Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • मातृभाषामैत्री बागमती सरकार
मातृभाषामैत्री बागमती सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २४, २०८१

आजबाट बागमती प्रदेशमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषा बन्दै छ । बागमती प्रदेशका रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, धादिङ, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, काभ्रेपालञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका सरकारी कार्यालयहरुमा अब तामाङ र नेपाल भाषाको प्रयोग गर्न पाइने छ ।

सरकारी भाषा बनेसँगै निवेदन, वडापत्र, विभिन्न सरकारी कागजातहरुमा यी दुई भाषामा सरकारी लगानी हुने छ । भाषा नबुझ्नेहरुका लागि दोभाषेसमेत राख्न पाउने छ । संघीयतापछि प्रदेश सरकारले भाषालाई यसरी सरकारीकरण गर्नु निकै स्वागतयोग्य कदम हो । नेपालका हरेक भाषा राष्ट्रको सम्पत्ति हो । यी भाषाहरुलाई जोगाउनु राज्यको दायित्व हो ।

नेपालको संविधानको धारा ७ मा सरकारी कामकाजी भाषाको सम्बन्धमा उपधारा (१) मा देवनागरी लिपिमा लेखिएको नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने छ भनिएको छ । त्यस्तै, उपधारा (२) मा नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ । हरेक नागरिकले आफ्नो भाषामा सोच्न र बोल्न पाउनुपर्छ । यो यसको मौलिक हक हो । राज्य र नागरिकले कुनै भाषामा जति लगानी बढाउँदै जान्छ भाषा उत्तिकै मौलाउँदै जान्छ ।

Hardik health

ठूलो मात्रामा जनसंख्या भए पनि सरकारी कामकाजको भाषा नबन्दा नेपाल र तामाङ भाषा बोल्नेको संख्या कम हुँदै गएको थियो । यद्यपि व्यापारिक क्षेत्रमा नेपाल भाषा र मजदुरी तथा यातायात क्षेत्रमा तामाङ भाषाको प्रयोग भने उल्लेख्य नै रहेको छ । यस्तो अवस्थामा प्रदेश सरकारले बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा तामाङ र नेपाललाई प्रदेश सरकारले सरकारी कामकाजको भाषा तय गर्न कार्यदल बनाएको थियो । उक्त समितिमा विज्ञ सदस्यहरू अमृतकुमार योञ्जन, ओमकारेश्वर श्रेष्ठ सहभागी थिए । समितिले २०८० वैशाख १० गते प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रतिवेदन बुझाएको थियो ।

गत असोज २३ गते बागमती प्रदेशसभाले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा बनाउने विधेयक पारित गरेको  थियो । प्रदेशसभाको बैठकमा तत्कालीन संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेशसभाको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रदेशसभाबाट पारित उक्त ऐन २०८० कात्तिक २३ गते राजपत्रमा प्रकाशित भइसकेको छ । राजपत्रमा प्रकाशित भएको १८० दिनभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने भएकोले आज (वैशाख २४) देखि कार्यान्वयनको घोषणा हुँदै छ ।  

प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० नाम दिइएको उक्त विधेयकमा १७ वटा दफा छन् । विधेयक पारित भएसँगै माघ १० मा पहिलोचोटि मकवानपुर जिल्ला प्रशासन कार्यालयले तामाङ भाषामा नागरिक वडापत्र जारी गरेको थियो । आजबाट दुई भाषाले सरकारी कामकाजको ठाउँ पाएको छ । बागमती सरकारको यो कदमको स्वागत गर्दै अरु भाषालाई पनि जोगाउने काममा प्रदेश सरकारको ध्यान जाओस् । शुभकामना ।
 


प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP