Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • बिआरआईबारे छलफलमात्र
परराष्ट्रमन्त्री श्रेष्ठ बेइजिङमा बिआरआईबारे छलफलमात्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १४, २०८०

उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोग निर्माण गर्न र विकास र समृद्धिका लागि मित्रताको चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारीलाई नयाँ र उच्च स्तरमा पुर्‍याउन चीन नेपालसँग मिलेर काम गर्न तयार छ ।
वाङ यी
चीनका विदेशमन्त्री

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा रोड एण्ड बेल्ड इनिसिएटिभ(बिआरआई)बारे छलफल गरेका छन् । चीनको बेइजिङमा भएको भेटमा बिआरआईबारे छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । 

‘चीन र नेपालबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोग निर्माण गर्न र विकास र समृद्धिका लागि मित्रताको चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारीलाई नयाँ र उच्च स्तरमा पुर्‍याउन चीन नेपालसँग मिलेर काम गर्न तयार छ,’ भेटपछि वाङले भनेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्रीको नौ दिने भ्रमणमा बिआरआईलाई प्राथमिकतामा राखिएको भनिएको थियो । यद्यपि यसबारे छलफल मात्र भएको र कुनै सम्झौता नभएको नेपाली पक्षले जनाएको छ ।नेपाल र चीनले सन् २०१७ मा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ को–अपरेसन’ को समझदारीमा हस्ताक्षर गरेर परिवर्तनकारी यात्रा सुरु गरेको स्मरण गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले बिआरआई सम्झौतामा थप सृदृढ हुन चाहेको बताएका थिए ।

Hardik health

‘बेल्ट एण्ड रोड इनिसिएटिभ विश्वको विकास र समृद्धिका लागि अनुकूल छ र नेपाल बेल्ट एण्ड रोड इनिसिएटिभमा चीनसँग सहयोग सुदृढ गर्न इच्छुक छ र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको मित्र समूहमा सामेल हुने निर्णय गरेको छ,’ श्रेष्ठले भनेका छन् । श्रेष्ठले रेलवे, सडक, पावर ग्रिडहरुमा बिआरआई लगानी ल्याउन चाहेकोसमेत बताए ।

बिआरआई विश्वको विकास र समृद्धिका लागि अनुकूल छ र नेपाल यसमा चीनसँग सहयोग सुदृढ पार्न चाहन्छ 
नारायणकाजी श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका चीनका विदेशमन्त्री वाङले नेपालमा नयाँ सरकार गठन भएयता नेपालबाट भएको पहिलो चीन भ्रमणले चीन र नेपालबीचको मित्रताको परम्परा र चीनसँगको सहयोगलाई मजबुत बनाउने बताएका छन् । ‘मित्रराष्ट्र र रणनीतिक साझेदारका रुपमा चीनले नेपाललाई आफ्नो छिमेक कूटनीतिको महत्वपूर्ण दिशामा सदैव राखेको छ,’ विदेशमन्त्रीको भनाइ उद्धृत गर्दै विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘चीनले नेपालका लागि शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई सदैव अनुशरण गर्दै आएको छ र साना–ठूला सबै देश समान छन् भन्ने सिद्धान्तमा सदैव अडिग रहँदै आएको छ ।’ 

उनले राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न र नेपालको राष्ट्रिय परिस्थितिअनुकूल विकासको मार्ग पहिल्याउन चीन नेपाललाई दृढतापूर्वक समर्थन गर्ने बताएका छन् । साथै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, एकअर्कालाई सहयोग गर्ने असल मित्र र साझा विकास चाहने असल साझेदार भएको वाङ यीले बताए । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उनको भनाइ थियो ।  

विदेशमन्त्री वाङले गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण पनि सफल भएको र चीन–नेपाल सम्बन्ध विकास गर्ने विषयमा दुई देशका नेताबीच महत्वपूर्ण सहमति भएको स्मरण गरे । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन परम्परागत रुपमा मैत्रीपूर्ण र अन्योन्याश्रित रहेको र एकअर्कालाई सधैं सम्मान र सहयोग गर्दै आएको बताए । भूकम्प र महामारीसँग जुध्न चीनले नेपाललाई निःस्वार्थ सहयोग गरेको र यसलाई नेपाल सरकार र जनताले सम्झिरहने बताएको वक्तव्यमा उल्लेख छ । 

नेपाल सरकारले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको र द्विपक्षीय सम्बन्धको विकासलाई निरन्तर विस्तार गर्न चीनसँग नजिकबाट काम गर्न इच्छुक रहेको उनले बताएका छन् । ‘नेपाल एक चीन नीतिमा दृढतापूर्वक अडिग छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीन विरोधी गतिविधिमा संलग्न हुन दिने छैन,’ मन्त्री श्रेष्ठले भनेका छन् । राष्ट्रपति सीको सुझबुझपूर्ण नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवादले ठूलो सफलता हासिल गरेको र जनताको जीवनस्तरमा निरन्तर सुधार आएको उनले बताएका छन् ।

नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह
परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्तालाई नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गरे । चीनको बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको ‘उदाउँदो नेपाल: लगानीको सम्भावना’ विषयक ‘पूर्वलगानी सम्मेलन’लाई सम्बोधन गर्दै श्रेष्ठले विश्वका लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर भएको जानकारी गराए ।

‘विश्वका ठूला बजारहरूसँग निकटता भएकाले विदेशी लगानीकर्ताका लागि नेपाल सबैभन्दा उपयुक्त देश हो,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘चीन नेपालको महत्वपूर्ण व्यापार साझेदार र प्रत्यक्ष वैदेशिक लगानी रहेको देश हो । सबैभन्दा छिटो बढ्दै गइरहेको अर्थतन्त्र, चीन र भारत नै हो, त्यसैले नेपाल लगानीका लागि उपयुक्त स्थल हो ।’विगतका वर्षहरूमा, नेपाल चिनियाँ व्यवसायी नेताहरूका लागि लगानीको अत्यन्तै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उनले लगानीका लागि जलविद्युत्, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र उत्पादनमूलक उद्योग क्षेत्रमा लगानीका लागि नेपाल सरकारले प्राथमिकता दिएको बताए ।

‘व्यापारमैत्री वातावरण स्थापना र विदेशी लगानी आकर्षित गर्नका लागि हामीले नीति, संस्था र कार्यविधि सुधार गरेका छौं,’ परराष्ट्रमन्त्री श्रेष्ठले  भने, ‘लगानी सम्मेलनको प्रारम्भमा कानुनी, संस्थागत र प्रक्रियागत सुधार लगायतका महत्वपूर्ण निर्णयहरू भएका छन् ।’ नयाँ वैदेशिक लगानी नीति लागू भएको उल्लेख गर्दै उनले लगानीसम्बन्धी धेरै कानुनी औजार बनेको र लगानीसम्बन्धी ऐनमध्ये भूमि अधिग्रहण ऐनसहित १२ वटा ऐन सम्मेलनअघि संशोधनको तयारीमा रहेको जानकारी दिए ।

श्रेष्ठले चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि निःशुल्क भिसा दिइने बताउँदै नेपालले झन्झटमुक्त भिसा प्रक्रिया लागू गरेको बताए । ‘विदेशी लगानीको स्थिति स्वदेशी उद्योगको सरह हुने कानुनी व्यवस्था गरेका छौँ,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘लिज फाइनान्सिङ, इक्विटी लगानी, संयुक्त उद्यम, वा प्रविधि हस्तान्तरण सम्झौताहरूमार्फत नयाँ व्यवसाय स्थापना गर्न सम्भव छ ।’ उनले ऊर्जा उपलब्धताको सुधारिएको र पछिल्लो समय बढी भएको विद्युत् छिमेकी मुलुकमा निर्यात गर्न नेपाल सक्षम भएको बताए । 

हाल नेपाल सामाजिक–आर्थिक रुपान्तरणमा केन्द्रित भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट माथि उठ्ने, सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा परिणत हुने र सन् २०४५ सम्ममा कार्बन उत्सर्जनमा शून्यमा पुग्ने लक्ष्यका साथ नेपाल अगाडि बढेको बताए । नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले पारस्परिक लाभका लागि परिष्कृत आर्थिक साझेदारीको लागि नेपाल तत्पर रहेको बताए । 

नेपाल–चीनबीच समस्यामुक्त दरिलो द्विपक्षीय सम्बन्ध कायम राखिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले एकअर्काको सम्मान र समझदारी सम्बन्धको आधार भएको स्पष्ट पारे । ‘हामीले सधैँ एकअर्काको संवेदनशीलता र चासोलाई सम्मान गरेका छौँ । ‘एक चीन नीति’प्रति नेपालको सदैव प्रतिबद्धता रहिआएको छ,’ श्रेष्ठले भने ।

चाइना चेम्बर अफ इन्टरनेसनल कमर्स र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडसँगको सहकार्यमा दूतावासले आयोजना गरेकोमा नेपाली दूतावासलाई धन्यवाद दिँदै श्रेष्ठले यस सम्मेलनले आगामी महिना काठमाडौंमा हुन लागेको लगानी सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै पूर्वाधार, कृषि, पर्यटन र सेवालगायत क्षेत्रमा लगानीका लागि आग्रह गरे । नेपालमा लगानीमैत्री वातावरण बनाइएको जानकारी दिँदै उनले चिनियाँ लगानीकर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताए । 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालमा लगानीको वातावरण अनुकूल रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरे । आइतबार चीन भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री त्यहाँबाट ल्हासा हुँदै मानसरोबार पुगेर सोमबार काठमाडौं आइपुग्ने छन् । 


 


प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 विश्व ताल दिवस: आज
 विश्व ताल दिवस: आज बुधबार, भदौ ११, २०८२
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक बुधबार, भदौ ११, २०८२
पोखराको आर्वामा माइक्रोबस दुर्घटना
पोखराको आर्वामा माइक्रोबस दुर्घटना सोमबार, भदौ ९, २०८२
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
युवामा उद्यमशीलता विकास ‘काठमाडौं युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP