Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान
हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १५, २०८०

सल्लेरी- गत आइतबार सगरमाथा क्षेत्र भ्रमणका लागि पुगेका दुई जना भारतीय पर्यटकका लागि हेलिकप्टर बरदान सावित भयो । लुक्लाबाट पदयात्रा गर्दै नाम्चे, खुम्जुङ, लोबुचे हुँदै गोरक्सेप उक्लिएका उनीहरु त्यहाँबाट अघि बढ्न सकेनन् । पाँच हजार १६४ मिटरको उचाइमा अवस्थित गोरक्सेप पुगेपछि लेक लाग्न सुरु भएकाले स्वास्थ्यमा जटिलता देखिन थालेपछि अन्ततः हेलिकप्टरको साहार लिनुपर्‍यो ।

सगरमाथा क्षेत्र भ्रमणमा पुगेका ती पर्यटक ‘हाइ अल्टिच्युट’का कारण सिकिस्त बनेका थिए । लेक लागेर बिरामी परेपछि उद्धारका लागि हेलिकप्टर झिकाउनुपरेको पर्यटक गाइड नाम्गेल शेर्पाले बताए । उहाँका अनुसार पाँच हजार एक सय ६४ मिटरको उचाइमा लेक लागेका ती पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प थिएन । 

हवाई उद्धार गरेर दुई हजार आठ सय ६० मिटरको उचाइ लुक्ला ल्याएको केही समयपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएकोे शेर्पाले बताए । “सुरुमा शरीर कमजोर भएको महसुस गरेका ती पर्यटकले विस्तारै टाउको दुख्ने र वान्तासमेत गरेका थिए”, उनले भने । अवस्था सामान्य होला कि भन्ने प्रतिक्षामा रहेका पर्यटक गाइड उनीहरूको अवस्था झन् नाजुक हुँदै गएपछि भने बाध्य भएर हेलिकप्टर झिकाउनुपरेको व्यवसायी सुशन राईले बताए । 

लेक लागेर श्वासप्रश्वासमा समस्या भइरहेको अवस्थामा समयमा उद्धार हुन नसके मानिसको ज्यान जान सक्ने शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौँका डा सञ्जीव तिवारीले बताए । यस्तो बेला बिरामीलाई कम उचाइ भएको स्थानतर्फ झार्नु नै सबैभन्दा राम्रो उपचार विधि भएको उनको भनाइ छ ।

Hardik health

“लेक लागेर सिकिस्त बनेका बिरामीलाई सधैँ औषधिले मात्रै काम नगर्ने भएकाले तलतिर झार्नु उत्तम विकल्प हन्छ । झन् माथि गइयो भने त्यसले दुर्घटना निम्ताउन सक्छ”, डा तिवारीले भने, “म आफू पनि माउण्टेन क्षेत्रको उपचारमा सङ्लग्न भएको अनुभवले लेक लागेको बेला उद्धार गरेर कम उचाइ भएको ठाउँमा लैजानु बुद्धिमानी हुने सुझाव दिन्छु ।” सगरमाथा क्षेत्रमा सिजनमा दैनिक ५० भन्दा बढी हेलिकप्टरले उडान भर्ने गर्दछन् । कैलाश हेलिकप्टर, हेलि एभरेष्ट, अल्टिच्युट, सिम्रिकलगायत कम्पनीका हेलिकप्टरले सो क्षेत्रमा दैनिक दर्जन बढी पर्यटकको उद्धार गर्ने गरेका छन् । 

सवारीसाधन पुग्न नसकेकाले पनि सगरमाथा क्षेत्रका लागि हेलिकप्टर निर्विकल्प उद्धारको साधन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलले बताए । हेलिकप्टरले यस क्षेत्र भ्रमणमा आउने सयौँ पर्यटकको ज्यान बचाउने गरेको उनकाे भनाइ छ ।

मण्डलले भने, “हेलिकप्टर छैन भने त यहाँ धेरै पर्यटकको ज्यान जान सक्छ, भ्रमणमा आउनेहरूलाई उचाइ बढ्दै गएपछि लेक लाग्ने समस्या हुन्छ, त्यस्तो अवस्थामा उनीहरुको उद्धार भएन भने जे पनि हुनसक्छ, त्यसैले यहाँका लागि हेलि भनेको सहरको एम्बुलेन्सजस्तै हो ।” उहाँका अनुसार सगरमाथा क्षेत्रका लागि हेलिकप्टर सडक पुगेका ठाउँको एम्बुलेन्सजस्तै बनेको छ । 

भौगोलिक कारण हिमालमा हरेक सेवा सुविधा नहुने भएकाले राहत, उद्धारदेखि अतिआवश्यक ढुवानीका लागि हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक तथा पर्यटन व्यवसायीलाई हेलिकप्टर प्रयोग गर्नु रहर नभई बाध्यता भएको विश्व कीर्तिमानी आरोही तेम्बाछिरी शेर्पाले बताए । जसका कारण खुम्बुमा हेलिकप्टर सामान्य बनेको उहाँले बताए । “यहाँ अरु साधन छैन, भारीहरू भरिया र चौँरीले बोके पनि आकस्मिक उद्धारमा त्यो सम्भव छैन, त्यसैले यहाँ त हेलि चढ्नुको विकल्प हुँदैन”, उनले भने ।

सो क्षेत्रमा विभिन्न सामग्री ढुवानीका लागि पनि हेलिकप्टरलाई भरपर्दो साधनका रूपमा लिइन्छ । सगरमाथा क्षेत्रको पाँच हजार एक सय ६४ मिटरको उचाइमा अवस्थित गोरक्सेपबाट माथिल्लो क्षेत्रमा हेलिकप्टरले प्रतिपटक दुई जनाभन्दा बढी यात्रु बोक्न दिइँदैन । नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय मापदण्ड तथा उडान सुरक्षालाई मध्यनजर गर्दै यस्तो नियम लागू गरिएको आरोही शेर्पाले बताए । 

हेलिकप्टरले सगमारथा क्षेत्रको माथिल्लो भेगबाट लुक्लासम्मका लागि प्रतिपटक उचाइअनुसार नौ सय अमेरिकी डलरदेखि एक हजार पाँच सयसम्म लिने गरेका छन् । सो क्षेत्रमा उडानका लागि हेलि कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण र सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमति अनिवार्य गरिएको छ । सगरमाथा क्षेत्रमा सिजनमा दैनिक ५० भन्दा धेरै हेलिकप्टर उडान हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।


    मौसम प्रतिकूलता चुनौती

गत ‘जनवरी’ २० तारिख हेलिकप्टर समयमा आउन नसक्दा सगरमाथा क्षेत्रमा बिरामी भएका एक चिनियाँ नागरिकको ज्यान गयो । गोक्यो क्षेत्रको चार हजार चार सय मिटर उचाइमा पुगेपछि चिनियाँमूलका अन्दाजी २४ वर्षीया एक महिला लडेर घाइते भइन् । उनकाे उद्धारका लागि सो क्षेत्रमा पुगेका पर्यटक गाइड साङ्गे शेर्पाको पहलमा हेलिकप्टर झिकाइयो । मौसम प्रतिकूलताका कारण उक्त दिन हेलिकप्टर अवतरण हुन नसक्दा ती महिलाको सोही स्थानमा ज्यान गएको तितो अनुभव शेर्पाले सुनाए ।

उनले भने, “हामी पनि विदेशीसँग गोक्यो क्षेत्र गएका थियो, रात परिसकेको थियो, ती चिनियाँ महिला लडेर घाइते भएको अवस्थामा उद्धार गर्‍यौँ । हामीले हेलि पनि झिकायौँ तर दुर्भाग्य त्यस दिन मौसम खराब भएर हेलि बस्नै सकेन । राति निजको त्यही ठाउँमा ज्यान गयो, मौसमले साथ दिएर हेलिकप्टर आएको भए उनकाे ज्यान बच्ने थियो । मौसमसँग हाम्रो केही लागेन, खुम्बु क्षेत्रमा हेलिकप्टर सञ्चालनका लागि प्रमुख चुनौती नै मौसम हो ।”

हिमाली भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले उडानमा चुनौती हुने कैलाश हेलिकप्टर लिमिटेडका प्रबन्धक प्रतापजङ्ग पाण्डेले बताए । कयौँपटक उद्धारमा पुगेको हेलिकप्टर मौसमकै कारण रित्तो फर्कनुपरेको उनकाे अनुभव छ ।  “फोन आउँछ, उद्धारका लागि आइदिनुपर्‍यो भनेर । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर तोकिएको स्थानमा पुग्छौँ । त्यहाँ पुग्दा मौसममा समस्या आउँछ, भनेको स्थानमा ल्याण्ड हुन सक्दैन, अनि रित्तो फर्कनुपरेको कयौँ अनुभव छन् । त्यस्तो हुँदा कम्पनीलाई इन्धनको भार पर्छ, हिमालमा हेलिकप्टर चलाउन कहाँ सजिलो छ र ?”, प्रबन्धक पाण्डेले भने ।

हिमाली भेगमा पर्यटकका लागि हेलिकप्टर एम्बुलेन्सकै रूपमा तयारी अवस्थामा रहनुपर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए । “हिमाली भेगका विभिन्न सामग्री ढुवानीका लागि पनि यस क्षेत्रमा हेलिकप्टर प्रयोग हुन्छ । पर्यटक तथा बिरामी उद्धारमा चाहिँ हेलिको विकल्प छैन”, उनले भने । मौसमका कारण हेलिकप्टर समयमा नआउँदा धेरै पर्यटकले ज्यान गुमाउनुपरेको तितो यर्थाथ रहेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । बिरामी पर्यटकको उद्धारका लागि यहाँ मुख्य चुनौती नै मौसम रहेको उनकाे भनाइ छ ।

हिमाली भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले समस्या हुने गरेको वडाध्यक्ष अधिकारीले बताए । उनका अनुसार हेलिकप्टर कम्पनीलाई इन्धन व्यवस्थापन चुनौतीको विषय बनेको छ । कम्पनीहरूले आफूलाई आवश्यक पर्ने इन्धन काठमाडौँबाट गाडीमार्फत टाक्सिन्दुसम्म ढुवानी गरेर त्यहाँबाट हेलिकप्टरमा लुक्ला पुर्‍याउने गरिएको सिम्रिक हेलिकोप्टर प्रालिका महाप्रबन्धक मुरलीधर जोशीले बताए । तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा इन्धन स्टेशन नहुँदा इन्धन व्यवस्थापनमा समस्या भएको उनले बताए ।

लुक्ला विमानस्थलमा निर्माण गरिएको हेलिप्याडमा एकैसाथ सात/आठवटा हेलिकप्टर पार्क गर्न सकिने क्षमता भए पनि सिजनको समयमा १२/१४ सम्म हेलिकप्टर एकसाथ पार्क गर्नुपर्ने बाध्यता रहेको सिम्रिक हेलिकप्टरका महाप्रबन्धक जोशीले बताए । 


प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 विश्व ताल दिवस: आज
 विश्व ताल दिवस: आज बुधबार, भदौ ११, २०८२
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक बुधबार, भदौ ११, २०८२
पोखराको आर्वामा माइक्रोबस दुर्घटना
पोखराको आर्वामा माइक्रोबस दुर्घटना सोमबार, भदौ ९, २०८२
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP