Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ज्यान जाला छाड्दिन ! 
ज्यान जाला छाड्दिन ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २५, २०८१

‘म कुनै हालतमा पनि छाड्दिन शोकजी । जे हुन्छ हुन्छ ! बरू फुटे फुटोस्, टुटे टुटोस् । अब पनि त्यसै छाडिन्न । उमेर ढल्केर मर्किने बेला भइसक्यो । ज्यान छिप्पिएर गइसक्यो । सधैं अरूका लागिमात्र कति गर्नु हो !’ कालेदाइलाई अलंकार काका शब्दवाण प्रहार गर्दै थिए ।

प्रजाको तन्त्र ल्याउनदेखि पञ्चायती शासन ढाल्न भन्दै मध्यरात गाउँ–गाउँ चाहरेर आफ्नो मास्टरी पेसालाई नै धरापमा पारेका थिए अलंकार काकाले । तर, काकालाई के मेलो मिलेन कुन्नि आजकल निकै रिसमात्र उठ्न थाल्या छ रे ! हाइहाइ र हुँइहुँइ गर्नेले चुनाउ पनि जित्ने, मन्त्री पनि खाने ? मन लागेको गर्ने । कानुनलाई खिल्लीमा पारेर चिल्ली बनाउने । अनि दशकौं रुप, नाम फेरि फेरि साँच्चै नै परिवर्तन गराउँछु भन्ने अलंकार काका सधैं रित्तो भए पनि उनी अहिले आपूmलाई आधुनिक दासका रुपमा परिणत गर्न थालेका छन् । 

गणऽतन्त्र आएपछि अझ दास प्रथा बढेको भन्दै उनी अब परिवर्तन भइसके । पहिलेपहिले पदले के काम हुन्छ र ? भन्ने मान्छे अहिले त कुनै पनि हालतमा पद छाड्दिनँ भन्छन् !किन त्यसो भन्न थाले अलंकार काकाले भनेको त ? पद भएपछि सबै चल्छ रे ? अन्यायलाई न्यायमा परिणत गर्न सकिने । चोर पनि साधु हुन सक्ने भएपछि पद त चाहियो चाहियो । त्यसमा पनि ‘फुल मन्त्री’ ! मन्त्री भनेको त मन्त्री नै हो नि चोर होस् कि गुण्डा होस् कि भ्रष्टाचारी होस् कि जेसुकै होस् ।

खड्ग बाले पनि भन्दिए, ‘यस्तो पाराले पनि हुन्छ ? न कुनै योगदान छ, न संघर्ष छ, न विचार छ डाङडाङ र डुङडुङ गरेर नेता बन्ने ! ए बाबा नेता हुनका लागि र पदका पुग्नका लागि कम्तीमा केही न केही योगदान त हुनु पर्‍यो नि । हप्काएर थर्काएरै जो मन्त्री बन्ने पनि हुन्छ ? यसले देश बिगार्छ बिगार्छ ।’ 

Hardik health

आफूलेचाहिँ के–के न गरेको जस्तो खड्ग बा पनि ! आफूले बोलेको र गरेको चाहिँ ठीक अरूले गरेको चाहिँ बेठिक भन्ने पनि हुन्छ कतै ? पित्तबाले प्याट्ट एक रन्को दिइहाले । मन्त्री झ्याप्पै खान हावा हुण्डरी जस्तालाई पनि गोजीबाट सांसद दिएपछि हुने त यस्तै नै हो । दलेहरुको दल फ्याटफ्याट फुटेको फुट्यै छ । केका लागि फुटेको छ भन्दा मन्त्री पद खानका लागि । मन्त्री किन खाने भन्दा देशलाई खोक्रो बनाउने, कमिसन खोरहरुसँग रमाउनका लागि भनेको छ । त्यही भएर पेन्द्रहरु काँ शोक परेको छ । ‘आछ्युँ खाएँ बाच्युँ खाएँ झुसे बारुला’ भने जस्तै भएको छ ।जनताका लागि भुत्तो केही नगर्ने, रातो दिन लुटमाथि छुटमात्र गर्नेलाई के भन्नु र खै ? पित्तबाले प्रश्न गरे । 

अलंकार काकाले पित्तबालाई चित्ता दुखाएरै भने, ‘उ बेला हामीले रुप रङ, भाषा, धर्म जति नै फेरेर काम गरेको भए पनि त्यसको कुनै मूल्यांकन भएन । सीमित ठेकेदारहरुको चंगुलबाट देश बाहिर आउन नै सकेन !’अलंकारका कुरालाई समर्थन गर्दै वित्तका विज्ञ तर चित्त भने पित्त जति पनि नभएका वित्तबाले भनिहाले– के गर्नु नीति निर्माण गर्ने तपाईंहरु नै हो । यो गर्छु र त्यो गर्छु भन्ने तपाईंहरु नै हो । नेता छान्ने तपाईंहरु नै हो अहिले अब धारे हात लगाएर के गर्नु ? जवानाअनुसार चल्न थाल्यो ।

अलंकारले विमति जनाएनन् । बोली र व्यवहार फरक गरेकै कारण खड्गजीले भनेजस्तै हाहा र हुँहु गरेरै राजनीति चल्ने भो ! राजनीति भनेको अहिलेको जस्तो हुँदै होइन । जनताको चाहना अनुसार पो हुनुपर्दथ्यो । तर, त्यसो भएन । नेताले चाहेको जस्तो भयो । परऽजाऽतन्त्र ल्याउनेहरु नै अहिले पुर्पुरोमा हात लगाउन थालेका छन् । जता हेर्‍यो कुर्सीका लागि फुटेको फुट्यै । जसको हेर्‍यो उसैको वाद अर्थात् परिवारवाद ! अनि भुत्रो देश चल्थ्यो र ?
पार्टी किन फुट्यो ?
सत्ताका लागि !
कसले फुटायो ?
सत्ताको स्वादले !
कसरी फुट्यो ?
मन्त्री खाने रहरले ! 

मन्त्री मैले नै खानुपर्‍यो । ठाउँ–ठाउँको भर्तीमा मेरै मान्छे हुनु पर्‍यो । जिम्मेवारी मैले भनेकै मान्छेले पाउनुपर्‍यो । त्यसो भए जनतालेचाहिँ के पाउने ? पित्तबाको पित्त फुट्नेगरी आवाज निस्क्यो ? 

अलंकार हाँस्दै भन्न थाले– ल तपाईं पनि जनताले के पाएका छैनन् ? महँगी यत्रो पाका छन् ! घरखेत बेचेरै भए पनि छोराछोरी विदेश पठाएर गाउँ रित्तो बनाएर विदेश घुम्न जान पाका छन् । सरकारले भने जति डरै डरले कर लिएकै छ । त्यहाँ भन्दा के चाहियो भेँडाहरुलाई !
भेँडा ! कसरी, को भेडा ? अब त तपाईं पनि यस्तो ? पित्तले चित्त फ्याँके ।

हो नि ! जनता त कसरी भन्नु ! यो देशमा बसुञ्जेल त कुनै न कुनै दलको भेँडा हुन् जे भन्यो त्यही गर्ने ! जनता भाको भए त यस्तो हुन्थ्यो र ? एमाले, कांग्रेस, माओवादी, सिद्धान्तविहीन मधेसवादी,  विचार नै नभएको समाजवादीका दुई नेताको झगडाले पार्टी फुटेर ज्यान जाला अध्यक्ष पद छाड्दिन भन्दा पनि तररऽररररऽ ताली बजाउने भेडा नभएर के हो त ? उनीहरुलाई मन नलागे फुट, उनीहरुलाई मन लागे जुट । 

अब त पदका लागि छोड्ने कुरै हुँदैन । सत्ताबाहिर बस्यो भने त कसैले गन्दै गन्दैन ! त्यही भएर पनि ज्यान जाला छाड्दिनँ । पद पो पर्‍यो त । दुई–चार सयको नोट हो छाड्नलाई ? बरू घरबार त्याग्छु पद त्याग्दिनँ । नागरिकलाई उन्मुक्ति दिन्छु भन्नेले परिवार नै उन्मुक्ति दिने, समाज नै नभएको समाजवादी फोरमले फोरेकै फोर्‍यै गर्ने । खड्गजी र छविजी खोलाका दुई किनारा पनि एकै ठाउँमा आएर बस्न सक्ने भएपछि, जति लर्बराएर भए पनि सत्ता छाडिन्न ! पद छाडिन्न ! बरू ज्यान फालिन्छ । दुई–चार जना भेँडाहरुलाई सहिद बनाइन्छ, पद छाडिन्न । ज्यान जाला छाड्दिन भनेपछि छाड्दिन ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP