Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १६, २०८१


गाजामा जारी युद्धमा केन्द्रित रहेर आइतबारदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुने भएको छ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी हुनेछन् । 

उक्त अवसरमा फ्रान्स, जर्मनी, बेलायत र युरोपेली सङ्घका विदेशमन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहेको ब्रेन्डेले शनिबार जानकारी दिए। 

सम्मेलनमा वासिङ्टनका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने अपेक्षा गरिएको आयोजक साउदी अरबले जनाएको छ ।विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले शनिबार रियादमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन चीन भ्रमणपछि इजरायल जाने क्रममा साउदी अरबमा पुग्नुहुने कार्यक्रम तय भएको बताए ।

उनले भने, “ गाजामा हामीले सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकहरूबारे केन्द्रित वार्तामा अब केही नयाँ गति आएको छ ।”उनले भने, “सम्मेलनमा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षहरूमा पनि छलफल हुने भएकोले यो धेरै परिणामी बैठक बन्ने सबै सम्भावना छन् ।”

Hardik health

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्धमा करिब एक हजार १७० जनाको मृत्यु भएको इजरायली आधिकारिक आँकडामा उल्लेख छ ।गाजामा हमासले १२९ जना बन्धकलाई आफ्नो नियन्त्रणमा राखेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ ।

हमासको अकल्पनीय आक्रमणको कारण भएको क्षतिको बदलामा इजरायलले चलाएको प्रतिशोधात्मक सैन्य कारबाहीमा कम्तीमा ३४ हजार ३५६ प्यालेस्टिनीको मृत्यु भएको छ । उनीहरूमध्ये अधिकांश महिला र बालबालिका रहेको इजरायलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमासले गाजामा सम्भावित युद्धविरामका सम्बन्धमा इजरायलको पछिल्लो प्रति प्रस्तावबारे शनिबार अध्ययन गरिरहेको बताएको छ भने सञ्चार रिपोर्ट अनुसार वार्ताको मध्यस्थता गरिरहेको इजिप्टको एक प्रतिनिधिमण्डल अवरुद्ध वार्ता सुरु गर्न इजरायल पुगेको उल्लेख गरिएको छ ।

साउदी अरबले इजरायललाई कहिल्यै मान्यता दिएको छैन तर अक्टोबर ७ मा भएको आक्रमणअघि नै इजरायललाई मान्यता दिनेबारे विचार गरिरहेको छ । रियाद र वासिङ्टनले आफ्नो सुरक्षा साझेदारीलाई अझ मजबुत बनाउने सम्झौतामा वार्ता जारी छ ।

साउदी अधिकारीहरूले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको महत्त्वाकाङ्क्षी दृष्टिकोण सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पु¥याउन सक्ने आशङ्का व्यक्त गरेका छन् ।


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप आइतबार, माघ ४, २०८२
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आइतबार, माघ ४, २०८२
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते आइतबार, माघ ४, २०८२
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन 
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन  आइतबार, माघ ४, २०८२
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो आइतबार, माघ ४, २०८२
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन आइतबार, माघ ४, २०८२
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP