Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १४, २०८०

मुग्लिन - चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एउटा चिटिक्क मिलेको सानो गाउँ छ । त्यहाँ विभिन्न ११ आदिवासी जनजातिका मौलिक परम्परागत घर छन् । उक्त गाउँमा आजभोलि दैनिक मानिसको भीड लाग्ने गरेको छ । 
 
त्यो वास्तविक गाउँ नभई आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक मेलाका लागि नारायणी नदी किनारमा निर्माण गरिएका  विभिन्न जातजातिका पहिचान झल्कने नमूना घर हुन् । तिनै घरहरु नै अहिले महोत्सवका मुख्य आकर्षण बनेका छन् । 

विभिन्न जनजातिका घर नै महोत्सवमा आउने दर्शकको रोजाइमा  परेको  महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभिन्न आदिवासी जनजातिका घर निर्माण गरेका छौँ, ती घरहरु नै महोत्सवका मुख्य आकर्षण बनेका छन्, यी नमूना घरको अवलोकन गर्ने र फोटो खिच्नेहरुको भीड नै लाग्ने गरेको छ ।”

उनका अनुसार महोत्सवस्थलमा विभिन्न जातजातिका ११ घर निर्माण गरिएका छन् । ती घरमा जातजाति अनुसारका मौलिक संस्कार, संस्कृति तथा पहिचान झल्किने सामग्री राखिएका छन् । आदिवासी जनजाति समुदायको मौलिक संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही चैत ९ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चितवनमा बसोबास गर्ने १७ जनजातिमध्ये गुरुङ, मगर, तामाङ, चेपाङ, भुजेल, दराई, कुमाल, तामाङ, बोटे, राईलगायत जातिले आफ्नो मौलिक घर नै निर्माण गरेर जनजाति बस्ती नै निर्माण गरेका छन् । 
   
सोही बस्तीभित्र मौलिक परम्परागत घर निर्माण गरेका गुरुङ समुदायले आफ्नो मौलिक संस्कार तथा संस्कृति झल्कने सामग्री राखेका  छन्  । उक्त घरभित्र र बाहिर राखेका गुरुङ समुदायको संस्कृति झल्किने सामग्री अवलोकन र फोटो खिच्नेको भीड लाग्ने गरेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङले बताए ।

Hardik health

उनका अनुसार उक्त घरमा गुरुङ समुदायले परापूर्वकालदेखि जन्मदेखि मृत्युसम्म प्रयोग गर्दै आइरहेका सामग्रीलाई प्रदर्शनीमा राखेका  छन् ।  गुरुङ घरमा परापूर्वकालमा गुरुङ समुदायले प्रयोग गर्ने, ढिकी, जातो, हलो जुवा, कोदाली, कोदोको जाँडरक्सी बनाउने हाडाबाडा, मादल, धान मकै राख्ने भकारी, मासु सुकाउने भार, ओदान, पितृपूजा गर्ने स्थल, निर्माण, फैलु राख्ने स्थान, क्होइवोलगायत परम्परागत सामग्री प्रदर्शनीमा राखिएको उहाँको भनाइ छ ।  

साथै  गुरुङ समुदायका परिकारसमेत  राखिएका  छन् । गुरुङ जातिको मात्र नभई नारायाणी नदी किनारमा  निर्माण गरिएका अन्य जनजातिका घरहरुमा पनि आ–आफ्नै मौलिक परम्परागत पहिचान तथा संस्कार एवं संस्कृति झल्किने  सामग्री राखिएका छन् । अन्य समुदायका घरमा पनि गुरुङको घरमा जस्तै अवलोकन गर्ने र फोटो खिच्नेको भीड लाग्ने गरेको छ । 
   
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा सुरु भएको महोत्सज चैत १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा दैनिक विभिन्न जातजातिका संस्कृति झल्किने झाँकीसहित राष्ट्रियस्तरका गायकगायिकाका साथै विभिन्न विधाका कलाकारको प्रस्तुति पनि रहँदै आएको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 विश्व ताल दिवस: आज
 विश्व ताल दिवस: आज बुधबार, भदौ ११, २०८२
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक बुधबार, भदौ ११, २०८२
पोखराको आर्वामा माइक्रोबस दुर्घटना
पोखराको आर्वामा माइक्रोबस दुर्घटना सोमबार, भदौ ९, २०८२
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP