Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रदेशदेखि संघीय सरकार जोगाउन माधव नेपाल निर्णायक
प्रदेशदेखि संघीय सरकार जोगाउन माधव नेपाल निर्णायक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १९, २०८०
  • सात प्रदेशमध्ये एकमा मुख्यमन्त्री नदिए बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने एकीकृत समाजवादीको चेतावनी
  • बागमतीमा जम्कट्टेललाई जसरी पनि विश्वासको मत पाउनबाट रोकेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको तयारी
  • माओवादी नेतृत्वको बागमती सरकार ढले दाहाल नेतृत्वको संघीय सरकार पनि धरापमा पर्ने

काठमाडौं– नयाँ गठबन्धनअनुसार प्रदेश सरकार पुनर्गठन अझै हुन सकेको छैन । नेपाली कांग्रेसका मुख्यमन्त्री रहेका प्रदेशमा नयाँ समीकरणअनुसार सरकार पुनर्गठन हुन नसकेपछि सत्तारुढ दल सहमतिको प्रयासमा जुटेको छ । प्रदेश सरकार पुनर्गठनमा नेकपा एकीकृत समाजवादी निर्णायक शक्तिका रुपमा देखिएकाले उसले आफ्नो ‘बार्गेनिङ’ बढाउँदै लगेको छ ।

प्रदेश सरकारमा भागबण्डा मिलाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमतीको मुख्यमन्त्री मागेपछि आइतबार बसेको गठबन्धनको बैठक निर्णयविनै टुंगियो । आज सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन् । नेपाली कांग्रेसले सत्ता छाडेर समर्थन फिर्ता लिएपछि जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । 

गठबन्धनमा भागबण्डाको सहमति नजुटेकोले माओवादीका नेता जम्कट्टेललाई समाजवादीले मत नदिने चेतावनी दिइसकेको छ । ‘बागमतीको मुख्यमन्त्रीलाई हामी विश्वासको मत दिँदैनौ,’ संसदीय दलको बैठकको निर्णय सुनाउँदै एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भने । एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद खनालले यही अवस्थामा जम्कट्टेललाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

बागमतीमा यसअघि दुई सिट भएको हाम्रो नेपाली पार्टीले पनि मुख्यमन्त्री मागेको थियो । यद्यपि उक्त पार्टीका शैलेन्द्रमान बज्राचार्य जम्कट्टेल नेतृत्वको सरकारमा सहकारी मन्त्री भइसकेका छन् । बागमतीको ११० सदस्यीय प्रदेशसभामा जमकट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहने छन् । बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । एकीकृत समाजवादीले साथ नदिए जम्कट्टेलको सरकार धरापमा पर्नेछ । 

Hardik health

कांग्रेसको आफ्नै दाउ
बागमतीमा कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयासमा जुटेको छ । यहाँ कांग्रेसको पहिलो रणनीति हो, जम्कट्टेललाई बहुमत जुटाउन रोक्ने । यदि कांग्रेस यो नीतिमा सफल भए संविधानको धारा १६८(३) अनुसार सबभन्दा ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता स्वतः मुख्यमन्त्री नियुक्त हुन्छन् ।

यद्यपि कांग्रेसबाट बन्ने मुख्यमन्त्रीले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर, कांग्रेसलाई राप्रपाले साथ दिँदा पनि बहुमत पुग्दैन । त्यसैले यसलाई रोक्न गठबन्धनभित्र मुख्यमन्त्री कसले लिने टुंगो लगाउन र शीर्ष नेताहरुले साना दलहरु (नेमकिपा र हाम्रो नेपाली पार्टी) सँग संवाद गरेर सहजीकरण गरिदिन मुख्यमन्त्री जम्कट्टेलले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए । मुख्यमन्त्री जम्कट्टेलसँग भेटलगत्तै प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेट गरेका थिए ।यही भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सात प्रदेशमध्ये एकमा मुख्यमन्त्री पाउनुपर्ने अडान नछाडेपछि गठबन्धनको किचलो सतहमा आएको हो ।

संघीय सरकार नै धरापमा पर्ने
बागमतीमा एकीकृत समाजवादीको समर्थन नपाए संघीय सरकारसमेत धरापमा पर्ने देखिएको छ । केन्द्रीय सत्तामा माओवादी अध्यक्ष  दाहाल नेतृत्वको सरकार जोगाउन जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई मनाउनैपर्ने हुन्छ । जनता समाजवादीसँग अहिले १२ सांसद छन् भने एकीकृत समाजवादीसँग १० सांसद । 

नेपाल र यादवको कनेक्सन मधेस प्रदेशमा जोडिएको छ । मधेसमा जनमतका अध्यक्ष सिके राउतसँग यादवको राजनीतिक टक्कर छ । यही कारण यादव कसैगरी प्रदेश सरकारमा आफ्नो वर्चश्व राख्न चाहन्छन् । यहाँ एकीकृत समाजवादीले साथ नदिए जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवको सत्ता धरापमा पर्नेछ । मधेसमा एकीकृत समाजवादीका सात सांसद छन् ।

‘उपेन्द्र यादव जसरी पनि मधेस सरकारमा जोगाउन लाग्नुपर्छ । बरु केन्द्रीय सत्ता छाड्छन्, प्रदेश छाड्दैनन्,’ एकीकृत समाजवादीका एक नेताले भने । ती नेताका अनुसार १३ सांसद रहेको जनमत पार्टी जसपाको सत्ता खोस्ने दाउमा छ । सिके–उपेन्द्रको राजनीतिक इगोका कारण मधेसमा झन् राजनीतिक किचलो बढ्ने देखिन्छ । जसकारण जसपा जसरी पनि एकीकृत समाजवादीलाई साथमै राख्न चाहन्छ । 

बागमतीमा आफ्नो दललाई बाइपास गरे १५ दिनमै दाहाल नेतृत्वको सरकार ढल्ने सांसद चौधरीको दाबी छ । ‘बागमतीमा हामीले विश्वासको मत दिने अवस्था नबने १५ दिनभित्रमै दाहाल जान सक्छ,’ चौधरीले भने । राजनीतिक बाधा अड्काउ फुकाउको साँचोजस्तै देखिएको एकीकृत समाजवादीले यहीबेला आफ्नो बार्गेनिङ बढाएको हो । एकीकृत समाजवादीले संघीय सरकारमा थप एक मन्त्री र सबै राजनीतिक नियुक्तिमा सम्मानजनक सहभागिताको लिखित ग्यारेन्टीसमेत माग गरेको बताइएको छ । अहिले संघीय सरकारमा उक्त पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री छन् ।
 


प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP