Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • ओलम्पिकको सुरक्षा चुनौतीका लागि विदेशी प्रहरी र सेनाको सहयोग फ्रान्सद्वारा माग
ओलम्पिकको सुरक्षा चुनौतीका लागि विदेशी प्रहरी र सेनाको सहयोग फ्रान्सद्वारा माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १८, २०८०

पेरिस -पेरिस ओलम्पिक २०२४ का लागि सम्भावित आक्रमणविरुद्ध उच्च सतर्कतामा रहेको आयोजक फ्रान्सले शताब्दीमा राजधानी पेरिसमा हुने पहिलो खेलहरूका लागि सुरक्षा योजनालाई अन्तिम रूप दिँदैछ । 

यसै सिलसिलामा फ्रान्सले गृष्मकालीन पेरिस ओलम्पिकको सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी अधिकारीलाई पठाउन सक्ने हो कि होइन भनी ४६ मुलुकलाई सोधेको बताएको छ । प्रतियोगिता जुलाई २६ देखि अगस्ट १५ सम्म हुँदैछ ।गृह मन्त्रालयले विदेशी सुरक्षा सहायताका लागि जनवरीमा अनुरोध गरिएको बताएको छ । यसमा करिब दुई हजार एक सय ८५ सुदृढीकरणको माग गरिएको थियो । मन्त्रालयका अनुसार अधिकारीहरूसँग खेलहरूको सुरक्षा, ‘दर्शकहरूको अनुभव’ र ‘अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन’ सहयोग मागिएको हो । 

“यो प्रमुख अन्तर्राष्ट्रिय कार्यक्रमहरूका लागि आयोजक देशहरूको क्लासिक दृष्टिकोण हो”, मन्त्रालयले भनेको छ । फ्रान्सले सन् २०२२ मा कतारमा विश्वकप फुटबल प्रतियोगितामा आफ्ना दुई सय जवानलाई पठाएको र गत वर्ष फ्रान्सले आयोजना गरेको रग्बी विश्वकपका लागि अन्य युरोपेली सुरक्षा बलका एक सय ६० अधिकारीलाई स्वागत गरिएको मन्त्रालयले बताएको छ । सेनाका जनरल स्टाफका प्रवक्ता कर्णेल पियरे गौडिलियेरले भन्नुभयो, “फ्रान्सेली रक्षा मन्त्रालयले खोजी कुकुरहरूको टिमसहित खेलहरूमा ‘अत्यन्त विशिष्ट’ कार्यमा सहयोग पुग्न सकोस् भनेर विदेशी मुलुकहरूबाट ‘सानो सङ्ख्या’ मा सैन्यकर्मीहरूको माग गरेको छ ।”

Hardik health

पोल्यान्डका रक्षामन्त्रीले आफ्नो मुलुकले पेरिस खेलकुदमा सैनिक पठाउने बताउनुभयो । पोलिस सशस्त्र बलको प्रतिनिधिमण्डलमा कुकुर ह्यान्डलरलाई पनि समावेश गरिने भन्दै मन्त्री भ्लाडिस्लाभ कोसिनिक–कामिजले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “यसको मुख्य लक्ष्य भनेको विस्फोटकहरू पत्ता लगाउने र आतङ्कवादी घटनाहरूको प्रतिरोध गर्न सम्बन्धित गतिविधिहरू सञ्चालन गर्नु हो ।”

इस्लामिक चरमपन्थीहरूद्वारा बारम्बार घातक हमलाबाट प्रभावित र एक करोड ५० लाख आगन्तुकहरू आउने अपेक्षा गरिएको सहर पेरिसमा ओलम्पिक खेल आयोजकहरूका लागि सुरक्षा सबैभन्दा ठूलो चुनौती हो । उद्घाटन समारोहका लागि सुरक्षासम्बन्धी चिन्ता विशेषरूपमा धेरै छ । उद्घाटन समारोहमा सिन नदीको किनारमा डुङ्गाहरू र तटबन्धनबाट हेर्नेको ठूलो भीड हुनेछ । 

हालै रुसको एक कन्सर्ट हलमा भएको घातक हमला र हमलाको इस्लामिक स्टेटले जिम्मेबारी लिएपछि फ्रान्स सरकारले आफ्नो सुरक्षा सतर्कतालाई उच्चतम स्तरमा बढाएको छ । फ्रान्सेली प्रधानमन्त्री ग्याब्रियल अटालले सामाजिक सञ्जाल एक्समा निर्णयको घोषणा गर्दै भन्नुभयो, “मस्को हमलाका लागि इस्लामिक स्टेटको जिम्मेबारी र दाबी तथा हाम्रो मुलुकमा मडारिरहेको खतरालाई अधिकारीहरूले ध्यानमा राखिरहेका छन् ।”


प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP