Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव-२०२४ सम्पन्न
लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव-२०२४ सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २६, २०८०

काठमाडाैं -  लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव-२०२४ सम्पन्न भएकाे  छ ।  विश्वशान्ति र सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा लुम्बिनीको प्रवर्द्धनका लागि  लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव-२०२४ सम्पन्न भएकाे  हाे ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चीनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना तथा नेपाल ओभरसिज चाइनिज एसोसिएसन,लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसनसंगको सहआयोेजनामा तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, ग्रीनरोड तथा छांगन अटोमावाइलको सहकार्यमा यही चैत्र २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४ सम्पन्न भएको छ ।

लुम्बिनीलाई विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विश्वव्यापी रूपमा प्रवद्र्धन गर्नुका साथै नेपाल र चीनबीचको जनस्तरको सद्भाव र सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षाका साथ आयोजना गरिएको यस कार्यक्रममा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस, र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा प्रमुख कार्यक्रमहरू समावेश रहेका थिए । जस अन्र्तगत चैत्र २३ गते साँझ ‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’ को उपलक्ष्यमा सम्वाद कार्यक्रम तथा २४ गते बिहान ७ बजे लुम्बिनी पवित्र उद्यानमा सयजना भिक्षु, भिक्षुणी र अन्य करिब ४ सय सहभागीहरुसंग अन्तर्राष्ट्रिय ध्यान दिवस आयोजना गरिएको थियो भने २५ गते सांझ विश्व शान्ति र सद्भावको लागि आह्वान गर्दै पीस कन्सर्ट आयोजना गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ४२ किलोमीटर बढीको म्याराथन, महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड र पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्र छात्राको लागि तीन किलोमिटरको वाकाथन पनि प्रतियोगितामा समावेश गरिएको थियो । पीस कन्सर्टमा नेपाली गायिका आनी छोयिङ डोल्मा सहित चिनियाँ कलाकारको प्रस्तुती पीस कन्सर्टमा विश्वप्रसिद्ध नेपाली गायिका आनी छोयिङ डोल्माले बौद्ध भजन र भजन सहित आफ्ना १० वटा लोकप्रिय गीतहरू प्रस्तुत गरेकी थइन भने प्रसिद्ध चिनियाँ लोक गायिका वुलान तुयाले आफ्ना लोकप्रिय गीतहरू “हाई अन द ग्रासल्याण्ड लुकिंग एट बेइजिङ“ र “हर्स हार्नेसिङ“ प्रस्तुत गरेकी थिइन ।

Hardik health

प्रसिद्ध गुकिन वाद्यबाधक लु निङले प्राचिन चिनीयाँ बाद्यवाधन गुकिनबाट संगीत प्रस्तुत गरेकी थिइन भने यस्तै सो अवसरमा नेपाली कलाकार मनोज सिंह, ग्रामी मनोनीत, गोपाल रसाइलीले, सञ्जय श्रेष्ठ र प्रिन्स नेपालीले प्रस्तुति दिएका थिए । यस्तै लुम्बिनीका कलाकारहरूले नेपालको तराईको समृद्ध संस्कृति झल्काउने “बिरहा“ र “ढेलुवा“ नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालका लागि महामहिम राजदूत चेन सोङ चिनियाँ दूतावास, लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्य, नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे–थापाले लुम्बिनीले विश्व शान्ति र विकासका लागि खेल्न सक्ने भूमिका धारणा राख्नु भएको थियो । ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ को चैत्र २३ गते उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।

अन्तरराष्ट्रिय म्याराथनमा पुरुषतर्फको म्याराथन उपाधि बाग्लुङका तिर्थ पुनलाई महोत्सवमा लुम्बिनी अन्तरराष्ट्रिय म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथन उपाधि बाग्लुङका तिर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरे । उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै उक्त दुरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो भए । उनले नगद ३ लाखसहित मेडल र प्रमाण पत्र पाएका थिए ।

उनलाई पछ्याउँदै कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तृतीय स्थान प्राप्त गरे । उनले २ लाख रुपैयाँ पाए । प्रतियोगितामा अनिस थापा चौथो, किरण बोगटी पाँचौं, सुशीलकुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरेले दसौं स्थान हासिल गरे । चौथो देखि १० औंसम्म आउनेले क्रमश १ लाख, ८० हजार, ६० हजार, ४०हजार, २० हजार, १०हजार र ५ हजार रुपैयाँ प्राप्त गरे । म्याराथन अन्तर्गत महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।

धावीका श्रेष्ठले निर्धारित २१ दशमलब १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी हुन । त्यस्तै, नेपाली सेनाको पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान ओगटिन् । उनलाई पछ्याउंदै एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दुरी पार गर्न सफल भइन् । योसंगै उनले तेस्रो स्थान पक्का गरिन । विजेता श्रेष्ठले २ लाख, न्यौपनेले १ लाख ६० हजार तथा भण्डारीले १ लाख २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रा तर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुन्ना द्वितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ आशिष कुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्वितीय र उमेश बराईले प्रथम स्थान ओगट्न सफल भए । साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कलबहादुर पाल द्वितीय र गणेश सिंह राउत तृतीय भए । ५ किलोमिटर दौडको महिला तर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्वितीय र निर्मला केसी तृतीय भएका थिए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ट्ठ जनही १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, चिनियाँ राजदूत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने र प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले पुरस्कार प्रदान गरेका थिए ।


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
नेपालीलाई श्रीलंकाको निःशुल्क पर्यटक भिसा सुविधा
नेपालीलाई श्रीलंकाको निःशुल्क पर्यटक भिसा सुविधा बुधबार, जेठ १३, २०८३
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा  १७६ सगरमाथा आरोहीलाई सम्मान
‘एभरेष्ट समिटर्स समिट–२०२६’मा १७६ सगरमाथा आरोहीलाई सम्मान बुधबार, जेठ १३, २०८३
जलजलामा हिमाल र बादलको लुकामारी
जलजलामा हिमाल र बादलको लुकामारी बुधबार, जेठ १३, २०८३
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै मंगलबार, जेठ १२, २०८३
दिगो पर्यटन प्रवर्द्धन गर्न पाँच वर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार
दिगो पर्यटन प्रवर्द्धन गर्न पाँच वर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार मंगलबार, जेठ १२, २०८३
पर्यटकको रोजाइमा कोशी टप्पु
पर्यटकको रोजाइमा कोशी टप्पु सोमबार, जेठ ११, २०८३
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP