Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • गुरुङले मनाउने ट्होटेँ पर्व के हो ?
गुरुङले मनाउने ट्होटेँ पर्व के हो ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २७, २०८०

गण्डकी- यहाँका गुरुङहरुले आज हर्षबढाइँका साथ ट्होटेँ पर्व मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मङ्गलबार गुरुङ (तमु) समुदायमा यो पर्व मनाइन्छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप ट्होटेँ पर्वको सुरुआत भएको तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङले बताए । 

उनका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिइन्छ । “कबिला कालदेखि नै तमु (गुरुङ)का स-साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ”, अध्यक्ष गुरुङले भने । यो पर्व प्रकृति र संस्कृतिसँग जोडिएको उनको भनाइ छ । यस दिनमा गुरुङहरुले प्रकृति पूजा गर्ने चलन छ । मौलिक सांस्कृतिक पर्वका रुपमा उनीहरुले ट्होटेँलाई मनाउँदै आएका छन् ।

 पूर्खाको इतिहाससँग जोडिएको ट्होटेँ पर्वलाई विसं २०५२ देखि व्यवस्थित रुपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताए । तमुवान क्षेत्रका विभिन्न ठाउँबाट पोखरा झरेका गुरुङहरुले ट्होटेँलाई संरक्षण गरेका हुन् । कास्कीको पोखरासहित र आसपासका जिल्लाका गुरुङ बाहुल्य बस्तीमा यो पर्वलाई हर्षोलासका साथ मनाउने गरिएको अध्यक्ष गुरुङको । चैतमा उभौली र साउन उद्यौलीका रुपमा यो पर्वलाई मनाउने गरिन्छ । 

Hardik health

“तमु धिँ को आयोजनामा पोखरामा बहृत् साँस्कृतिक झाँकीसहित विविध कार्यक्रम गरेर यो पर्व मनाउँदै आएका छौँ”, अध्यक्ष गुरुङले भने, “यो पर्वले सामाजिक एकता र भातृत्वको सन्देश दिन्छ ।” टेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उनको भनाइ छ । “ऐतिहासिक र सांस्कृतिक पक्षबाट हेर्दा यो पर्वको छुट्टै महत्व छ, यसमा गुरुङहरुको पहिचान झल्कन्छ”, अध्यक्ष गुरुङले भने, “दैवी शक्ति र प्रकृति पूजक आदिवासीको सामाजिक एकतामा यस्ता पर्वले थप मद्दत पुर्‍याइरहेको छ ।”

विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा समुदाय जागरुक बनेको उनको भनाइ छ । ट्होटेँ पर्वका दिन गुरुङहरु आफ्ना परम्परागत बाजागाजासहित जातीय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातीले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायतका सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोकका चिजबहादुर गुरुङले पितापूर्खाका पालादेखि ट्होटेँ पर्व मनाउँदै आएको बताए । “यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्ने चलन छ, यसो गर्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ”, उनले भने । गुरुङ समुदायको एकता र सांस्कृतिक पहिचान कायम राख्न पनि यो पर्वले सघाएको उहाँले बताए । 

ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको गुरुङको भनाइ छ । “गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर ट्होटेँ पर्व मनाउन सुरु गरिएको गुरुङ समुदायको इतिहासमा उल्लेख छ”, उनले भने, “पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास छ ।” 

यस्ता चाडपर्वले मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्ने गरेको डढुवा दुर्छा लमजुङ तमु समाज, पोखराका सचिव कृपाकुमार गुरुङले बताए ।“ट्होटेँले सामाजिक एकताको सन्देश दिन्छ, आफ्नो समुदायका मानिसहरु भेला हुने, एकापासमा चिनजान गर्ने मौका पनि मिल्छ”, उनले भने, “यो पर्व गुरुङहरुको पहिचान, संस्कार र संस्कृतिसँग गाँसिएको छ ।” ट्होटेँ पर्वका अवसरमा कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।


प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP