Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • आजदेखि भारतमा मतदान सुरु
आजदेखि भारतमा मतदान सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ७, २०८१

काठमाडाैं - शुक्रबारदेखि  सुरु भएको भारतको आम निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि सत्तामा रहन सक्ने निर्णय झन्डै एक अर्ब मतदाताले गर्नेछन् ।  
                
उनले भारतका अधिकांश क्षेत्रमा गहिरो जरा गाडेको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) नामक करिब दुई दर्जन विपक्षी दलहरूको गठबन्धनबाट चुनौती सामना गरिरहेको छ ।

भारतीय संसद्मा दुई सदन (लोकसभा वा जनताको सभा र राज्य सभा वा राज्य परिषद्) रहेका छन् । आगामी निर्वाचनमा लोकसभाका पाँच सय ४५ सिटमध्ये पाँच सय ४३ सिटका लागि मतदाताले मतदान गर्ने र बाँकी दुई राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । 

लोकसभाका लागि प्रत्येक पाँच वर्षमा निर्वाचन हुन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मतदाताहरूले एक उम्मेद्वारलाई भोट दिन्छन् र सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्ववारले चुनाव जित्छ । बहुमत सिट जित्ने दल वा गठबन्धनले सरकार बनाउँछ ।  
                 
विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा मतदान गर्नका लागि ९६ करोडभन्दा बढी मतदाता १० लाखभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न योग्य रहेको अधिकारीहरूले बताएका छन् । निर्वाचनका लागि करिब एक करोड ५० लाख मतदान अधिकृत र सुरक्षाकर्मी खटाइने छन् ।
               
जुन १ सम्म सात चरणमा हुने निर्वाचनको नतिजा जुन ४ मा सार्वजनिक हुनेछ । निर्वाचनसँग जोडिएको खर्च निकै ठूलो रहेको छ । दिल्लीस्थित ‘सेन्टर फर मिडिया स्टडिज’का अनुसार २०१९ को आम चुनावमा आठ अर्ब ६० करोड अमेरिकी डलर खर्च भएको र यस वर्षको लागत १४ अर्ब ४० करोड अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ ।

Hardik health

मोदी सन् २०१४ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो भने सन् २०१९ मा पुनः निर्वाचित हुनुभएको थियो । भाजपाले क्रमशः दुई सय ८२ र तीन सय तीन सीट प्राप्त गर्दै दुवै निर्वाचनमा ठूलो अन्तरले जितेको थियो  । भाजपा र उसका सहयोगीहरूले आगामी चुनावमा चार सयभन्दा बढी सिट जित्ने लक्ष्य राखेका छन् ।

विगत एक दशकमा भारतको आर्थिक उपलब्धि भए पनि केही सञ्चारमाध्यम र विज्ञहरूले वास्तविक आर्थिक कार्यसम्पादन सरकारले दावी गरेजस्तो राम्रो नभएको र विकासका फाइदाहरू समाजका तल्लो तहसम्म पुग्न नसकेको विश्वास गरेका छन् ।सन् २०१४ मा मोदी सरकारले प्रस्ताव गरेको ‘मेक इन इन्डिया’ पहलले भारतको आर्थिक वृद्धिमा उत्पादन क्षेत्रको योगदानलाई सन् २०१५ मा १६ प्रतिशतबाट सन् २०२२ सम्म २५ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको थियो । तर यो वास्तवमा १३ प्रतिशतमा झरेको छ ।

यसले देशमा लगातार उच्च बेरोजगारी दर निम्त्याएको छ । हिन्दुस्तान टाइम्सका अनुसार, ‘लोकनीति–सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटिज’ द्वारा गरिएको प्रि–पोल सर्वेक्षणले १० हजार १९ उत्तरदातामध्ये आधाभन्दा बढीले मूल्यवृद्धि र जागिरको अभावमा चिन्ता व्यक्त गरेका छन् । भारतीय किसानहरूले बालीनालीको न्यूनतम मूल्य ग्यारेन्टी गर्ने, किसानको पेन्सन र ऋण माफीलगायतका कानूनको माग गर्दै विगत महिनादेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भारतीय इतिहासमा लामो समयसम्म सत्तामा रहँदा पनि सन् २०१४ को आम निर्वाचनमा राहुल गान्धीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर भाजपा विरुद्ध ठूलो हार बेहोरेको थियो । सन् २०२३ मा २६ विपक्षी दलहरूले ‘इन्डिया’ गठबन्धन गठन गरको छ ।  भारतमा आम आदमी पार्टी (आप) का अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्चमा सङ्घीय सरकारको वित्तीय अपराध एजेन्सीले (इडी) भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । उनले आफ्नो गिरफ्तारी राजनीतिक प्रेरित भएको बताए । भाजपाले उक्त आरोप अस्वीकार गरेको छ ।

इडीले विगतका वर्षमा धेरै विपक्षी दलका नेताहरूलाई जेलमा पारेको र सोधपुछ गरेका छन् । उनीहरूविरुद्ध सङ्घीय एजेन्सीहरूले मुद्दा दायर गरेका छन् । यसबाट विपक्षी दलहरू र नागरिक समूहहरूको विरोधलाई उत्प्रेरित गरेको छ । मार्चमा कांग्रेस पार्टीले सङ्घीय सरकारले चुनावका लागि आफ्नो कोष कटौती गर्न कर विभाग प्रयोग गरेको आरोप लगाएको थियो । 


प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल बिहीबार, चैत ५, २०८२
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध बिहीबार, चैत ५, २०८२
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP