Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विज्ञप्तिमा झारा टार्दै श्रम मन्त्रालय
विज्ञप्तिमा झारा टार्दै श्रम मन्त्रालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २६, २०८१


देशमा दिनानुदिन बेरोजगार बढ्दै गएको तथ्य खोज्न अन्त कतै जानुपर्दैन । प्रहरी चौकीमा आफू ठगिएको भन्दै निवेदन दिन पुगेका युवाहरुको संख्या हेरे पुग्छ । उनीहरुको अनुहारमा दौडिएका निराशा हेर पुग्छ । देश कतिखेर छाडौं भनेर हतारिएका ताँती त्यही पनि देखिन्छन् । 

युरोप, अमेरिका पठाइदिन्छु भन्दै यस्तै हतारिएका युवाहरुलाई पासो थाप्नेहरुको कमी छैन । राम्रो कमाइको खोजीमा रहेका युवाहरु यस्तै पासो थाप्नेहरुको ट्र्यापमा पर्छन् । आफू ठगिएको थाहा पाएपछि बल्ल होसमा आउँछन् र प्रहरीकहाँ पुग्छन् । सरकारको अनदेखाका कारण ठगिएकाहरु आफैलाई दोष दिँदै पश्चताप गरिरहेका भेटिन्छन् ।

अहिले प्रहरीलाई यस्तै ठगीका केस सुल्झाउन भ्याइनभ्याइ छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं उठाउनेहरुलाई पक्रन प्रहरीको टोली नै खट्नुपरेको छ । ऋण काढेर ल्याएका धन ठगीको फन्दामा पर्नु निकै दुःखदायी घटना हो । यस्ता घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको नाममा ठगी बढ्दै गइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका मुलुकमा रोजगारीका लागि पठाउने भन्दै भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको सोमबार मन्त्रालयले जनाएको हो ।

Hardik health

श्रम मन्त्रालय जुन देशमा व्यवस्थित रोजगार सिर्जना गर्नुपर्ने जिम्मेवार मन्त्रालय हो । तर, देशमा अवसर नदेखिएपछि श्रम स्वीकृति दिँदै युवालाई विदेश लखेट्ने मन्त्रालयका रुपमा परिचित छ यो मन्त्रालय । यस्ता ठगीमा मन्त्रालय आफैं अघि बढेर कडा कारबाही गर्नुपर्ने हो । तर, मन्त्रालय एउटा विज्ञप्ति जारी गर्छ, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, पारदर्शी र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने भन्छ । अनि चुप लागेर बस्छ । 

सरकारले व्यवस्थित र दर्ता गरेका संस्थाहरुमाथिमात्र कारबाहीको दण्ड वर्षाउने चेतावनी दिन्छ । नियमनमा खासै ध्यान दिँदैन । नेपाली युवालाई श्रम स्वीकृति दिनेबाहेक श्रम मन्त्रालय आफैं काम नपाएर बेरोजगार छ । सरकारीस्तरबाट आएका मागहरुमा सरकारले आफ्नै निकटहरुलाई पठाउँछ भने कतिपय रोकेर राख्छ । जसका कारण युवाहरु उचित र सुरक्षित रोजगारीमा पुग्न पाउँदैनन् । यसकारण पनि जोखिमै मोलेर दलालमार्फत युरोप, अमेरिका जाने बाटो खोज्छन् । यही क्रममा उनीहरु ठगिन्छन् । ठगिएका युवालाई रोजगारीको बाटो देखाउने र ठगिएको रकम फिर्ता गराउने तदारुकता श्रम मन्त्रालयले देखाउनैपर्छ । यस्तो विषयमा जिम्मेवार बन्नैपर्छ । विज्ञप्ति जारी गरी पन्छिन मिल्दैन । 
a


प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP