Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • गाजामा युद्धविराम गर्न कायरोमा वार्ताको तयारी
गाजामा युद्धविराम गर्न कायरोमा वार्ताको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १८, २०८०

कायरो -  इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले इजिप्टको कायरोमा आइतबार वार्ता सुरु हुँदैछ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ ।

उक्त अखबारले इजिप्टको सुरक्षा स्रोतलाई उद्धृत गर्दै इजिप्टको राजधानी कायरोमा सोमबार वार्ता हुन लागेको बताएको छ । इजिप्ट, कतार र इजरायलको मुख्य सहयोगी संयुक्तराज्य अमेरिकाले यसअघिका बैठकको पनि मध्यस्थता गरेका थिए तर ती वार्तामा खासै प्रगति हुन सकेको थिएन ।

यसअघिका वार्तामा रमादान अघि नै युद्धविराम गर्ने प्रयास गरिएका थिए तर दुबै पक्षबीचको गतिरोधको अन्त्य हुन सकेन । अहिले मुस्लिम समुदायको पवित्र रमादानको आधा महिना बितिसकेको छ ।गत शुक्रबार नेतान्याहुले दोहा र कायरोमा नयाँ चरणको युद्धविराम वार्ता गर्नेगरी स्वीकृति प्रदान गरेका थिए ।

Hardik health

प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री नेतान्याहुले इजरायली गुप्तचर निकाय (मोसाद) का प्रमुख डेभिड बार्नीलाई वार्ताका बारेमा बताइसक्नु भएको जनाएको छ । तर बार्नी स्वयं यी वार्तामा सहभागी हुने वा नहुने बारेमा केही बताइएको छैन ।

गाजामा बन्धक बनाइएका परिवारका सदस्यले इजरायलको ठूलो शहरको मुख्य राजमार्गमा विरोध प्रदर्शन गरेपछि सरकारले पुनः वार्ताको पहल थालेको अनुमान गरिएको छ । प्रदर्शनकारीले बन्धक छुटाउन र गाजामा इजरायलले गरिरहेको युद्धप्रति विरोध जनाएका थिए ।

हमास विद्रोहीले अक्टोबर ७ का दिन इजरायली भूमिमा प्रवेश गरी २५० जनालाई बन्धक बनाएका थिए जसका कारण इजरायल र हमासबीच भिषण युद्ध जारी छ । इजरायलको अनुमानमा १३० जना अझै पनि हमासको नियन्त्रणमा रहेका र ३३ जना मारिएका छन् ।युद्धविरामको एक प्रमुख शर्त भनेको गाजामा बन्धक बनाइएका इजरायलीलाई मुक्त गर्ने र इजरायलको जेलमा रहेका प्यालेस्टिनीलाई छाड्ने रहेको छ ।

यसैबीच, फ्रान्सका विदेशमन्त्री स्टेफानी सेजोर्न पनि इजरायल–हमासबीच युद्धविराम गराउन कायरो भ्रमणमा रहेका छन् । उनले जोर्डनका कुटनीतिज्ञसँग पनि यसबारेमा परामर्श गर्नेछन् । गत सोमबार राष्ट्रसंघ सुरक्षा परिषदले पनि गाजामा तत्काल युद्धविराम गर्ने सम्बन्धी एक प्रस्ताव पारित गरिसकेको छ । 

गाजा युद्धका कारण इजरायलले गरेको सैनिक कारबाहीमा कम्तीमा ३२ हजार ७०५ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP