Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • आगलागी नियन्त्रणमा पूर्वतयारीको खाँचो
आगलागी नियन्त्रणमा पूर्वतयारीको खाँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १४, २०८१

वैशाखको धुपमा आगलागीका घटना बढ्न थालेको छ । चैतबाट शुरु भएको आगलागी पछिल्ला दिनमा झनै बढ्न थालेका छन् । कतिको घर खरानी बनेका छन् भने कति जंगल डढेर कालै भएको छ ।केही दिनयता यसरी नै आगलागी भएका घटनाको ‘हेडलाइन’ बन्न थालेको छ । गर्मी याम सुरु हुनुपूर्व हावाहुरी चल्दा देशका विभिन्न जिल्लामा आगलागीका घटना बढ्दो छ । यस्तो घटना हरेक वर्ष हुने गर्छ ।

सरकारले सहरी क्षेत्रका लागि दमकलको व्यवस्था गरेको भए पनि ग्रामीण क्षेत्रमा यस्तो व्यवस्था छैन । सडक, विद्युत्, यातायातमा लगानी गरेको सरकारले यसरी आगलागी हुँदा सावधानी अपनाउन भन्दै आग्रह गर्नेमात्र हो । अरू गर्नसक्ने हैन । आगलागी डरलाग्दो घटना हो । यो नियन्त्रणका लागि सबैभन्दा पहिलो हो, पूर्वतयारी । आगलागीका घटना जुनसुकै बेला जहाँ पनि हुन सक्छ । आगो नियन्त्रणको सबैभन्दा उत्तम उपाय पानी नै हो । तर नेपालका ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रमा पानीको अभाव छ । जलस्रोतको धनी देश भनेर गफ जोतेको सरकारले खुल्ला क्षेत्रमा पानीको जोहो हुनेगरी पोखरी र ड्यामहरु बनाउन सकेको छैन ।

यतिमात्र हैन पानीको स्रोतकै संरक्षणमा सरकारको चासो देखिन्न । स्थानीयस्तरमा उपलब्ध ढुंगेधारा, इनार, पोखरी, कुवा, जरुवा, कुलो, ताल आदिको समय–समयमा सरसफाइ र मर्मतसम्भार गरेर जोगाउन सके आगो लाग्दा यहाँका पानी अचुक औषधि हुन सक्छन् ।यसैगरी आगो लाग्दा कसरी बच्ने, के गर्ने भन्ने विषयमा तालिमसमेत हुँदैन । विकसित देशमा महिनाको एक पटक आगो लाग्दा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाबारे तालिम दिइन्छ । नेपालमा माटो सुहाउँदो पूर्वाधार भनेको पानीको स्रोतको संरक्षण हो । वडावडामा हेलिप्याड बनाउनुभन्दा पोखरी बनाउनुतिर सरकारले ध्यान दिए आगामी दिनमा आगलागीबाट क्षति कम हुने थियो ।

Hardik health

हावाहुरी, चट्याङ, आगलागीसँगै अब वर्षात्को मौसम पनि सुरु हुँदै छ । वर्षा लागेपछि बाढीपहिरोको जोखिम उच्च हुने गर्दछ । त्यसैले हरेक विपत्तिबाट जोगिने र जोगाउने पूर्वतयारी गर्न जरुरी छ । सरकारले विपद्को जोखिम न्यूनीकरणकै लागि छुट्टै प्राधिकरण गठन गरी कार्याधिकार दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले यसका लागि काम गरिरहेको छ । तर, प्राधिकरणका कार्यहरु अझै पर्याप्त हुन सकिरहेको छैन । प्राकृतिक विपत्तिलाई कसैले रोक्न सक्दैनन्, तर ती विपद्को जोखिम कम गर्न सकिन्छ । त्यसका लागि थप प्रभावकारी रुपमा प्राधिकरणले काम गर्न जरुरी छ ।
 


प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP