Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • ‘विद्यार्थी महोत्सव’ आयोजना हुँदै
‘विद्यार्थी महोत्सव’ आयोजना हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २७, २०८१

काठमाडौं  - अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ‘विद्यार्थी महोत्सव–२०८१’ को आयोजना गर्न लागेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर जानकारी गराउन महोत्सव गर्न थालिएको जानकारी दिए  ।

उनका अनुसार काठमाडौँको भृकुटीमण्डपमा हुने महोत्सव आगामी जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुनेछ ।   महोत्सवमा अहिलेको पिँढीका विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने उनको भनाइ छ । महोत्सवका संयोजक तथा अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले तीन दिनसम्म सञ्चालन हुने विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीका बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न केके आवश्यक छ भनेर सुझावसमेत लिइने बताए । 

“अहिले विद्यार्थीमा नेपालमा पढेर कामको अवसर पाइँदैन भन्ने धारणा रहेको छ”, उहाँले भन्नुभयो, “महोत्सवमा हामीले नेपालको शिक्षाबाट नै केही गर्न सकिन्छ भन्ने सन्देश दिनेछौँ, स्वदेशका कलेज पनि राम्रा छन्, यहाँ पनि विदेशी जस्तै पढाइ हुन्छ भन्ने जानकारी हामीले महोत्सवमा दिने छाैँ ।”

Hardik health

महोत्सवमा नेपालको शिक्षा प्रणाली, जागिरका लागि परामर्श, युवा विद्यार्थीलाई संसदीय प्रणालीबाट जानकारीलगायत विषयमा सामूहिक छलफल हुनेछ । महोत्सव संयोजक गिरीका अनुसार महोत्सवमा विद्यार्थीलाई कसरी उत्पादनसँग जोड्ने र पढदै कमाउँदै सम्भावनाका बारेमा पनि छलफल गरिनेछ । महोत्सवमा दुई सय ५० भन्दाबढी शैक्षिक, पर्यटक र सांस्कृतिक कक्ष राखिने छन् । 

अनेरास्ववियुका अर्का उपाध्यक्ष गोविन्द गिरीका अनुसार महोत्सवमा उपत्यकासहित बाहिरबाट करिब एक लाख विद्यार्थीलाई अवलोकन गराइनेछ । महोत्सवमा सात प्रदेशका रहनसहन, वेषभूषा झल्कने सांस्कृतिक कार्यक्रम पनि अपराह्न ३ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिए । 

यस्तै महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने, विद्यार्थीको बहुआयामिक प्रतिभालाई उजागर गर्ने, युवामा रहेको कला, संस्कृति, सूचना प्रविधि र विज्ञानमा  विद्यार्थीका कामका बारेमा पनि जानकारी गराइने जनाइएको छ । 


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP