Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नेताकै मुद्दामा केन्द्रित संसद्
नेताकै मुद्दामा केन्द्रित संसद्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ७, २०८१

आगामी आर्थिक वर्षका लागि मुलुकको नीति तथा कार्यक्रम प्रस्तुत भएको सात दिन नाघिसक्यो । तर यसबारे सदनमा एकपटक पनि छलफल भएको छैन । यही छलफलबाट नीति तथा कार्यक्रमको त्रुटि वा राम्रा पक्षबारे निचोड निस्कने थियो । सदनमा यसबारे बहस भएपछि विज्ञ, सर्वसाधारणले पनि यसबारे चर्चा गर्थे । सरकारले बनाएका योजनामाथि बहस छेडिन्थ्यो ।

तर यसपटक न त यसबारे सदनमा बहस भयो न त जनता र विज्ञले यसबारे तर्क राखेको पाइयो । पाइयो त केवल सत्ता के हुन्छ  र गृहमन्त्री रवि लामिछानेले के गर्लान् ? भन्ने जिखासा राखेको । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलन गरेको आरोपमा गृहमन्त्री लामिछानेलाई सदनमा बोल्नै दिएन । यही प्रकरणमा कांग्रेसले दुई महिना सदनमा बोल्नै दिएनन् । यता संसदीय छानबिन समिति माग राखेको कांग्रेसका मुद्दामा सत्ता ढल्ने डरले सत्तारुढ दलले पनि कुनै सुनुवाइ गरेन । यद्यपि विपक्षी दलहरु लचक भइ गृहमन्त्रीलाई बोल्न दिएका छन् । 

लामिछानेले आफू सहकारी प्रकरणमा संलग्न नभएको भन्दै आफ्नो बचाउ गरे । बरु उनले प्रमुख प्रतिपक्षी दलमाथि विभिन्न आरोपहरु लगाउन भ्याए । यही दुई पक्षको चेपुवामा परेको संसद्मा अब प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै छन् । आफूप्रति विश्वासको मत छ कि छैन भनेर प्रधानमन्त्रीले पटक–पटक प्रतिनिधिसभामा परीक्षण गरिसकेका छन् ।

Hardik health

जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै दाहालले फेरि विश्वासको मत लिन लागेका हुन् । लामिछानेले स्पष्टीकरण दिएसँगै जनताको ध्यान अब कांग्रेसले के गर्लान् ? प्रधानमन्त्रीले विश्वासको मत पाएपछि के होला ? भन्ने प्रश्नतिर सोझिएको छ । सर्वसाधारण र विज्ञलाई बजेट र योजनाहरुको बारेमा कुनै ध्यान छैन, नेतालाई हुने कुरै भएन । यसरी पछिल्ला दिनहरु सदन नेताको मुद्दामा केन्द्रित हुन थालेको छ ।

सदन जनताको आवाज सुन्ने थलो हो । यहाँ जनताको दैनिकी, विकासका योजनामा भएका गतिरोध, जनताका समस्यामाथि समाधान निकाल्ने विषयमा छलफल हुनुपर्ने हो । करोडौं लगानी गरी निर्वाचित हुँदै आएका सांसदमाथि राज्यको करोडौं सम्पत्ति मासिक खर्च हुन्छ । तर ती सांसदहरु, नेताहरु आफ्नै पार्टीका नेताको बचाउमा उत्रन्छन् ।

सदन बन्धक राख्छन् । सत्तापक्ष पनि सदन बन्द गराउँदा मक्ख नै हुन्छन् । किनभने प्रश्नबाट भाग्न पाइन्छ । सदनलाई यसरी बन्धन राखेको विषयमा प्रतिपक्षी पनि गम्भीर नभएको देखिन्छ । यसैले अबका दिनमा सदनलाई नेता बचाउने थलो नभएर जनताको समस्याको समाधान निकाल्ने र कानुन बनाउने थलोका रुपमा विकास गरौं । नभए संसदीय व्यवस्थाप्रतिको वितृष्ण झन् बढेर जाने छ । 
 


प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP