Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • फेरि अस्थिरता निम्त्याउने खेल
फेरि अस्थिरता निम्त्याउने खेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २५, २०८१


प्रतिनिधिसभामा कुनै दलको बहुमत छैन । जसकारण पनि दिनहुँजसो दलका शीर्ष नेताहरु सरकारको नेतृत्व थुत्ने योजना बनाउन तल्लीन छन् । २०७९ मंसिरको निर्वाचन यता प्रधानमन्त्रीबाहेक अरू मन्त्रीहरु तीनपटक परिवर्तन भइसकेका छन् । यसपटक सत्ताको नेतृत्व नै फेर्ने प्रयास भइरहेको छ । यो खेलमा साना दल चेपुवामा परेका छन् ।

नागरिक उन्मुक्तिजस्तो सानो दललाईसमेत फुटाउने कोसिस भए पनि यो दल फुटबाट जोगिएको छ । तर, संसद्को सातौं ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपाल भने औपचारिक रुपमा फुटेको छ । यो फुटसँगै अरू दल पनि फुट्न सक्ने सम्भावना देखिन्छ ।
दलहरु एकले अर्कोलाई आफ्नो शक्ति देखाउन पार्टी फुटाउन लागिपरेका छन् । कोही मन्त्री नपाएको झोंकमा पार्टी फुटाउन लागिपरेका छन् । देश संघीयतामा गएपछि यति धेरै अस्थिरता सायद पहिलोपटक यसपालि देखिँदै छ । ठूला दलका नेताहरुलाई संघीयता पचेको देखिँदैन । उनीहरु विभिन्न बहानामा धर्मनिरपेक्षता र प्रदेश खारेजीको अभियानमा लागेको देखिन्छ ।

राजनीतिक बेइमानी प्रदर्शन गरेर दलहरु संघीयता विफल पार्ने खेलमा लागेको कतिपयको भनाइ छ । नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिसभामा पहिलो र दोस्रो दल हुन् । यी दुई दल सत्तापक्ष र प्रतिपक्षको ‘म्युजिकल चेयर’मा छन् । एउटा दल प्रतिपक्षमा आउनासाथ सत्ता ढाल्ने खेल सुरु भइहाल्छ । पहिलोपटक एमालेको साथ पाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए । तर, केही समयमा दाहाल नेतृत्वको सरकारमा कांग्रेसको इन्ट्री भयो । कांग्रेस सरकारमा जानसाथ एमाले पुनः सरकार ढाल्ने खेलमा लाग्यो । कांग्रेस एक वर्ष पनि सरकारमा बस्न नपाउँदै एमालेले कांग्रेसको ठाउँ कब्जा ग¥यो । अहिले फेरि कांग्रेस जसरी पनि सत्ता ढाल्ने खेलोमा छ ।

Hardik health

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसरी पनि आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने अडानमा छन् । यसका लागि उनले आफ्ना दलका नेताहरुलाई खटाएका छन् । तर देउवा असफल हुँदै आएका छन् । उनको योजना असफल पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न तिकडम गर्दै आएको देखिन्छ । यसको पछिल्लो उदाहरण हो जसपा फुट । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका घुम्न गएको मौका पारी ओलीले जसपा फुटाएको बताइन्छ । यसरी जनताका लागि हैन, सत्ता र आफ्ना लागि दलहरुले धमाधम दल फुटाउने र मन्त्री ‘अफर’ स्वीकार गर्न थालेका छन् । के यसरी नै दलहरुले राजनीतिक अस्थिरता मच्चाएर फेरि चुनावोन्मुख राजनीति गर्न लागेका हुन् ?
 


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP