Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • तुसले झगडा, अनि पालैपालो दुईको हत्या
तुसले झगडा, अनि पालैपालो दुईको हत्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १४, २०८०

काठमाडौं– अपराधशास्त्रीहरूका अनुसार व्यक्तिप्रति विकसित हिंसात्मक र बदलाप्रेरित मनोभाव तुस हो । उनीहरू यसलाई अपराधको जड मान्छन् ।आइतबार मध्यराति ललितपुरको ढोलाहिटीमा ३० वर्षीय पुजन राई र २८ वर्षीय रोबस राईको हत्या घटनाको मूल कारक पुरानो तुस नै देखिएको प्रहरीको दाबी छ ।

ललितपुर प्रहरीका अनुसार गत तिहारमा छेङ्विहाङ राई र साहिल श्रेष्ठबीच झगडा भएको थियो । त्यही पुरानो तुस छेङ्विहाङले विशाल राईसँग पोखे । त्यसपछि विशालका साथी साहिल श्रेष्ठसँग छेङ्विहाङको भनाभन भयो ।स्थान डी पोपिना रेस्टुरेन्ट ढोलाहिटी, ललितपुर । समय आइतबार राति । जुन रेस्टुरेन्ट खोटाङका तीन युवा विजय राई, सुलभ राई र भुपाल राईले छ महिनाअघि खोलेका हुन् । चापागाउँ वृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृृष्ण चन्दका अनुसार सोही रेस्टुरेन्टमा भनाभनपछि अन्ततः हत्यासम्मको घटना भयो । त्यो पनि रेस्टुरेन्ट सञ्चालक विजय राईबाट ।  

घटनाको अनुसन्धान गर्नेमध्येका एक जना प्रहरी अधिकृत डिएसपी चन्दले बताएअनुसार आइतबार होलीको दिन साँझ विशाल हाङ राईको ग्याङ बसेर रक्सी पिइरहेको थियो । केहीबेरमा छेङ्विहाङ राई र पूजन राईसहितको चार जनाको टोली पनि सोही रेस्टुरेन्टमा पुग्यो । दुवै ग्याङ झगडालु हुन् । त्यही भएर त छेङ्विहाङले तिहारको तुस निकाले । जुन प्रसंगलाई लिएर आरोपप्रत्यारोप चल्दै गयो । चर्काचर्की भयो । विवादले उग्र रुप लिने देखेपछि होटल सञ्चालक सुलभ राईले विशाल राईलगायतलाई सम्झाइबुझाइ गरे । झगडा मत्थर भएन । यसपछि सुलभले विशाल राईको समूहलाई बाहिर पठायो । छेङ्विहाङ र पुजनलगायत भने होटलभित्रै थियो । 

डिएसपी चन्दका अनुसार बाहिर निस्किएपछि विशाल हाङ राईले रेवश राईलाई फोन गरेर बोलाए । रेवश सो समूहका अगुवा थिए । विशालले उनीसँग होटल सञ्चालकले आफूलाई बस्न नदिएर अपमानजनक ढंगबाट निकालेको पोल सुनाए । रिसले चुर भएका रेबस होटलभित्र गए । सञ्चालकसँग आक्रोश पोखे । निहुँ खोजे । जहाँ विशाल पनि थिए । उनीहरूको भनाइ थियो, ‘हामीलाई किन बाहिर निकालियो ।’ रेबशले त्यहीबेला होटल सञ्चालकलाई थर्काउँदै भने, ‘मेरो केटाहरूलाई हेप्ने को हो ? बाहिर कसले निकालेको ? 

Hardik health

अनि, लफडा सुरु हुन्छ । सञ्चालकमध्येका सुलभसँग पनि रेबश र विशालको भनाभन हुन्छ । अनि, अर्का सञ्चालक विजय पनि आइपुग्छन् । पहिले सम्झाएर पठाएको तर ग्याङ बोलाएर ल्याएको भन्दै उनी आक्रोशित हुन्छन् । जो यसअघि नै लागुऔषधसम्बन्धी कसुरमा जेल बसेर निस्किएका व्यक्ति हुन् । उनै विजयले केही छिनमै हात हालाहालको स्थिति भएपछि किचनमा गएर चक्कु ल्याएर पुजनलाई तिघ्रामा प्रहार गर्छन् । 

घटनाको अनुसन्धान गरेका डिएसपी चन्दका अनुसार पुजन त्यसपछि ढल्छ । उठाएर विशाल र सुलभले भित्र लैजान्छ । बाहिर भने विजय र रेवशको हानाहान हुन्छ । त्यहीबेला विजयले रेवशको पेट र छातीमा चक्कु प्रहार गर्छन् । सडकको किनारमा ढल्छन् । 

अनि, घटना साम्य हुन्छ । त्यसबेलासम्म त तेह्रथुमका राजु गुरुङ पनि आइपुग्छन् । उनै गुरुङले रेबशलाई चक्कु हानी ढालेका विजयलाई मोटरसाइकलमा चढाएर भगाउँछन् । बाँकीले रेबशलाई ट्याक्सीबाट पाटन अस्पताल लान्छन्, पुजनलाई भने सुमेरु । तर, दुवैलाई डाक्टरले पु¥याएलगत्तै मृत घोषणा गरे । साढे चार महिनाअघिको तुसका कारण भएको झगडाबीच दुई जनाको ज्यान गयो ।

अनि प्रहरीले थाहा पाए...
रातिको करिब ११ बजेको थियो । पाटन अस्पतालमा रेवश र सुमेरुमा पुजनलाई लगियो । चिकित्सकहरूले दुवैलाई अस्पताल पु¥याएलगत्तै मृत घोषणा गरे । अनि, मात्रै प्रहरीले घटनाबारे थाहा पायो । लगत्तै प्रहरी घटनाको अनुसन्धानमा जुट्यो । अन्ततः घटनास्थलमा रहेको क्लोज सर्किट टेलिभिजन (सिसिटिभी)मा देखिएको दृश्यका आधारमा सोही रातिसम्ममा १८ जनालाई नियन्त्रणमा लियो ।

मंगलबार पत्रकार सम्मेलन गरेर प्रहरीले चार जनालाई मात्रै सार्वजनिक गरेको छ । होटलका सञ्चालक खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भई हाल ललितपुरको जैनखेल बस्ने ३१ वर्षका विजय राई र सोही होटलका सञ्चालक खोटाङकै साकेला गाउँपालिका–२ रतन्छा घर भई हाल ललितपुर–१५ खुमलटार बस्ने ३० वर्षीय सुलभ राईलाई सार्वजनिक गरिएको हो । उनीहरूविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान गरिरहेको छ । घटनामा दुवैजना मारिनुको कारण चक्कु प्रहार भनिएको छ ।

प्रहरीले होटलमा विवादको सुरुआत गर्ने भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ घर भई ललितपुर महानगरपालिका–२६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्विहाङ राईविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । 

घटनामा छ जनाको भने संलग्नता नखुलेको प्रहरीको भनाइ छ । उनीहरू छाडिएका छन् । अन्य आठ जनालाई प्रहरीले शंकास्पद मानेको छ । मृतकका आफन्तले पाँच जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन् । हाल चक्कु प्रहार गर्ने विजय राईलाई मोटरसाइकलमा भगाउने राजु गुरुङ भने फरार छन् ।
 


प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP