Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
विश्व
  • Home
  • विश्व
  • मध्यपूर्वमा तनाव बढेपछि बाइडेनले इराकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
मध्यपूर्वमा तनाव बढेपछि बाइडेनले इराकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ४, २०८१

एजेन्सी -  इरानले इजरायलमाथि गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गर्ने भएका छन् । 

सन् २०२२ को अक्टोबरमा पदभार ग्रहण गरेपछि सुडानीको पहिलो वासिङ्टन भ्रमण मूलतः जिहादविरोधी गठबन्धनअन्तर्गत इराकमा अमेरिकी सेनाको उपस्थितिमा केन्द्रित हुने अपेक्षा गरिएको थियो । तर इराकको छिमेकी इरानले शनिबार इजरायलमाथि व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि यस क्षेत्रको तनावपूर्ण स्थितिले अब यो बैठकलाई प्रभावित पार्नेछ ।

उत्तरी इराकी शहर एर्बिल नजिकै रहेको अमेरिकी सेनाले इरानले इजरायलमाथि गरेको आक्रमणको प्रतिकार गर्न प्याट्रियट क्षेप्यास्त्रको प्रयोग गरी इरानी ब्यालेस्टिक क्षेप्यास्त्र खसालेको थियो । “यो औपचारिक भ्रमण संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका साथै क्षेत्रीय परिस्थितिको सन्दर्भमा नाजुक र संवेदनशील समयमा भएको छ,” सुडानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Hardik health

ह्वाइट हाउसले गत मार्चमा बाइडेन र सुडानीबीच ‘आइएसआइएसको दीर्घकालीन पराजय र सैन्य अभियानको वृद्धिप्रति आफुहरूको साझा प्रतिबद्धता’ बारे छलफल हुने बताएको थियो । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा प्यालेस्टिनी हमास लडाकुविरुद्ध इजरायलले चलाएको छ महिना लामो युद्धका बीच इराकले क्षेत्रीय तनावबाट टाढा रहने प्रयास गरिरहेको छ ।

इराकमा आ।यस्थल बनाउँदै आएका केही इरानसँग सम्बन्धित सशस्त्र समूहहरूले इजरायलको मुख्य सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्धित सुविधाहरूमा शृङ्खलाबद्ध आक्रमणहरू गरेका छन् । अमेरिका र इरानबीचको शत्रुताबाट विचलित नहुने आशामा इराकले फेब्रुअरीमा जोर्डनमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप इराकी लडाकू नेताको ज्यान जाने गरी गरिएको अमेरिकी ड्रोन आक्रमणको कडा विरोध गरेको थियो ।

तर यसबीचमा वासिङ्टन र बग्दादबीच तनाव कम भएको छ र उनीहरूले अमेरिकी नेतृत्वको गठबन्धनको भविष्यका बारेमा वार्ता पुनः सुरु गरेका छन् । इराकी अधिकारीहरूले अमेरिकी सेनाको उपस्थिति कम गर्न समयसीमा तय गर्ने आशा गरेका छन् ।

सन् २००३ मा इराकमा अमेरिकी नेतृत्वमा भएको आक्रमणले इराकका तत्कालिन शक्तिशाली नेता सद्दाम हुसेनलाई सत्ताच्यूत गरेको थियो र वासिङ्टनले सन् २०११ सम्ममा आफ्ना अधिकांश सैनिक फिर्ता बोलाएको थियो । तर सन् २०१४ मा इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेको इस्लामिक स्टेट (आइएस) चरमपन्थी समूहलाई परास्त गर्ने अभियानअन्तर्गत अमेरिकी सेनालाई पुनः तैनाथ गरिएको थियो ।हालसंयुक्त राज्य अमेरिकासँग इराकमा तैनाथ करिब २५ हजार र छिमेकी सिरियामा ९०० सैनिक छन् । 


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप
दक्षिण युक्रेनमा विद्युत कटौती : रुसी अधिकारीको आरोप आइतबार, माघ ४, २०८२
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आइतबार, माघ ४, २०८२
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
पाकिस्तानको मलमा आगलागी :६ जनाको मृत्यु, २० भन्दा बढी घाइते आइतबार, माघ ४, २०८२
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन 
अमेरिकाद्वारा शान्ति बोर्ड स्थापना, सदस्य राष्ट्रलाई योगदान अनिवार्य : ब्लूमबर्गले प्रतिवेदन  आइतबार, माघ ४, २०८२
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो
फिलिपिन्समा दुर्घटनामा : मृतक सङ्ख्या ३५ पुग्यो आइतबार, माघ ४, २०८२
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन आइतबार, माघ ४, २०८२
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला
इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP