Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रदेश सत्ता हत्याउने होड
प्रदेश सत्ता हत्याउने होड
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, चैत २२, २०८०

काठमाडौं– केन्द्रीय सत्ता गठबन्धनमा भएको परिवर्तनअनुसार प्रदेश सरकारहरूको नेतृत्व फेरदबल हुँदै छन् । गठबन्धनका नेताहरूबीच मंगलबार भएको समझदारीपछि बुधबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिए ।

पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । गत २३ फागुनमा माओवादीले समर्थन फिर्ता लिएको थियो । त्यसपछि मुख्यमन्त्री पाण्डे अल्पमतमा परेका थिए । बहुमत सिद्ध गर्न बुधबार विश्वासको मत लिनुपर्ने अवस्था थियो । तर, पाण्डेले विश्वास प्राप्त गर्न नसक्ने देखेपछि राजीनामा दिएका हुन् । 

गण्डकीमा सरकार गठनका लागि निर्णायक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बनेको छ । तर, सत्ता केन्द्रित राजनीतिमा सहयोग नगर्ने अध्यक्ष राजेन्द्र लिङदेनले बताइसकेका छन् । यसले अप्ठेरोमा परेपछि पाण्डेले राजीनामा दिएका हुन् ।

उनले राजीनामापछि पत्रकारहरूसँग फेरि पनि कांग्रेसको नेतृत्वमै सरकार गठन हुने दाबी गरेका छन् । उनका अनुसार जसले सक्छ, उसैले सरकार गठन गर्नेछ । उनी संविधानको धारा १६८ को उपधारा (२) अनुसार यसअघि मुख्यमन्त्री भएका कारण अब उपधारा (३) अनुसार सरकार गठन हुने तर्क अघि सारेका छन् । उपधारा (३) अनुसार ठूलो दलको हैसियतामा कांग्रेसले नै गण्डकी सरकारको नेतृत्व गर्ने अवसर पाउने थियो । 

तर, प्रदेश प्रमुख भट्टले भने सरकार गठनको आह्वान उपधारा (२) अनुसार नै गरेका छन् । उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न सात दिनको समय (२७ चैतसम्म) दिइएको छ । उक्त दिन दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित आठ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन । दुई सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिँदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ ।
साठी सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक पूर्वाधारमन्त्री बनाएका थिए । 

अब यहाँ गठबन्धन दलहरूबीच भएको सहमतिका आधारमा एमालेबाट मुख्यमन्त्री हुने छन् । तर, सरकार गठनका लागि निकै सकस छ । बरू, कांग्रेसले सरकार गठन गर्न सक्ने सम्भावना बढी छ । किनभने राप्रपाले कांग्रेससँग सहकार्य गर्न खोजेको छ । राप्रपाको समर्थनमात्रै भए पाण्डेले फेरि सरकार गठन गर्ने छन् । 

कर्णालीमा एमालेलाई बाटो खुला
कर्णालीमा पनि अब एमालेले नै सरकार गठन गर्दै छ । एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री बन्दै छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्रीका लागि प्रदेशसभामा झारेका थिए । त्यसबेला वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, नेता शेरधन राई र भीमप्रसाद आचार्य मुख्यमन्त्री भए । कँडेल भने मुख्यमन्त्री हुन प्रयासमा रहे । तर, उनी सफल भएनन् । 

मंगलबार गठबन्धनका नेताहरूबीच भएको सहमतिको आधारमा भने उनी मुख्यमन्त्री हुने छन् । कर्णालीका सबैभन्दा सिनियर नेता भएकाले पनि कँडेलले २०७४ को आमचुनावमा संघमा नलडेर प्रदेशसभा ताकेका थिए । माओवादीसँगको गठबन्धनको बलमा एमालेले कर्णाली प्रदेशका ४० सिटमध्ये २० सिटमा जित पनि हात पा¥यो । एमाले संसदीय दलका नेता निर्वाचित भए पनि कँडेल मुख्यमन्त्री हुन पाएनन् । प्रदेश बाँडफाँटमा कर्णाली माओवादीको भागमा प¥यो । अन्ततः त्यसबेला मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाही बने ।

त्यसयता मुख्यमन्त्री हुन पटक–पटक प्रयास गरेका कँडेलका लागि २०८० सालको अन्तिम महिना शुभ भयो, जसको सुरुआत २१ फागुनमा संघीय सरकारमा एकाएक भएको सत्ता गठबन्धन परिवर्तन थियो । पटक–पटक मुख्यमन्त्री पद कँडेलको मुखमा पुगेर फुत्किएको छ । तर, योपटक प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली दुवै कँडेललाई मुख्यमन्त्री बनाउन तयार भए । उनी अब यसपटक मुख्यमन्त्री बन्ने छन् । 

प्रदेशप्रमुख तिलक परियारले सात दिनको समय दिएर नयाँ सरकार गठन गर्न बुधबार आह्वान गरेका छन् । मुख्यमन्त्री शर्माले राजीनामा दिएपछि प्रदेशप्रमुख परियारले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । तर, अहिले कामचलाउ सरकारको जिम्मेवारी भने शर्मालाई नै दिइएको छ । उनले यसअघि राजीनामा दिन मानेका थिएनन् । बरू, पार्टीका उपमहासचिव जनार्दन शर्माको आडमा उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्न दिएको निर्देशनलाई अवज्ञा गरेका थिए । तर, उनको सीप चलेन । अन्ततः एमालेका कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । यहाँ सरकार गठनका लागि स्पष्ट बहुमत छ ।

सुदूरपश्चिमका शाह विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भने आज विश्वासको मत लिँदै छन् । शाहल विश्वासको मत जुटाउने निकै चुनौती हुने देखिन्छ । कांग्रेसबाट मुख्यमन्त्री भएका उनी अल्पमतमा छन् । विश्वासको मत लिनुपर्ने बाध्यकारी अवस्थामा छन् । जसकारण उनले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत नल्याए उनको सरकार ढल्ने छ । माओवादी, नेकपा एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति पार्टीले गरेको समर्थन फिर्तापछि शाहले विश्वासको मत लिने भएका हुन्,’ उनले भने, ‘विश्वासको मत दिनुहोला । सरकार टिकाउँ, जनतालाई स्थितरता दिऔं ।’

उनले विश्वासको मत पाउने सम्भावना न्यून छ । सुदूरपश्चिमबाट नागरिक उन्मुक्तिबाट मन्त्री भएका पाँच प्रदेशसभा सदस्यले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई समर्थन गरिरहेका छन् । नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिए पनि उनीहरुले मानेका छैनन् ।बुधबार अध्यक्ष श्रेष्ठले ह्विप जारी गर्दै मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रदेशसभामा गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन् । तर, उक्त दलका प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक खुसीराम डंगोरा थारुले छुट्टै ह्विप जारी गर्दै विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् । 

 


प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
राप्रपाले संसद बैठक भत्ता नलिने निर्णय
राप्रपाले संसद बैठक भत्ता नलिने निर्णय सोमबार, असार २, २०८२
स्थिर सरकारका लागि निर्वाचन प्रणाली परिवर्तनमा जोड 
स्थिर सरकारका लागि निर्वाचन प्रणाली परिवर्तनमा जोड  आइतबार, असार १, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने शुक्रबार, जेठ ३०, २०८२
सत्तारुढ र माओवादीबीच दुई बुँदे सहमति
सत्तारुढ र माओवादीबीच दुई बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
नेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
नेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित शुक्रबार, जेठ ३०, २०८२
संसदको अवरोध हटाउन तीन ठूला पार्टीको  बैठक बस्ने तयारी
संसदको अवरोध हटाउन तीन ठूला पार्टीको बैठक बस्ने तयारी बिहीबार, जेठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने बिहीबार, जेठ २९, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP