा सर्वोच्च अदालतले सरकार गठनको सन्दर्भमा सभामुखको गणना नहुने फैसला गरेको थियो । 

यसरी प्रदेशदेखि संघीय संसद्सम्मका सभामुखको भूमिकालाई लिएर सर्वत्र आलोचना भइरहेको छ । पूर्वसभामुख ढुंगानाले भनेजस्तै सभामुखहरु सदनको नभई पार्टीको नेता बन्द यो अवस्था आएको हो ।
 


प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP