Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिनिधिसभाः हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग
प्रतिनिधिसभाः हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २१, २०८०

काठमाडौं -  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद मनिष झाले तराई-मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडक विकृत संस्कृतिका रुपमा विकास भइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती लैजाने गतिविधिले सामाजिक रुपमा आर्थिक दायित्व बढ्नुका साथै गाउँ बस्तीमा हेलिकप्टरको हावाले घरहरुमा क्षति पुर्‍याउने गरेको बताए । 

उनले विवाहका नाममा हल्दी, मेहन्दीजस्ता गतिविधिले दुलहीको माइतीमा आर्थिक दायित्व बढ्ने गरेको, गाउँबस्तीमा हेलिप्याड पनि नहुने भएकाले उडान सुरक्षामा समेत चुनौती थपिएकाले यसप्रकारका गतिविधिलाई तत्काल रोक्न आग्रह गरे ।

किसानलाई समयमै दूधको भुक्तानी दिइयोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरुले लामो समयदेखि दूधको मूल्य नपाइरहेको भन्दै उनीहरुलाई समयमै भुक्तानी गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

Hardik health

उनका अनुसार देशभरीका दूध उत्पादक किसानको रु पाँच अर्ब भुक्तानी गर्नुपर्ने र मकवानपुरका किसानलाई मात्रै रु ६० करोडभन्दा बढी भुक्तानी गर्नुपर्ने दायित्व रहेको बताए । उनले खेतिपातीको सिजन सुरु भइसकेकाले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद माधव सापकोटाले अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडकखण्डको यात्रा कष्टकर रहेको र बर्खामा त झनै कष्टकर हुने भन्दै सडक मर्मत अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । साथै उनले सरकारले दूध उत्पादन किसानलाई चाँडो भुक्तानी गर्न माग गरे । 

सांसद विमला सुवेदीले वीर अस्पतालको उपचार सेवा चुस्त र प्रभावकारी बनाउन माग गरे । गरिब र निमुखा जनताको उपचार गर्ने अस्पतालका रुपमा स्थापित वीर अस्पतालमा बिरामीले शय्या नपाएर उपचारमा सास्ती बोहर्नुपरेको, आकस्मिक कोठा गोदाममा बदलिएको तथा जनशक्तिको अभावका कारण सघन र अतिसघन कोठको क्षमता घटाएको पाइएको भन्दै नागरिकको उपचारलाई सहज र सुलभ बनाउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद बुद्धिमान तामाङले काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य सडक खण्ड नागढुङ्गा–नौबीसे सडकखण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भइरहेको सडक बिस्तार अव्यवस्थित भएको बताए । उनले सो क्षेत्र आसपासका नागरिकको जनजीवन कष्टकर बनिरहेको भन्दै सडक बिस्तार चाँडो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद भीमप्रसाद आचार्यले हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी–२ का रविन खड्का, बहारक्षेत्र–५ का भीमबहादुर बिष्ट, रामधुनी–७ लगायत अन्य जिल्लाका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको माग गरे। उनले हात्तीको आक्रमणबाट जोगाउन प्रभावकारी उपाय अपनाउन पनि सरकारको ध्यानाकर्षण गराए । 

सांसद मानवीर राईले सोलुखुम्बु जिल्लामा विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ भइरहेको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना तामाङले भूमि आयोगको पुनःगठन कहिले हुन्छ भनी प्रश्न गर्दै अव्यवस्थित सुकुम्बासी र मोही किसानले जमिनमाथिको भोकाधिकार गर्न पाउने अधिकारको सुनिश्चित गर्न माग गर्नुभयो ।

सांसद मुक्ताकुमारी यादवले परीक्षार्थीले नतिजा कुरिरहेका बेला उत्तरपुस्तिका हराएकाले पुनःपरीक्षा पुनःदिनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयको निर्देशन विद्यार्थीको भविष्यमाथिको खेलबाड हो भन्दै जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरे । 

सांसद मेटमणि चौधरीले घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक सात सयदेखि आठ सय बिरामीको उपचार भइरहेको तर, स्वास्थ्य बीमा बोर्डले गत साउनदेखिको रु १० करोड ५० लाख भुक्तानी नगरेकाले प्रतिष्ठान बन्द हुने अवस्था रहेको भन्दै समस्या समाधानका लागि आग्रह गर्नुभयो । उनले प्रतिष्ठानको भौतिक संरचनासम्बन्धी रु चार अर्ब ५० करोडको गुरुयोजना रोकिएको भन्दै उक्त समस्या तत्काल सम्बोधन गर्न पनि माग गरे 

सांसद मेनकाकुमारी पोखरेलले किसानले रासायनिक मलको अभावले खेती गर्न नपाइरहेको भन्दै समयमै मल र बिउको व्यवस्था गर्न सरकार समक्ष माग गरे । सांसद मैना कार्कीले जाजरकोट भूकम्पपीडितले अझै पनि राहत र क्षतिपूर्ति नपाएको भन्दै उनीहरुलाई अस्थायी आवास र राहतको प्रवन्ध गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

सांसद योगेन्द्र मण्डलले मोरङको रङ्गेली हुलाक सडक अलपत्र अवस्थामा रहेको र स्थानीयले निकै सास्ती बेहोरिरहेको भन्दै उक्त सडक चाँडो निर्माण गर्न माग गरे । सांसद रघुजी पन्तले काठमाडौँको जुद्धोदय स्कुलको जीर्ण भवनको पुनःनिर्माण गर्न, जग्गाको संरक्षण र दुरुपयोग भएको सम्पत्तिको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए  ।

सांसद रणकुमारी बलम्पाकी मगरले देशमा बढ्दो लैङ्गिक विभेद र सामाजिक हिंसाका घटना बढिरहेको, सामाजिक र साइबर अपराधलगायतका घटनाले देशमा दण्डहीनता मौलाएको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रणेन्द्र बरालीले काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर वैकल्पिक ऊर्जा उत्पादनमा ठूलो सफलता हासिल गरेको भन्दै उक्त परियोजनालाई आवश्यक लगानी र थप विज्ञको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

सांसद रञ्जुकुमारी झाले बालबालिकमा अटिजम (बालबालिकामा देखिने फरक किसिमको व्यवहार) को प्रकोप बढेको भन्दै यसको जोखिम नियन्त्रण गर्न सचेतना अभिवृद्धि गर्न माग गरे । सांसद राजेन्द्र बजगाईले सहकारी ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरे  ।  सांसद रामहरि खतिवडाले गृहमन्त्रालयमा पिएसओको आतंक बढिरहेको भन्दै उनीहरुको वृत्तिविकास पारदर्शी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु राजु थापा, राजेन्द्रकुमार केसी, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशंकर  यादव, रुक्मणी राना बराईली, रुपा बिक, रुपा सोशी (चौधरी), रेखा यादव, रोसन कार्की, लालप्रसाद साँवा लिम्बु, लिलादेवी बोखिम (लिम्बु) लगायतले जनसरोकारका विषयमा सदनको ध्यानाकर्षण गराएका थिए ।


प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP