Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #शेरबहादुर देउवा
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकताः राष्ट्रपति
प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकताः राष्ट्रपति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २३, २०८०

दमौली -  राष्ट्रपति रामचन्द्र पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसको आज आयोजित १६औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले परम्परागत शिक्षाको ढाँचा परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

 उनले भने, “परम्परागत रुपमा प्रदान गरिएको शिक्षाको ढाँचालाई परिवर्तन गरी प्राविधिक र व्यावसायिक नागरिक उत्पादन गर्ने शिक्षाको खाँचो छ । त्यसतर्फ सरकारले नीति बनाउनुपर्छ ।” राष्ट्रपति पौडेलले जनज्योति क्याम्पसले भिमादको मात्रै नभई आसपासका छिमेकी जिल्लाका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षा प्रदान गरेकामा खुसी व्यक्त गरे । अस्थिर राजनीतिले देश विकासमा बाधा पुगेको बताउँदै राष्ट्रपति पौडेलले राजनीतिलाई स्थिर बनाएर देश विकासमा जुट्न दलहरुलाई आग्रह गरे । राष्ट्रपति पौडेलले मुलुकको विकासका लागि सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेको चर्चा गर्दै भने, “मैले सबै दलहरुलाई भनेको छु, विकासका लागि एकजुट हुनुस्, अस्थिर राजनीतिले देश विकासमा बाधा पुग्यो ।”

राष्ट्रपति पौडेलले वर्तमान संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पारे  । उनले भने, “मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बचाउन म निष्ठापूर्वक लागिरहने तपाईहरुसँग कवुल गर्दछु ।” उनले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गरे । उनले भने “जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र हरेक नेपालीलाई एकपटक नआई नहुने खालको भानु साहित्य उद्यान बनाउनुछ ।”

Hardik health

राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डका रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले त्यसको लागि राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकुल शिक्षा नीति जरुरी छ भने । संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता नै आजको आवश्यकता हो भन्दै उनले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी हो जसले भौतिक विकास, संस्कार र सभ्यता निर्माणको जग बसाल्छ भने । 

सामाजिक अगुवा एवं शिक्षानुरागीहरूको अथक प्रयासमा डेढ दशकअघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपतिले तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गरे । 

राष्ट्रपति पौडेलले जिल्लाको विकास निर्माणका लागि आफूले निरन्तर खबरदारी गर्दै आएको बताए  । पौडेलले भने, “एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना, बुद्धसिंह मार्गलगायतमा राम्रो काम हुँदैछ । त्यसलाई समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।”  कार्यक्रममा प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले विकासका सवालमा राजनीति गर्न नहुने बताउँदै राजनीतिक दलबीच सहमति र सहकार्यको आवश्यकता औंल्याए 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष जितप्रकाश आलेले क्याम्पसले समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताए । क्याम्पस प्रमुख केशवराज काफ्लेका अनुसार क्याम्पसमा तीन सय विद्यार्थी अध्ययनरत छन् । यहाँ भिमादका अलवा आसपासका पालिका र जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गर्दछन् । विद्यालय भवन रु एक करोड १८ लाख लागतमा निर्माण गरिएको हो  ।


प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खाना
विद्यार्थीलाई ३० रुपैयाँमा खाना बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP