Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा
लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १६, २०८१

राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई पनि गणना गर्दा हाल हुँदै गरेको नेपालमा चौथो सम्मेलन हो । सन् २०१७ र २०१९ का सम्मेलन बढी अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद रहेनन् । सरकारका नीतिमा परिवर्तन भइरहने (प्रत्यक्ष वैदेशिक लगानीको न्यूनतम् सीमा रु पाँच करोडबाट दुई करोडमा घटाइएको) बदलिएअनुसार सरकारका भाका बदलिने सरकारको पूँजीगत खर्चले सङ्घ, प्रदेश र स्थानीय तहको आधा पनि खर्च हुन नसकेको र आर्थिक गतिशीलता कम रहेको वस्तुगत परिस्थितिमा सम्मेलनको आलोचना नै भइरहेको छ । अघिल्लो सरकारका अर्थमन्त्रीले घोषणा गरेको यो सम्मेलन नीतिगत निरन्तरताको दुहाई सहित वर्तमान अर्थमन्त्रीले मुख्य एजेण्डाको रुपमा जिम्मेबारी सहित अघि बढाएको देखिन्छ ।

वित्तीय स्रोतको अभावले उद्योग, व्यवसाय, विकास निर्माण हुन नसकेको भाष्य मुलुकमा निर्माण भएको छ । राष्ट्रिय वचतको दर कम छ । देशीय पुँजीपति विदेशमा लगानी गर्न पाउने ढोका खोल्ने माग गर्छन् । सीमित स्रोत र साधनको  कुशल व्यवस्थापनको खडेरी छ । प्रविधिको प्रयोगमा गाउँगाउँमा बाटो निर्माणका नाममा डोजरको प्रयोग र कार्यालयहरुमा विद्युतीय प्रणालीको (डिजिटल) प्रयोगबाहेक कृषि, औद्योगिक उत्पादनमा न्यून छ । यस परिस्थितिमा आयोजना हुन लागेको लगानी सम्मेलन र विगतको अनुभवको आधारमा के अपेक्षा होला जिज्ञासाको विषय हो ।

झट्ट हेर्दा लगानी सम्मेलनले नाफाको अपेक्षा गरिरहेको वैदेशिक पूँजी ‘एक माना’ नाफा गर्न सकिने हाम्रो जस्तो मुलुकले लगानीको अवसर दिन्छ भन्ने सोच बेठीक नभए पनि पूरै साँचो होइन । फेरि वैदेशिक लगानीले पूँजी मात्र होइन, उत्पादनका साधनमध्येको प्रविधि र व्यवस्थापन पनि भित्रयाउँछ । अतः हाम्रो यस सम्मेलनको प्रमुख लक्ष्य के हो ? यकिन भएकै होला । प्राकृतिक रुपले आकर्षक रहेको, बह लुकाएर पनि मुस्कान छर्ने धनी नेपालीको नजिकबाट अनुभूत गर्न मात्र त के होला र ? हजारभन्दा बढी सम्भावित लगानीकर्तालाई साठीभन्दा बढी देशबाट निम्ता गरिएको पर्यटन विकासको लक्ष्य मात्र होइन । सम्भावित लगानीकर्ता आफ्नो गतिविधिको क्षेत्रको अनुभवी, विश्व लगानी बजारको विशेषज्ञ र नेपालकै विषयमा पनि सार्वजनिक गरिएका तथ्याङ्क आफ्नो पहुँचका कुटनीतिक विचारबाट बुझेझै हुन्छ । त्यसका अतिरिक्त सम्मेलनमा प्रस्ताव गरिएका परियोजनाको विषयवस्तु पछि निर्णय लिन सघाउने विषयवस्तु हुन् ।

अर्कोतर्फ लगानीको माग गर्ने हाम्रो तर्फबाट सम्भावित लगानीकर्ताहरु बारेको जानकारीमा कति ध्यान दिइएको छ भन्ने विषय पनि महत्वको हो । माग र आपूर्तिको नियमअनुसार ती दुई चरको अन्तक्र्रियाबाट नतिजा निस्कने अर्थशास्त्रीय नीतिमा कति ध्यान दिइएको छ भन्ने विषयले पनि सम्मेलनको सफलता भर पर्छ ।

Hardik health

सार्वजनिक गरिएको जानकारीअनुसार झण्डै डेढ सय परियोजना विमर्शका लागि पेश गरिएको छ । एक चौथाई प्रस्तावित परियोजना प्रारम्भिक चरणका छन् भने एक पञ्चमांश परियोजना वित्तीय स्रोतको खोजीमा रहेको देखिन्छ । निजी क्षेत्रबाट आंशिक रुपमा विकसित परियोजनामा वैदेशिक सहभागिताको अपेक्षाका परियोजना पनि छन् । मुलुक जलस्रोतको धनी कहलिएको सन्दर्भमा दर्जनभन्दा बढी जलविद्युत् आयोजना पनि प्रस्तावित छन् । परियोजनाहरुको बाहुल्यता, विविधता र अपेक्षित सहभागिताको पहल पनि फरक भएकाले सम्भावित  लगानीकर्ताका लागि छनोटको विविधता पनि देखिन्छ । 

लगानी सम्मेलनले लक्षित गरेका सम्भावित लगानीकर्ताको हुन त ? वास्तवमा स्वदेशी गैरआवासीय नेपाली र विदेशी लगानीकर्ता जो कोही पनि व्यावसायिक अनुभव भएकाहरुले योगदान दिनसक्ने अपेक्षा लिइएको देखिन्छ । आयोजनाको प्रकृतिअनुसार सयुक्त लगानी, परियोजनाको कुनै अंशको जिम्मेवारी वहन गर्ने जस्ता रोजाइ पनि हुन सक्छ । उत्पादन केन्द्रित, सेवा प्रदान गर्ने, उत्पादित सेवा/वस्तु आन्तरिक बजारका लागि पूर्ण वा आंशिक निर्यातजस्ता मिहिन विषय पनि छलफलमा आउन सक्छन् । 

मूलरुपले लगानीका लागि इच्छुक व्यक्ति र कम्पनीले राख्ने अपेक्षा भनेको प्रथमतः पुँजीको सुरक्षा हो । आर्जन गरेको रकम सहजरुपले लैजान पाउने प्रत्याभूति पनि हो । त्यसका अतिरिक्त उद्यम व्यवसायमा प्रवेश गर्न आवश्यकपर्ने क्षेत्रमा चाहिने पूर्वाधारको व्यवस्थआ कम झन्झटिलो होस् भन्ने अपेक्षा पनि रहन्छ । यो माग पक्षलाई आपूर्तिकर्ता अतिउदार र उत्साही भाषामा  आश्वासन दिने, व्यवहारमा अलमल मात्र होइन, सेवा प्राप्त नहुने अवश्था लगानीका लागी प्रतिकुल परिस्थिति हो।

एकद्वार प्रणाली, विद्युत्, पानी, सडक, विदेशी विनिमय सेवा आदि दिने प्रत्याभूति जति सजिलोसँग दिइन्छ । सेवा प्रवाहमा त्यत्तिकै जटिलता पनि छ । जुन मर्मका साथ सम्मेलनको तयारीमा जुटिएको छ । सोही अनुसार सेवा प्रवाहका निम्ति सम्बन्धित एजेन्सीलाई तम्तयार, चुस्त दुरुस्त र सुशासनयुक्त पद्दतिको खाचो पर्दछ । 

सम्भावित लगानीकर्ताले हेर्ने अर्को पक्ष सम्बन्धित मुलुकको अर्थतन्त्रको अवस्था पनि हो । सरकारको वैदेशिक मुद्राको सञ्चितिको अवस्था के छ ? बैदेशिक व्यापारको स्थिति बारेपनि चासो रहन्छ । व्यापारका हकमा आयातबाट निर्वाह हुने वस्तुको उत्पादन आन्तरिकरुपले गर्नसके आयात प्रतिस्थापनको फाइदा हुनसक्छ । निर्यात गरिने वस्तुको उत्पादन हुने हो भने सोको लगानीबाट लागानीकर्ता र देश दुवैले फाइदा लिन सक्ने हुन्छ । पशु, पंक्षिपालन व्यवसाय उक्त विषयको राम्रो उदाहरण हो । पशुपक्षीको मासु अण्डा आन्तरिक खपतका लागि पनि बढी माग भएको क्षेत्र हो । त्यसमा पनी छिमेकी दुई देशको आवश्यकता पनि ख्याल राख्ने हो भने पशु पक्षीपालन अति आकर्षक लगानीको क्षेत्र हो । उत्तरतर्फ भैंसी, राँगा बङ्गुरको गुणस्तरीय मासुको माग असीमित छ । दक्षिणतर्फ खसी, बोका, हाँस, कुखुराको मासु र अण्डा नेपालमा आयात भइरहेकामा हिमाली भेगको उत्पादनको माग सिर्जना गर्न र अभ्यस्त गराउने गुञ्जायस छ ।

लगानीका लागि वस्तु, सेवाका हिसाबले जति सम्भव भए पनि अर्थतन्त्रको दिगोपना र जोखिम बहन गर्ने क्षमताको पारख पनि आवश्यक पर्छ । सन् २०२६ मा विकाशील देशमा स्तरोन्नति हुने एजेण्डा अर्थतन्त्रको सबलीकरणको धोतक हो तर पनि विगतदेखि नै मुलुकको साखको पारख गराउने प्रतिवद्धता भने ओझेलमै परेको छ । समकालीन अवस्थामा मुलुकको बाह्य क्षेत्र अन्तर्राष्ट्रिय व्यापारलगायत चालु खाता, शोधनान्तर अवस्था सकारात्मक छ । विप्रेषण नितान्त अस्थायी प्रकृतिको स्रोत हो । तापनि बाह्य क्षेत्रलाई सबल बनाउन तत्काल योगदान गरेको चर हो । यो परिस्थितिमा लगानीककर्ताका निम्ति सकारात्मक सोचाई राख्न सघाउने तत्व पनि भएको छ । सार्वभौम साखको पारख अति महत्वको कारक भए पनि सो आंैल्याउन नपाइनु खुड्किलो विषय हो ।

सम्मेलन तयारीका सिलसिलामा जुन किसिमको प्रचारप्रसार भइरहेको छ, सोबाट  लगानीकर्तालाई सम्मेलनमा भाग लिन उत्साही गराएको हुनु पर्छ । सरकारी र अन्तर्राष्ट्रिय मञ्चमा खासगरी कूटनीतिक क्षेत्र, बहुपक्षीय वित्तीय संस्थाहरु अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियाली विकास बैंक आदिका प्रतिनिधिहरु र उद्योग, व्यवसाय सञ्चालनका अतिरिक्त सामूहिक पुँजी (भेञ्चत क्यापिटल) लगानिकर्तामा घनिभूतरुपले सन्देश पुगेको देखिन्छ । 

लगानीका लागि वातावरण सिर्जना गर्नुपर्ने भन्नु र अनुकूल वातावरण पाएका छौँ भन्ने अनुभूति सम्बन्धित पक्षहरुको सामाजिक आर्थिक र सांस्कृतिक पृष्ठभूमिमा भर पर्छ । केही मुलुकका पर्यटक अति सेवा भाव र समर्पण खोज्ने हुन्छन् भने कुनै मुलुकका पर्यटक भने नेपाली सामान्य शैलीबाट अति प्रभावित भई आगमन कैंयौं गुणा बढाएका हुन्छन् । लगानी त सम्पत्तिसँग सम्बन्धित विषय हो । प्रत्यक्ष रुपले लाभ र हानि व्यहोरिने यो गतिविधिले आपसि सद्भाव सौहार्दता र संयम पनि खोज्दछ । जुन दुबै पक्षका लागि लाभदायक र चिरस्मरणीय परिघटना पनि हुन्छ ।

लगानी सम्मेलनको महत्वलाई ख्याल गरी भण्डै एक दर्जन ऐन अध्यादेशमार्फत संशोधन गरी लगानीमैत्री बनाइएको छ । जग्गा प्राप्ति उत्पादनका साधनमध्येको एक हो, सहज र समन्यायिक ढङ्गले प्राप्त हुनु पर्छ भन्ने आधारमा रजिष्ट्रेसन मूल्यको तीन गुणाभन्दा बढी हुनु हँुदैन भन्ने कानूनी नयाँ व्यवस्थाले लगानीका लागि अनुकूलता थपेको छ । उद्यम व्यवसाय सुरु गर्दाका अवस्थामा आइपर्ने झैझमेला समयमै टुङ्ग्याउन ‘द्रुत निराकरण’को पद्दति अनुशरण गर्नुपर्ने हुन्छ ।

विविध परिस्थितिमा आयोजना भएको यस लगानी सम्मेलनले विगतमा सँगालिएका अनुभवका आधारमा सच्याउनुपर्ने विषय ताकि त्रुटिरहित ढङ्गले व्यवस्थित गर्न भएको प्रयास प्रसंसनीय छ । सम्भावित लगानिकर्ताहरुको सम्पर्क रहने सहयोगी वा सहजीकरण गर्ने व्यक्ति वा संस्थाले सम्बन्धित पक्षको सामाजिक सांस्कृतिक मान्यताको ख्याल गरी व्यवहार गर्नु पनि महत्वपूर्ण जिम्मेवारी रहन्छ ।

हालसम्मका प्रयास र विदेशस्थित वैदेशिक नियोगहरुको प्रयत्न समेत र अन्तर्राट्रिय परिस्थितिलाई ख्याल गर्दा लगानी सम्मेलनका लागि वातावरण अनुकूल छ । नीतिगत र आश्वस्त पारिएका बिन्दुमा इमान्दारिता देखाइ कार्यान्वयनमा सघाउ पु¥याउँदा लगानीबाट प्रचुर मात्रामा लाभान्वित भएका घटना ताजा छन् । लगानीकर्ताहरुमा विश्वास अभिवृद्धि गर्न र मुलुकको हितका लागि लगानी सम्मेलन २०२४ भरोसायोग्य हुनेछ ।

(लेखक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुन्) 


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP