Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • पाकिस्तानमा वर्षाका कारण थप चारको मृत्यु
पाकिस्तानमा वर्षाका कारण थप चारको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ५, २०८१

खैबरपख्तुनख्वा - पाकिस्तानको खैबरपख्तुनख्वा (केपी) मा लगातार भारी वर्षाका कारण उत्पन्न विपद्का घटनामा थप चार जनाको ज्यान गएको छ । योसँगै हालसम्म प्रान्तमा वर्षाको कारण मृतकको सङ्ख्या २५ पुगेको अधिकारीहरूलाई उद्धृत गर्दै ‘डन समाचारपत्र’ले जनाएको छ । साङ्ला र चारसद्दा जिल्लामा मौसमी प्रतिकूलताले हताहतका घटनाहरू भएका छन्, जसले विगत केही दिनदेखि लगातार भारी वर्षाका साथै आँधीबेहरी आइ थप विनाश गरेको छ ।

केपी प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले अप्रिल १२ देखि मृतकको सङ्ख्या २१ पुगेको जनाएको छ । घाइतेको सङ्ख्या पनि बढेर ३२ पुगेको छ । उद्धार–११२२ टोली का प्रवक्ता बिलाल अहमद फैजीले चारसद्दाको सबकदरमा घर क्षति भएपछि दुई बालबालिकाको ज्यान गएको पुष्टि गर्नुभयो । त्यसैगरी, साङ्लाका उपायुक्त जियाउर रहमानले सोमबार राति साङ्लामा दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । जहाँ अलपुरीको देहराई क्षेत्रमा आकस्मिक बाढीमा आमा र बच्चा बगाएको छ । यी नयाँ हताहतहरूसँगै, प्रान्तमा मृत्युको सङ्ख्या २५पुगेको हो ।

लोअर कोहिस्तानको डुबेरका जÞाहिद कथानाले अस्थायी सडक र पुलहरू सन् २०१० पछि पाँचौं पटक बाढीले बगाएको बताउनुभयो । बाढीले बासिन्दाहरूलाई घरमा सीमित रहन बाध्य पारेको जनाउनुभयो । असहज परिस्थितिले स्थानीयलाई दुर्गम भूभागबाट कठिन यात्रा सहेर अस्थायी व्यवस्था प्रयोग गरी बिरामीहरूलाई अस्पताल पुर्याउन बाध्य तुल्यायो । वर्षा रोकिएपछि नदीको जलस्तर घटेको छ भने पिडिएमएले केपीका प्रभावित जिल्लाहरूमा राहत कार्य सुरु गरेको छ । पाकिस्तान मौसम विज्ञान विभाग (पिएमडी) ले अप्रिल २२ सम्म देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ ।

Hardik health

यसैबीच अर्को शक्तिशाली लहर पश्चिमी क्षेत्रहरूमा प्रवेश गर्ने आँकलन गरिएको छ । यो लहर देशको माथिल्लो भागहरूमा विस्तार हुदा सुरुमा बलुचिस्तानलाई असर गर्ने अनुमान गरिएको छ । पिएमडीको पूर्वानुमानमा विभिन्न क्षेत्रहरूमा भारी वर्षार आँधीबेहरी आउने समावेश छ । पृथक क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना छ । खैबरपख्तुनख्वामा, चित्राल, दिर, स्वात, एबटाबाद र अन्य जिल्लाहरू समेत प्रभावित हुने पुर्वानुमान गरिएको छ । गिलगिट–बाल्टिस्तान र कश्मीरमा पनि वर्षा, आँधीबेहरी र उच्च पाहाडी क्षेत्रहरूमा हिमपातसहित खराब मौसमको सामनाका लागि तयारी भएको छ ।

पञ्जाब र सिन्धका क्षेत्रहरू सम्भावित वर्षा, आँधीबेहरी र असिनाबाट बच्न आवाश्यक तयारी गर्न सल्लाह दिइएको छ । पिएमडीले माथिल्लो केपी, मुर्री, गलियत, कश्मीर र जीबीमा भूस्खलनको जोखिमसँगै केही क्षेत्रमा आकस्मिक बाढीको चेतावनी दिएको छ । किसानहरूलाई बालीको रक्षा गर्न सावधानी अपनाउन सल्लाह दिइएको छ । अधिकारीहरूलाई सतर्क रही सम्भावित जोखिमलाई कम गर्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरिएको छ । राष्ट्रिय राजमार्ग तथा मोटरवे प्रहरीले मौसमी सुरक्षा सुनिश्चित गर्न पिएमडीको सल्लाह अनुसार अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई सल्लाह दिएको डनले जनाएको छ । 


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो
होर्मुज अवरोधले खाडी क्षेत्रमा महँगी चर्कियो बिहीबार, चैत ५, २०८२
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते
पाकिस्तानमा वर्षाका कारण १७ जनाको मृत्यु, ३० घाइते बिहीबार, चैत ५, २०८२
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल
जिसीसी महासचिव र खाडी क्षेत्रका लागि इयुका विशेष प्रतिनिधिबीच इरानी आक्रमणबारे छलफल बिहीबार, चैत ५, २०८२
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध
ऊर्जा संरचनामाथि आक्रमणले चर्कियो मध्यपूर्व युद्ध बिहीबार, चैत ५, २०८२
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी
इरान-कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP