Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • उत्साहप्रद भएन मतदान
उत्साहप्रद भएन मतदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १६, २०८१
इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतपेटिका संकलन गरिँदै । तस्बिरः रासस

 

  •  गत निर्वाचनमा इलाम २ मा ५९.७८ मतदान भएकोमा यसपटक ५७.४४ मात्र मतदान
  •  बझाङको प्रदेश १ मा गत निर्वाचनमा ५२.९८ मतदान भएकोमा यसपटक ४९.१२ मा सीमित
  •  डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा ‘राइट टु नो भोट’ को नीति अपनाउने निर्णय गरेको थियो


काठमाडौं– इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र बझाङ प्रदेश १ को उपनिर्वाचनमा मतदान गर्नेको संख्या अघिल्लोपटकभन्दा घटेको छ । इलाममा करिब दुई प्रतिशत बिन्दु र बझाङमा करिब चार प्रतिशत बिन्दु कम मतदान भएको निर्वाचन आयोगले जनाएको हो । ‘समग्रमा हेर्दा इलाममा दुई र बझाङमा तीन प्रतिशत बिन्दुले घटेको छ,’ आयोगका सचिव रविलाल पन्थले भने ।

यसको कारण मतदाता नामावली आद्यवधिक नभएको र नाम भएकाहरु मतदानमा सहभागी नभएको हुनसक्ने पन्थले अनुमान गरे । गत निर्वाचनमा इलाम–२ मा ५९.७८ प्रतिशत मतदान भएकोमा यसपटक ५७.४४ मात्र मतदान भयो । बझाङको प्रदेश १ मा गत निर्वाचनमा ५२.९८ मतदान भएकोमा यसपटक ४९.१२ मा सीमित रह्यो ।

डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेको थियो । पार्टीको सचिवालय बैठकले बझाङको उपनिर्वाचनमा ‘राइट टु नो भोट’ को नीति अपनाउने निर्णय गरेको थियो । नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम–२ मा भने पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको थियो ।

Hardik health


निर्वाचन क्षेत्र                  गत निर्वाचन      यसपटक
इलाम प्रतिनिधिसभा–२       ५९.७८          ५७.४४
बझाङ प्रदेशसभा–१             ५२.९८         ४९. १२


गत निर्वाचन र शनिबारको उपनिर्वाचनमा भएको मतदान प्रतिशतमा । स्रोतः निर्वाचन आयोग

उपनिर्वाचन शान्तिपूर्ण, नतिजा १२ घण्टामा आउने
इलाम र बझाङ दुवै क्षेत्रमा उपनिर्वाचन शान्तिपूर्ण भएको आयोगले जनाएको छ । इलाममा उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार मतपेटिका गणनास्थलमा आउन सुरु भइसकेको छ । इलाममा इलाम नगरपालिकाको गौतमबुद्ध सभागृहमा मतगणना गरिने कार्यक्रम छ । यहाँ एक लाख १५ हजार ८८९ मतादाता थिए । २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७.४४ प्रतिशत मतदान भएको थियो । मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि राजनीतिक दल तथा उम्मेदवार सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ गरिने छ ।

२०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा नेम्बाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । एमाले र कांग्रेसजस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता भर्खर जन्मिएका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसबाट खड्का, एमालेबाट सुवासपुत्र सुहाङ, रास्वपाबाट मिलन लिम्बू मैदानमा छन् ।
यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ । पहिचानवादी पक्षका स्वतन्त्र उम्मेदवारसमेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ । मुढा चुनाव चिह्न लिएर डकेन्द्र थेगिम मैदानमा छन् । इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन् ।

बझाङमा आजबाट मतगणना
बझाङ प्रदेशसभा १ मा आजबाट मात्र मतगणना हुने भएको छ । केही क्षेत्रको मतपत्र हवाईस्थलबाट ल्याउनुपर्ने भएकोले आज १० बजेबाट मात्र मतगणना गरिने आयोगले जनाएको हो । ‘मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाटसमेत ढुवानी गर्नुपर्ने भएकोले मिति २०८१ वैशाख १६ गते १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ । साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकामसम्म ल्याउने व्यवस्था गरिएको छ,’ आयोगले भन्यो ।

बझाङमा ३० हजार ३२८ मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता छन् । जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको लामिछानेले बताए । उनका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह प्रतिस्पर्धामा छन् ।



 


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP