Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सुनकोशी–मरिण सुरुङ ‘ब्रेक थ्रु’ ले जगाएको आशा
सुनकोशी–मरिण सुरुङ ‘ब्रेक थ्रु’ ले जगाएको आशा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २७, २०८१

राष्ट्रिय गौरवको आयोजनाको सूचीमा २२औं नम्बरमा परेको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएसँगै चर्चामा छ । आयोजना यसकारण पनि चर्चामा छ कि लक्षित समयभन्दा पहिले नै सुरुङको ब्रेक थ्रु भयो ।

तामाकोशी र सुनकोशी मिसिने ठाउँभन्दा ७०० मिटर तल बाँध बाँधेर १३.३ किलोमिटर सुरुङमार्फत मरिणमा खसालेर बागमतीमा पुर्‍याउने यसको लक्ष्य हो । बागमती सिँचाइ आयोजनामार्फत धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको एक लाख २२ हेक्टर क्षेत्रफल सिञ्चित गर्ने यसको मूल लक्ष्य हो । राष्ट्रिय गौरवका आयोजना समयमै नसक्ने नेपाली रोग पुरानै हो ।

यद्यपि यो आयोजनाले भने समयअगावै सुरुङको ब्रेक थ्रु गर्‍यो ।केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अन्धाधुन्ध शिलान्यास भएकोमध्ये एक आयोजना पुष्पकमल दाहालको पालामा ब्रेक थ्रु हुँदा यसको चर्चा हुनु स्वाभाविक हो । तर, सुरुङको ब्रेक थ्रु निर्माण सम्पन्न हुनु होइन । सुरुङ बनिसकेपछि यसको परीक्षणमै वर्ष दिन बिताउनुपर्छ ।अझ यो आयोजनाका भौतिक प्रगति जम्मा २९.९३ प्रतिशतमात्र छ । यो भनेको आयोजनाको काम अझै धेरै बाँकी छ ।

Hardik health

आयोजनाअन्तर्गत सुनकोशी नदीमा हेडवक्र्स (ब्यारेज), विद्युत् गृह, सर्ज साफ्ट, स्वीचयार्ड निर्माण गर्नुपर्ने छ । इन्टेक, सेटलिङ बेसिन, पावर कल्भर्ट तथा अन्य आवश्यक संरचना पनि बनाउन निकै समय लाग्ने देखिन्छ । आयोजनाका कारण लोकमार्गसमेत डुबानमा पर्ने भएपछि त्यसलाई स्थानान्तरणसमेत आयोजनासँगै अगाडि बढाउनुपर्ने भएको छ । यो आयोजना २०८४ असोजसम्म सकाउने लक्ष्य सरकारको छ ।

चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ (कोभेक) ले सुरुङ निर्माणको काम गरिरहेको छ । कोभेकसँग सुरुङ खन्नका लागि १० अर्ब पाँच करोड ६८ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो । आयोजनाको कूल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

अनुभवी कम्पनी भएकै कारण यो आयोजनाले समयमै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर यति धेरै काम बाँकी नै भएकोले संयमित भएर काम गर्नुपर्ने देखिन्छ । यसका लागि सरकार, प्रदेश सरकार, स्थानीय सरकारले समन्वय गर्नुपर्ने देखिन्छ । प्रभावकारी व्यवस्थापनमा आयोजनाले ध्यान देओस् । आयोजनाको काममा अहिलेको गति नरोकियोस् ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP