Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’
भोजपुरका विद्यालयमा ‘इ-लर्निङ सेन्टर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २३, २०८१

टक्सार - सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्देश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर स्थापना’ अभियान सञ्चालन भइरहेको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला नेतृत्वको ईश्वर मन्दिर काठमाडौँ नामक संस्थाको सहयोगमा जिल्लामा इ–लर्निङ सेन्टर स्थापना भइरहेका हुन् ।

अभियानको क्रममा आज जिल्लाको टेम्केमैयुङ गाउँपालिका—२ छिनामखुमा रहेकोे त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना गरिएको छ । विसं २००५ सालमा स्थापना गरिएको विद्यालयमा सञ्चालन गरिएको सेन्टरमा को २० थान कम्प्युटर सेट र स्र्माट टिभीलगायतका विद्युतीय सामानको व्यवस्था गरिएको सहयोगी संस्थाका अध्यक्ष प्रमेश केसीले बताए । 

विद्यार्थीलाई सूचना प्रविधिसँग अभ्यस्त गर्दै सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आफ्नो संस्थाले विद्यालयमा इ—लर्निङ सेन्टर स्थापना गर्दै आएको उनले बताए ।  उनले भने, “सूचना प्रविधिको वर्तमान युगमा विगतमा जस्तो अध्ययनले मात्र हुँदैन, विद्यार्थीलाई प्रविधिसँग जोड्न जरूरी छ ।  त्यसैले ग्रामीण क्षेत्रका विद्यालयमा पनि इ–लर्निङ सेन्टर स्थापनामा सहयोग गरिरहेका छौँ । यसले पठनपाठनमा सहज हुने विश्वास लिएका छौँ ।”

Hardik health

छिनामखुमा रहेकोे त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयमा मात्रै होइन सो संस्थाले भोजपुर नगरपालिकामा रहेका भोजपुर बहुमुखी क्याम्पस, विद्योदय मावि, जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मावि, षडानन्द नगरपालिकामा रहेको अरुण मावि, अरुण गाउँपालिकाको शारदा माविमा समेत सो संस्थाले कम्प्युटरलगायतका सामग्री सहयोग गरी इ—लर्निङ सेन्टर स्थापनामा योगदान गरिसकेको छ । 

संस्थाका महासचिव संकेत कोइरालाले पनि प्रविधिसहितका पुस्तकालय स्थापनाले पठनपाठनमा सहज भएको प्रतिक्रिया आफूहरूले पाएको बताए ।  “आधुनिक प्रविधिको युगमा विद्यार्थीको हातमा कलम र कपी मात्र होइन, अहिलेका कम्प्युटर पनि हुन जरूरी छ, त्यसैले हामी त्यही अभियानअन्तर्गत अहिले भोजपुरका विद्यालयमा सहयोग गरिरहेका छौँ । यसलाई अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य छ । 

त्रिभुवन धर्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक राजन राईले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियानले  विद्यालयको शैक्षिक सुधारमा निकै सहयोग पुगेको बताए ।  टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले पनि विद्यालयमा स्थापना गरिएका इ—लर्निङ सेन्टरले शैक्षिक गुणस्तर सुधारका साथै विद्यार्थीलाई अध्ययनमा अभिप्रेरित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

संस्थाका सल्लाकार पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि विद्यालयलाई प्रविधिमैत्री बनाउन भोजपुरका अन्य विद्यालयमा पनि सहयोग अभियान सञ्चालन गरिने बताए । “अब विद्यालयमा प्रविधिमैत्री इ–लर्निङ सेन्टर स्थापना हुनुपर्छ, त्यसका लागि हामीले सहयोग अभियान सुरूगरेका हौँ”, कोइरालाले भने। 


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP