Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • समृद्ध मुलुकका लागि जिम्मेवार पत्रकारिताको खाँचो
समृद्ध मुलुकका लागि जिम्मेवार पत्रकारिताको खाँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २४, २०८१

काठमाडौं  -  नेपालमा पहिलो समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन आरम्भ भएको दिनको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ ।

यो वर्ष हामी ‘सूचनामा नागरिकको पहुँच र अधिकार, जवाफदेही पत्रकारिता सुरक्षित पत्रकार’ भन्ने मूल नारासहित राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै छौँ । नेपाली पत्रकारिताको समीक्षा गर्दै आगामी बाटो अझै सहज र फराकिलो बनाउन आज महत्वपूर्ण दिन पनि हो । राष्ट्रिय पत्रकारिता दिवस मनाइरहँदा पत्रकारिताको विकास, चुनौती, स्वतन्त्रतासँगै हाम्रो दायित्वलगायतका विषयमा पनि समीक्षा हुन जरुरी छ । हरेक नागरिकले सूचनाको हक प्रयोग गर्नका लागि समेत यो महत्वपूर्ण हुन्छ । 

सरकारले विसं २०७३ मा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस मनाउन थालिएको हो । आजभन्दा १२३ वर्ष पहिले १९५८ वैशाख २४ गते नेपालमा पहिलो समाचारमूलक पत्रिका साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन आरम्भ भएको थियो । सरकारी तहबाट समाचारमूलक पत्रिका प्रकाशन हुन थालेको झण्डै सवा सय वर्ष पुगे पनि निजी क्षेत्रबाट भने २००७ सालको क्रान्तिपछि मात्रै सञ्चार माध्यमहरु प्रकाशन÷प्रसारण हुन थालेका हुन् । २००७ सालको क्रान्तिकै बीचबाट रेडियो प्रसारण आरम्भ गरिएको थियो भने प्रजातन्त्रको आगमनसँगै निजी क्षेत्रका पत्रपत्रिका प्रकाशन हुन थालेका हुन् । 

प्रजातन्त्रसँगै पत्रकारिता पनि फष्टाउन खोजिरहेकै बेला पञ्चायती व्यवस्थाका कारण पुनः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको जगजाहेर नै छ । पञ्चायतको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौंँ । विभिन्न राजनीतिक आन्दोलनका बेलामा जनतामा जागरण ल्याउन पत्रकारिता क्षेत्रले एतिहासिक भूमिका निर्वाह गर्दै आएको छ । 

Hardik health

 राजनीतिक अधिकारविना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताबिनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढेको हाम्रो इतिहास छ । राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको अधिकार सँगसँगै अघि बढ्ने भएकाले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका सङ्घर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गर्दै आएको हो । अब राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै अभियानमा अघि बढ्न आवश्यक छ । 

हामी संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यावहारिक अभ्यासका क्रममा छाैं । संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यावहारिक कार्यान्वयनले मात्रै अब नेपाली पत्रकारहरुको अधिकार सुनिश्चित भएको मानिने छ । प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुनु पर्दछ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ । अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको छ ।

राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता संभव नहुने र प्रेस स्वतन्त्रता बिनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढेको हाम्रो इतिहास छ । राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको अधिकार सँगसँगै अघि बढ्ने भएकाले हिजोका ठूलाठूला राजनीतिक परिवर्तनका संघर्षमा नेपालको पत्रकारिता क्षेत्रले परिवर्तनको महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गर्दै आएको हो । अब पनि राजनीतिक तथा प्रेस स्वतन्त्रताको अधिकारलाई थप स्थापित गर्दै बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न राजनीति र पत्रकारिता एउटै मिसनमा अघि बढ्न आवश्यक छ ।

प्रेस स्वतन्त्रतालाई थप सुनिश्चित गर्ने गरी एक वर्षदेखि सञ्चारसँग सम्बिन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम भइरहेको छ । सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरुको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको रायसुझाव समेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ ।

यसअनुसार आमसञ्चार क्षेत्रको स्वनियमन प्रवद्र्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसदमा दर्ता भएको छ भने आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेश हुने प्रक्रियामा छ । त्यस्तै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषदमा पेश हुने तयारीमा छ । छाता कानुनको रुपमा आमसञ्चार ऐन बनाएर सङ्घीयताको मर्मअनुसार नेपाली सञ्चार क्षेत्रलाई प्रवद्र्धन र व्यवस्थापन गर्ने सरकारको उद्देश्य रहेको छ । 

यही ऐनअन्तर्गत बन्ने आमसञ्चार प्रतिष्ठानमार्फत मिडियाको प्रवद्र्धन र व्यवस्थापन, श्रमजीवी पत्रकारको पेशागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालन लगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोंच रहेको छ । सरकारी स्वामित्वका सञ्चार माध्यमलाई थप स्वायत्त र प्रभावकारी बनाउने उद्देश्यले अघि बढाइएको सार्वजनिक मिडियासम्बन्धी विधेयक प्रतिनिधिसभाको विषयगत समितिमा छलफलका क्रममा रहेको छ ।

पत्रकारिताको बढदो विकाससँगै चुनौती पनि थपीदै गएका छन् । परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सजग हुनुपर्छ । गलत र भ्रमपूर्ण सूचना सम्प्रेषणका कारण आज सम्पूर्ण क्षेत्र जस्तै पत्रकारिता क्षेत्र पनि आक्रान्त छ । सत्य तथ्य जान्न पाउनु नागरिकको अधिकार हो । त्यसैले हामीले यो वर्षको पत्रकारिताको नारामै सूचनामा नागरिकको पहुँच र अधिकार स्थापित गर्नुपर्नेमा जोड दिएका छौँ । नागरिकले सही सूचना प्राप्त गर्न जवाफदेही पत्रकारिता चाहिन्छ र त्यसले मात्र पत्रकारलाई भौतिक र पेसागतरुपमा सुरक्षित बनाउन सक्छ । 

मिडियाको सवलीकरण र श्रमजीवी पत्रकारको हित प्रवद्र्धनलाई सँगसँगै अघि बढाउनका लागि सरकारले निरन्तर काम गरिरहेको छ । मिडियाको सवलीकरणमै सहयोग पुगोस् भनेर गत वर्ष मात्रै विज्ञापन नियमावली संशोधन गरिएको छ भने समग्र विज्ञापन क्षेत्रमा नै सुधार ल्याउने गरी विज्ञापन नीति तर्जुमाको काम पनि भइरहेको छ । विगत छ वर्षदेखि बढ्न नसकेको श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धिको प्रस्ताव मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको छ । छलफलका क्रममा रहेका तथा सरकारले अघि बढाएका प्रस्तावित कानुन र निर्णयहरुले पूर्णता पाउँदा नेपालको आमसञ्चार क्षेत्रमा पुनःसंरचना हुने र नेपाली पत्रकारिता क्षेत्रले परिवर्तनको अनुभूति गर्नसक्ने छ भन्ने सरकारको विश्वास रहेको छ ।

छापा माध्यमबाट सुरु भएको पत्रकारिताको विकासक्रम आज डिजिटल मिडियासम्म पुगेको छ । सूचना तथा सञ्चार प्रविधिको तीब्रतम विकासका कारण पत्रकारिता क्षेत्रमा सिर्जित अवसरबाट लाभ लिंने र चुनौतीको सामाना गर्न सक्षम भएर मात्रै आजको दिनमा पत्रकारिताको विकास गर्न सकिने छ । पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारको हकहित र आमसञ्चारका माध्यमहरुको सबलीकरणका लागि सम्बन्धित सबै क्षेत्रबाट आउने राय सुझावका आधारमा अघि बढ्न सरकार प्रतिबद्ध छ । 

अन्त्यमा, सामाजिक उत्तरदायित्व बहन गर्दै संविधानप्रदत्त हकअधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास लिन सकिन्छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पत्रकारिता क्षेत्रलगायत सबैमा शुभकामना छ । नवौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइरहँदा पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरुको योगदानलाई स्मरण गर्र्नै पर्दछ । पत्रकारिता क्षेत्रमा रहेर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरी वरिष्ठ पत्रकारहरुको योगदान पनि स्तुतियोग्य छ ।

लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न÷गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उहाँले आगामी दिनमा पनि सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यावसायिक, जिम्मेवार र उत्तरदायी भई भूमिका निर्वाह गर्न पत्रकार तथा आमसञ्चार जगत्ले अझ महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्ने नै छ । सत्य, निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै नै मुलुकलाई समृद्धिको बाटोमा हिँड्न बल पुग्दछ ।

(प्रस्तुत विचार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग राससले गरेको कुराकानीमा आधारित)

 


प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP