Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रविमाथि प्रहार, गैरवामपन्थी सरकार !
कांग्रेस मिसन रविमाथि प्रहार, गैरवामपन्थी सरकार !
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, चैत २५, २०८०
फाइल तस्बिर

अहिलेको संसद्मा कम्युनिस्टहरू १२२ जना सांसद हुनुहुन्छ । तर, नेकपा एकीकृत समाजवादी पनि कम्युनिस्टसँग सन्तुष्ट छैन । यसले गर्दा ११३ जनामात्र कम्युनिस्ट सांसद हुँदा गैरकम्युनिस्टको पनि सरकार बन्न सक्छ भनेर बहस भएको छ ।
एनपी साउद
नेता, नेपाली कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सहकार्यबाट पाखा लगाइदिएपछि कांग्रेसको निरन्तर प्रहार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छ । संसद् बैठकमा होस् या सडकमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्ध कांग्रेस क्रुद्ध छ । संसद्बाटै प्रधानमन्त्रीले जवाफ दिए पनि कांग्रेसको चित्त बुझेको छैन । 

संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार प्रधानमन्त्रीले सबै झूठ बोलेकाले चित्त नबुझेको हो । ‘गृहमन्त्री सहकारी ठगी प्रकरणमा जोडिएका प्रमाणहरू असरल्ल छन् । पोखरामा उजुरी नै परेको छ तर प्रधानमन्त्रीले जसरी झूठा कुरा गरेर ढाकछोप गर्नुभयो, यस्तो जवाफ हाम्रा लागि चित्त बुझ्ने कुरै भएन,’ खतिवडाले प्रभावसँग भने । 

गृहमन्त्री लामिछानेले भने खतिवडाकै समितिमा गएर लागेका आरोपको जवाफ दिएका छन् । उनले सहकारीपीडितहरूलाई सँगै राखेर कांग्रेस महामन्त्री गगन थापाको चुनाव क्षेत्र काठमाडौं–४ मा खुला बहस गर्न तयार रहेको भनेर चुनौती दिइसकेका छन् । कांग्रेसले भने संसदीय समितिमा बहसका लागि तयार रहेको जवाफ फर्काएको छ । लामिछानेमाथि दबाब बढाइरहेको छ ।

यसले कांग्रेसलाई दुईवटा फाइदा हुने विश्लेषकहरु बताउँछन् । पहिलो, कांग्रेसको मागअनुसार संसदीय समिति गठन भए गृहमन्त्री पदबाट लामिछानेले राजीनामा दिनुपर्छ । यसबाट कांग्रेसले राजनीतिक लाभांशमात्र प्राप्त गर्दैन, रास्वपा सरकारबाट बाहिरिने विकल्पहरू पनि खुला हुने छन् । दोस्रो, लामिछाने स्वयं कांग्रेससँग समझदारी गर्ने परिस्थितिमा पुग्न सक्छन् जसले गठबन्धनबाट निस्कने बाटो खुला हुने छ । यी दुवै परिस्थिति बने एमाले र माओवादी केन्द्रको सरकार ढल्ने छ ।

कांग्रेसको मूल ध्येय नै सरकार ढाल्ने हो । प्रधानमन्त्री दाहालले २१ फागुनमा गठबन्धन टुटाएपछि कांग्रेस नेताहरूले ३० दिनमै सरकार ढाल्ने चेतावनी दिएका थिए । तर, दाहाल सरकार ढलेन । सत्तासीन दलका नेताहरूको भनाइमा कांग्रेस गृहमन्त्री लामिछानेमाथि निरन्तर प्रहार गर्ने र सरकार ढाल्ने ‘मिसन’मा छ ।  

सरकार ढलेको अवस्थामा कांग्रेसका लागि तीनवटा विकल्प आउने छन् । एक, गैरवामपन्थीको सरकार बनाउन बाटो खुला हुन्छ । अर्को एमालेसँग सहकार्य गर्ने परिस्थिति पनि बन्न सक्छ । तेस्रो, माओवादी केन्द्रलाई फेरि प्रयोग गर्न सक्ने छ । 
डा. विष्णु दाहाल
राजनीतिक विश्लेषक

यदि, सरकार ढलेको अवस्थामा कांग्रेसका लागि तीनवटा विकल्प आउने राजनीतिक विश्लेषक डा. विष्णु दाहाल बताउँछन् । एक, गैरवामपन्थीको सरकार बनाउन बाटो खुला हुन्छ । अर्को एमालेसँग सहकार्य गर्ने परिस्थिति पनि बन्न सक्छ । तेस्रो, माओवादी केन्द्रलाई फेरि प्रयोग गर्न सक्ने छ । यी तीनवटै विकल्प खुला हुँदा राजनीतिक फाइदा भने कांग्रेसले प्राप्त गर्ने छ । त्यतिबेला माओवादी र रास्वपाको राजनीतिक छविमा ह्रास हुने दाहालको विश्लेषण छ । त्यसैले, कांग्रेस अहिले एकैपटक दुईवटा गोटी चालिरहेको छ ।

उसो त राजनीतिक वृत्तमा चलेको चर्चालाई आधार मान्दा भारतले त्यहाँ लोकसभा चुनाव सकिएलगत्तै सरकार परिवर्तनमा चलखेल गर्न सक्ने सम्भावना छ । कारण, अहिलेको एमाले–माओवादीसहितको गठबन्धन भारतको चाहनाविपरीतको हो । उसले वर्तमान गठबन्धनलाई चीनसँग जोडेर हेर्दै आएको छ । यसले गर्दा असन्तुष्ट भारतीय संस्थापन पक्षले नेपालमा कांग्रेस नेतृत्वमा गैरकम्युनिस्ट सरकार बनाउन लागिपरेको विषय चर्चामा छ । 

२१ सिटे लामिछाने नेतृत्वको दल रास्वपा पनि गैरकम्युनिस्ट हो । त्यही भएर कांग्रेसले लामिछानेमाथि निरन्तर प्रहार गरेर अन्ततः झुकाएर आफ्नो कित्तामा उभ्याउन चाहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । संसद्मा कांग्रेस र रास्वपाबाहेक राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि गैरकम्युनिस्ट दल हुन् । 

रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि गैरकम्युनिस्ट हो । अहिले कांग्रेसले उक्त दलका संरक्षक रेशमलाल चौधरीमार्फत उन्मुक्तिलाई गठबन्धनबाट अलग गर्ने अधिकतम प्रयास गरिरहेको छ । जसले गर्दा कतै उन्मुक्ति पार्टी नै विभाजन त हुने होइन ? संशय पैदा भएको छ । यदि, गैरकम्युनिस्ट पार्टी उन्मुक्ति पनि कांग्रेस कित्तामा पुगे देशमा गैरवामपन्थी सरकार गठन हुने छ । यसैमा कांग्रेसले जोडबल गरिरहेको छ ।

कांग्रेस नेता खतिवडाले त बूढानीलकण्ठ–बालकोटबीच खासै दूरी नभएको भन्दै कांग्रेस–एमाले सहकार्यको सम्भावना पनि औंल्याए । २०७२ सालमा संविधान जारी भएको बेला तत्कालीन संविधानसभाको दुई ठूला दल कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको थियो । फागुनको अन्तिम साता एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘आउनुहोस्, कुरा गरौं । कुरै नचल्ने त हुँदैन होला’ भनेका थिए । हाँसेर टाउको हल्लाएर हुन्छ भन्ने भाव देउवाले प्रकट गरेका थिए । यसकारण पनि अहिले गृहमन्त्री लामिछानेमाथि प्रहार गरेर अन्ततः सत्ता गठबन्धन ढलेको अवस्थामा कांग्रेस–एमाले सहकार्यको सम्भावनाबारे पनि चर्चा भइरहेको हो ।

तर, कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश (एनपी) साउद आन्तरिक रुपमा वामपन्थभन्दा गैरवापमन्थी संसद्मा बहुमत भएकाले एकपटक छलफल गर्दा हुने भनेर बहस चलाउन सकिने बताउँछन् । ‘अहिलेको संसद्मा कम्युनिस्टहरू १२२ जना सांसद हुनुहुन्छ । तर, नेकपा एकीकृत समाजवादी पनि कम्युनिस्टसँग सन्तुष्ट छैन । यसले गर्दा ११३ जना मात्र कम्युनिस्ट सांसद हुँदा गैरकम्युनिस्टको पनि सरकार बन्न सक्छ भनेर बहस भएको छ । सम्भावना भएको कुराबारे बहस छलफल हुनु स्वाभाविक हो,’ साउदले भने । 

यदि संसद्मा भएका गैरकम्युनिस्टहरू एक हुने अवस्था आएमा भने सरकार बन्न सक्ने गणित छ । संसद्मा सरकार बन्न १३८ सांसद चाहिन्छ । यसभन्दा बढी सांसद गैरकम्युनिस्ट दलहरूका छन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरुमध्ये गैरकम्युनिस्टमा कांग्रेस ठूलो दल हो । कांग्रेसका ८८ सांसद छन् । त्यसपछि रास्वपाको २१ सिट छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जसपाका १२, जनमतका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार र नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन् । दुई सांसद स्वतन्त्र छन् । यसरी संसद्मा गैरकम्युनिस्ट सांसद संख्या १५१ पुग्छ ।

कम्युनिस्टमा नेकपा एमालेका ७८, माओेवादी केन्द्रका ३२, एकीकृत समाजवादीका १० तथा जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का एक–एक गरी १२२ सांसद छन् । नेमकिपा सदाबहार प्रतिपक्षमा रहने दल हो । जनमोर्चाले अवस्था हेरेर सरकारलाई समर्थन दिने र नदिने गर्दै आएको छ । वामपन्थी सरकारलाई समर्थन गर्ने गरेको जनमोर्चा यसपटक भने तटस्थ बसेको छ । 

तर, कांग्रेसले पहल गर्नेबित्तिकै गैरकम्युनिस्ट एक ठाउँमा जम्मा हुने अवस्था पनि छैन । जसपा सधैं वामपन्थीसँग नजिक हुँदै आएको छ । यसले गर्दा गैरवामपन्थी सरकार गठन पनि त्यति सहज भने देखिँदैन ।


 


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP