Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
विश्व
  • Home
  • विश्व
  • भारत—चीनबीच लद्दाख सीमा क्षेत्रमा सहमति
भारत—चीनबीच लद्दाख सीमा क्षेत्रमा सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १५, २०८०

नयाँदिल्ली- भारत र चीन बीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कुटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ । 

भारतको विदेश मन्त्रालयव्दारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरुबीच बुधबार बेइजिङमा २९औं बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ  वार्ता सकारात्मक भएको जनाइएको छ ।

वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गर्नु भएको थियो भने चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्ण रुपमा मत्थर बनाउनेतर्फ गम्भीर विचारविमर्श गरेका र दुई देशको सीमारेखा “लाइन—अफ—एक्चुअल कन्ट्रोल” (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दाहरु सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ ।

Hardik health

बैठकपछि सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्नेतर्फ कूटनीतिक र सैनिक सम्वाद सुरु गर्न दुबै पक्ष सहमत भएका छन्, भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

“तत्कालका निम्ति, दुबै पक्षले कूटनीतिक र सैनिक तहबाट निरन्तर सम्पर्क र संवाद गर्न सहमति जनाएका छन् । विद्यमान व्दिपक्षीय सम्झौता बमोजिम सीमाक्षेत्रमा शान्ति कायम गर्न सहमति भएको छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

दुबै देशबीचको २८औं वार्ता यसअघि गत नोभेम्बरमा सम्पन्न भएको थियो । उक्त वार्तामा दुबै पक्षले एलएसीको परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै एलएसी समेत पूर्वी लद्दाखको सीमाक्षेत्रमा शान्तिपूर्ण अवस्था बहाल गर्नेबारेमा खुला, रचनात्मक र गम्भीर विचारविमर्श भएको छ ।

यसैबीच, भारतले अरुणाचल प्रदेशका सम्बन्धमा चीनले गरेको दाबीलाई आधारहीन तर्क भन्दै अस्वीकार गरेको छ । मार्च १९ मा सार्वजनिक भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा अरुणाचल प्रदेशका जनताले भारतीय विकास कार्यक्रम तथा पूर्वाधार परियोजनाबाट अत्यधिक लाभ लिइरहेको उल्लेख छ । 

 


प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP