Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • न्यून मतदानको सन्देश
न्यून मतदानको सन्देश
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख १७, २०८१

यसपटक उपनिर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता देखिएन । कति भने बझाङमा ५० प्रतिशतसमेत मतदान भएन । इलाम–२ मा पनि यसपटक गत निर्वाचनमा भन्दा करिब दुई प्रतिशत बिन्दुले मत कम खस्यो । दलहरुको उल्लेख्य सहभागिता र उम्मेदवार उल्लेख्य भए पनि किन मतदानमा मतदाता आइपुगेनन् ? दलहरुले यसबारे सोच्नुपर्ने बेला आएको छ । गत निर्वाचनभन्दा बझाङमा करिब चार प्रतिशत बिन्दू न्यून मत कम खस्यो । 
निर्वाचन आयोगले मतदाता नामावली आद्यवधिक नभएको र नाम भएकाहरु मतदानमा सहभागी नभएको हुनसक्ने अनुमान गरेको छ । गत निर्वाचनमा इलाम प्रतिनिधिसभा–२ मा ५९.७८ मतदान भएकोमा यसपटक ५७.४४ मात्र मतदान भयो । बझाङको प्रदेशसभा (१) मा ५२.९८ मतदान भएकोमा यसपटक ४९.१२ मा सीमित रह्यो । 

मिसन ८४ को सांकेतिक क्षेत्र मानिएको इलाममा पनि मतदाताको सहभागिता घट्नु दलह?का लागि चुनौतीको विषय हो । पुराना दलबाट आजित भएको भनिए पनि जनताले नयाँ दललाई पनि नरुचाएको इलामको प्रारम्भिक रुझानबाट देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले नयाँ जोशका साथ आएको पार्टीका रुपमा हेरिएको थियो । तर नयाँ पार्टीको उद्देश्य पनि विकास र सुशासनभन्दा सत्ता नै देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भएयता दुईपटक सरकारमा गइसकेको छ ।

पुराना दलको पुरानै रोग हो, सत्तामा जानु । सुशासनको गफ चुटेर जनतालाई दिउँसै अँध्यारो पार्ने काम पनि पुरानै रोग हो । यही रोग नयाँ पार्टीमा पनि सरेको छ । यही विषयप्रति जनमत रुष्ट छ । जनताले कानुन बनाउने पठाउने विधायकह? भ्रष्टाचार र विभिन्न काण्डमा मुछिएका छन् । संसद्मा छेउ–कुनाका कुरा गर्छन् । जसका कारण उनीह?को कुराको कुनै प्रभाव पनि परेको देखिन्न ।

Hardik health

उपनिर्वाचनअघि प्रतिनिधिसभाले तीनवटा महत्वपूर्ण अधिवेशन सकाइसकेको छ । तर संसद् अनिर्णयको बन्दी बन्दै गएको छ । नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पार्टीले यसलाई शक्ति प्रदर्शनको थलो बनाएका छन् । एकपछि अर्को दल सत्ताबाट बाहिरिएलगत्तै संसद् अवरोधमा उत्रन थालेका छन् । पहिले सुनकाण्डमा उच्चस्तरीय समिति माग गर्दै एमालेले सदन अवरोध गरेको थियो । अहिले सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै सदन अवद्ध पार्‍यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दल रास्वपाका अध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सत्ता जोगाउनैका लागि भए पनि रुष्ट बनाउन तयार छैनन् । जसका कारण संसद् अनिर्णयको बन्दी भएको छ । यसरी नयाँ दल पनि ‘जुन जोगी आए पनि कानै चिरेका’ देखेर मतदानमा सहभागी नभएको हुनसक्छ ।
 


प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP