Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • चतराधाममा यही चैत २७ देखि महाकुम्भ हुँदै
चतराधाममा यही चैत २७ देखि महाकुम्भ हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २१, २०८०

काठमाडौं -  बराह क्षेत्र नगरपालिका–१, चतराधाम सुनसरीमा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म एक महिना ‘बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला हुने भएको छ ।प्रधानमन्त्री कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका रुपमा विश्वमा परिचित गराउने उद्देश्यले बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गर्न लागिएको जानकारी दिए  । 
     
उनले सप्तकोशीको किनारमा रहेको चतराधाम धार्मिक र आध्यात्मिक दृष्टिकोणले समेत उत्कृष्ट पवित्रस्थल रहेको चर्चा गर्दै यहाँ आयोजित उक्त मेलामा सहभागी भई स्नान गरेमा सबैले पुण्य प्राप्त गर्ने धारणा राखे । यो महाकुम्भ मेला नेपालको धार्मिक पर्यटकको आकर्षणको केन्द्रविन्दु समेत हुने गरेकाले यसबाट नेपालको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी बढीभन्दा बढी स्वदेशी तथा विदेशी धार्मिक पर्यटक एवं तीर्थालु भित्र्याउन नेपालले विशेष अभियान नै सञ्चालन गर्न सक्ने जगत्गुरु देवाचार्यको भनाई थियो । 

महाकुम्भ मेलामा नेपाल, भारत, बङ्गलादेशसहित १० देशबाट एक करोडभन्दा बढी भक्तजन आउने विश्वास गरिएको गुरु देवाचार्यले जानकारी दिनुभयो । भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ ।

बराह क्षेत्रमा विसं २०५९ देखि जगत्गुरु देवाचार्यको पहलमा महाकुम्भको आयोजना हुन थालेको हो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेलाको आयोजना गर्ने गरिएको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको छ । 

Hardik health

जगत्गुरु देवाचार्य पौराणिक व्यवस्था तथा मान्यतामा चताराधाम नै महाकुम्भको आयोजना गर्नुपर्ने स्थानका रुपमा उल्लेख रहेको व्याख्या गरे । आफूले वैदिक सनातन धर्मग्रन्थहरुको अध्ययनबाट चताराधाम नै महाकुम्भको आयोजना गर्ने उचित स्थानका रुपमा पाएर यहाँ यो मेलाको आयोजना गर्न लगाएको दाबी गरे । यो महाकुम्भ नेपालमा आयोजना हुने एक उत्कृष्ट एवं पवित्र अनुष्ठान भएकाले यसमा सहभागी भएर धार्मिक एवं अध्यात्मिक लाभ लिन पनि जगतगुरु देवाचार्यले सबै नेपालीलाई आह्वान गरे  ।

प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा महाकुम्भ मेला तयारी समिति गठन गरिएको थियो । सचिव पोखरेलले चतराधाममा हुन गइरहको महाकुम्भ मेला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण रहेको बताए ।  उक्त क्षेत्र धार्मिक पर्यटनका लागि निकै महत्वपूर्ण स्थान रहेको र मेलामा आवतजावतका लागि भक्तजनलाई शान्तिसुरक्षा एवं आवश्यक अन्य व्यवस्थापन गरिसकिएको जानकारी सचिव पोखरेलले दिए  । 

‘मेरो देशको तीर्थ, मेरो देशको सान: सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने नाराका साथ उक्त बाह्रवर्षे महाकुम्भ मेलाको आयोजना गरिएको हो । यस मेलाका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको पनि उनलेजानकारी दिए  ।


प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP