Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय
अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ५, २०८१

धरान- सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’ । धरानकै अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा भने बर्षेनि विद्यार्थी बढेका बढ्यै छन् । विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यालयले हरेक वर्ष प्रवेश परीक्षाबाट छनोट गरेर क्षमताअनुसारका मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ । 

नयाँ शैक्षिकसत्रमा भर्ना हुने विद्यार्थीको सङ्ख्या दोब्बरभन्दा बढी भएपछि विद्यालयमा मङ्गलबार प्रवेश परीक्षा सञ्चालन भयो । विद्यालयले नर्सरीदेखि कक्षा ९ सम्म जम्मा तीन सय १४ विद्यार्थीका लागि भर्ना आह्वान गरेकोमा प्रवेश परीक्षामा सात सय १२ जना सहभागी भएको विद्यालयका संयोजक वीरेन्द्रबहादुर साहले जानकारी दिए।  

मङ्गलबार पब्लिक हाइस्कुलमा आफ्ना सन्तानलाई प्रवेश परीक्षाका लागि ल्याउनेमा इटहरीस्थित सिबी कलेजमा प्रिन्सिपल सागर भट्टराई पनि एक हुन् । उनले पब्लिकमा पढाइ राम्रो भएकाले छोरालाई भर्ना गराउन चाहेको बताए । उनले भने , “पहिला आफूले पढाएका धेरै विद्यार्थी अहिले यहि विद्यालयमा शिक्षक छन्, उनीहरुप्रतिको विश्वासले पनि दिल्ली पब्लिक स्कुलबाट छोरालाई यहाँ ल्याउन चाहेको हुँ ।”

धरानका सुदर्शन श्रेष्ठले पनि निजी विद्यालयमा पढिरहेका छोरालाई पब्लिकमा प्रवेश परीक्षाका लागि ल्याएका थिए । उनले सो विद्यालयमा पढाइरहेका अन्य अभिभावकले पढाइ  राम्रो रहेको बताएपछि आफूले पनि ल्याउन चाहेको जानकारी दिए । अभिभावक प्रविना लिम्बुले सामुदायिक विद्यालय भएपनि पब्लिकमा गाडी र अन्य धेरै सुविधा पनि भएकाले आफू आकर्षित भएको बताए ।

Hardik health

त्यस्तै राधिका कार्कीले पनि विभिन्न विषयको पढाइ हुने जानकारी पाएर यही विद्यालयमा भर्ना गर्न चाहेको बताए ।  विद्यालयका शिक्षक–अभिभावक सङ्घ अध्यक्ष राजेन्द्र किरातीले विद्यालयले अभिभावकसँग पटक–पटक छलफल र सहकार्य गरेर पठनपाठनमा सुधार गर्दै लगेका कारण अभिभावकहरुको आकर्षण बढेको बताए  । उनले भने “पहिला यो विद्यालय पनि अन्य सामुदायिक विद्यालय भन्दा फरक थिएन तर जब विद्यालयले अभिभावकसँग समस्या राखेर समाधानको बाटो खोज्यो त्यसपछि अभिभावककै सहयोगमा विद्यालय चलिरहेको छ । हामी अभिभावक पनि खुसी छौँ ।”

विद्यालयले विद्यार्थीका अभिभावकसँग आर्थिक सहयोग जुटाएर विभिन्न सुविधा थप गरिरहेको छ । पब्लिकसँग हाल छ वटा विद्यालय बस छन् । ल्याव, पुस्तकालय तथा मन्टेश्वरी कक्षा पनि सञ्चालन छ । विद्यालयका प्रधानाध्यापक डा इन्द्रमोहन झा अभिभावकको सहयोगकै भरमा विद्यालयको स्वरुप परिवर्तन भएको बताए । उनका अनुसार विद्यालयमा शिक्षक र कर्मचारी गरेर हाल एक सय ९२ जना कार्यरत छन् । त्यसमध्ये जम्मा ४० जनाको मात्र सरकारले तलब दिन्छ । बाँकीलाई अभिभावकसँग सहयोग जुटाएर तलबको व्यवस्थापन गरिएको छ । 

उनले भने, “दश वर्षअघिसम्म यो विद्यालय पनि अरु सामुदायिक विद्यालयभन्दा फरक थिएन । गुणस्तर कमजोर थियो  । हामीले अभिभावक र सरोकारवालासँग छलफल गरेर सुधारको प्रयास गर्दा अभिभावकले सहयोग गरे । अहिले त्यसैको भरमा चलेका छौँ ।” विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म जम्मा तीन हजार पाँच सय हाराहारी विद्यार्थी छन् । यो विद्यालयलाई सरकारले नमूना विद्यालयका रुपमा समेत छनोट गरेको छ । यसपटकबाट सरकारले विज्ञान पठनपाठनका लागि कार्यक्रम सञ्चालन गर्न पब्लिकलाई पनि छनोट गरेको छ । 

विद्यालयमा हाल इलेक्ट्रिकल इञ्जिनियरिङ, कम्प्युटर साइन्स, कम्प्युटर म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ब्युटिसियन कक्षा समेत सञ्चालन भइरहेका छन् । हाल नर्सरीदेखि ९ कक्षासम्म अंग्रेजी माध्यम र १० देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक डा झाले बताए। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको कोशी प्रदेश समिति सचिव तथा पब्लिक हाइस्कुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्की विद्यालय र अभिभावककै पहलमा शैक्षिक वातावरण सुधार गरिएका सामुदायिक विद्यालयहरुमा आकर्षण बढेको बताए । सरकारले निशुल्क शिक्षा घोषणा गरेपनि सबै विद्यालयहरुलाई पूर्वाधारयुक्त बनाउन नसक्दा धेरैमा समस्या रहेको उनको गुनासो छ । 

 उनले  भने “अहिले विद्यालय र अभिभावकको सहकार्य भएका सामुदायिक विद्यालयहरुमा पठनपाठन राम्रो छ तर सरकारको मात्र भर परेर बसेका विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घटिरहेका छन् । यस विषयमा सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।”


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP