Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ९, २०८१

दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।   गाजाका २३ लाख जनसङ्ख्याको आधाभन्दा धेरैले शरण मागेको रफाहमा इजराइलले करिब दैनिक आक्रमण गरेको छ ।

अमेरिकासहित अन्तर्राष्ट्रिय स्तरले संयमता अपनाउन आग्रह गरे पनि इजराइलले इजिप्टको सिमानामा रहेको रफाहमा आफ्नो स्थल आक्रमण विस्तार गर्ने वाचा गरेको छ ।  कुवैती अस्पतालका अनुसार पहिलो आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूको तीन वर्षीय बालकको मृत्यु भएको छ । अस्पतालले महिला गर्भवती रहेको र चिकित्सकहरू बच्चालाई बचाउन सफल रहेको बताएको छ ।

अस्पतालको रेकर्डअनुसार दोस्रो आक्रमणमा एउटै परिवारका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको छ । अघिल्लो रात रफाहमा भएको हवाई आक्रमणमा छ बालबालिकासहित नौ जना मारिएका थिए ।   स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजराइल–हमास युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने गाजाका दुई सबैभन्दा ठूला सहर ध्वस्त भएका छन् र सम्पूर्ण क्षेत्रमा विनाश भएको छ ।

Hardik health

करिब ८० प्रतशित जनसङ्ख्या आफ्नो घरबाट भागेर घेरिएको तटीय क्षेत्रका अन्य भागमा गएका छन् । विशेषज्ञहरूले ती क्षेत्र भोकमरीको सङ्घारमा रहेको बताएका छन् । सातौँ महिनामा चलिरहेको युद्धले क्षेत्रीय अशान्ति फैलाएको छ । यसबाट इजराइल र अमेरिका सम्पूर्ण मध्यपूर्वमा इरान र सम्बद्ध लडाकू समूहहरूविरुद्ध खडा भएका छन् ।

यसै महिनाको प्रारम्भमा इजराइल र इरानबीच प्रत्यक्ष गोलीबारी हुँदा लामो समयदेखिको उनीहरूको शत्रुताले युद्धको डर बढाएको छ ।   इजराइलले कब्जा गरेको वेस्ट बैंकमा पनि तनाव बढेको छ । इजराइली सेनाका अनुसार सैनिकहरूले आइतबार बिहानै दक्षिणी वेस्ट बैंक सहर हेब्रोन नजिकै एक जाँच चौकीमा चक्कु र बन्दुकले आक्रमण गर्ने दुई प्यालेस्टिनीलाई ‘निष्क्रिय’ बनाएको बताएको छ । 

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएपछि वेस्ट बैंकमा इजराइली सैनिक र बसोबास गर्नेहरूबाट कम्तीमा चार सय ६९ प्यालेस्टिनी मारिएका छन् । अधिकांश मानिस इजराइली सैन्य गिरफ्तारी छापा मार्ने क्रममा मारिएका छन् । 
 


प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल बिहीबार, चैत ५, २०८२
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध बिहीबार, चैत ५, २०८२
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP