Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रदेश सत्ताको भागबण्डामा गठबन्धन 
प्रदेश सत्ताको भागबण्डामा गठबन्धन 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, चैत १३, २०८०

काठमाडौं– गठबन्धन परिवर्तन भएको करिब तीन सातापछि बल्ल प्रदेश सरकारहरूको मुख्यमन्त्री भागबण्डाबारे गठबन्धनमा आबद्ध दलहरू सहमतिनजिक पुगेका छन् । मोटामोटी रूपमा कुन प्रदेशमा कुन दलले मुख्यमन्त्री लिने भन्ने टुंगो गठबन्धनका नेताहरूबीच भइसकेको छ । त्यसबारे औपचारिक रूपमा सार्वजनिकीकरण भने गरिएको छैन । 

सोमबार पनि प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कुराकानी भयो । त्यसक्रममा उनीहरूबीच सत्ता साझेदार दलहरूको बैठकले भागबण्डा टुंगो लगाउने समझदारी भएको छ । प्रधानमन्त्री दाहालले त मंगलबार बेलुकीसम्म कुन प्रदेश कुन दलले लिने निश्चित हुने बताइसकेका छन् । 

‘प्रदेश सरकारबारे भोलि (मंगलबार) बेलुकासम्म टुंगिन्छ,’ माओवादीको बागमती प्रदेश कमिटीको बैठकमा दाहालले सोमबार भने । एमालेका एक जना पदाधिकारीका अनुसार एमालेले सातमध्ये तीन प्रदेश लिने शीर्ष नेतृत्व तहमा समझदारी भएको छ । तीन प्रदेशमा कोशी, गण्डकी र कर्णाली पर्छ । हाल कोशी र गण्डकीका कांग्रेसको सरकार छ ।

कर्णालीमा भने माओवादीकै सरकार छ । माओवादीले बागमती र लुम्बनीमा मुख्यमन्त्री लिने नेतृत्व तहमा समझदारी भएको छ । अहिले पनि बागमतीमा माओवादीकै सरकार छ । कर्णालीमा पनि माओवादी नेतृत्वकै सरकार छ । तर, कांग्रेसको सरकार रहेको लुम्बिनी भने माओवादीले लिनेगरी तयारी भइरहेको छ । 

हाल मधेस प्रदेश गठबन्धनकै एउटा दल जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार छ । यो सरकार अपरिवर्तनीय बन्ने देखिएको छ । र, नयाँ दल नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पाउने भएको छ । आइतबार मात्रै यस दलको सुदूरपश्चिम प्रदेश संसदीय दलले त्यहाँका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसको भोलिपल्टै उक्त दललाई पनि सुदूरपश्चिम सरकारको नेतृत्व छाड्नेगरी गठबन्धन दलका शीर्ष नेतृत्वहरूबीच समझदारी भएको हो ।

गठबन्धनले सरकार गठन गर्न सक्छ ? 
कोशीमा सरकार पुनर्गठन त्यति सहज छैन । किनभने त्यहाँ यसअघि गठन भएको सरकार संविधानको धारा १६८ को उपधारा (५) अनुसारको हो । अब सोही उपधाराअनुसार सरकार गठन हुन्छ कि उपधारा (७) मा गएर चुनावी सरकार हुन्छ ? यसमाथि सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दामा गरेको फैसलाले अलमल पारेको छ ।

अदालतको आदेशअनुसार संसद्मा सरकार गठनको अवस्था हुञ्जेल सरकार पुनर्गठन गर्न मिल्छ । तर, संविधानअनुसार भने फेरि सरकार गठन नभएर सीधै उपधारा (७) अनुसार मध्यावधि चुनाव हुन्छ ।यसबारे नै अहिले कानुनी अस्पष्टता छ । यद्यपि, यहाँ एमालेले सरकार बनाउने भए संसदीय अंकगणित अनुकूल छ । तर, सरकार गठनसम्बन्धी उपधारामाथि कानुनी प्रश्न उठ्न सक्ने देखिएको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत पनि छ । प्रदेशको सबभन्दा ठूलो दल एमालेका ४० प्रदेश सांसद छन् भने माओवादीका १३ र एकीकृत समाजवादीका चार सांसद छन् । गठबन्धनसँग प्रस्ट बहुमत भए पनि सरकार गठन सहज नभएको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

मधेस 
नेकपा एमालेले प्रदेश सत्तामा पुनरावगमन गरेकै मधेस सरकारबाट हो । शनिबार त्यहाँ एमालेबाट मन्त्री भएकाहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे । यहाँ संसदीय अंकगणित गठबन्धन दलहरूका लागि अनुकूल छ । हाल यहाँ जसपाका सरोजकुमार यादव नेतृत्वको सरकार छ । 

बागमती 
कोशीमा जस्तै सरकार पुनर्गठनमा बागमती प्रदेशमा पनि असहज छ । त्यहाँ अहिले गठबन्धनमा रहेका दलहरू एमाले, माओवादी र नेकपा एसका गरी ५५ जना सांसद मात्रै पुग्ने हुनाले सरकार पुनर्गठनका लागि एक सांसद अभाव हुन्छ । यसकारण यहाँ नयाँ दल हाम्रो नेपाली पार्टीलाई गठबन्धनका नेताहरूले समर्थनका लागि आग्रह गरेको थियो । तर, मुख्यमन्त्री नै मागेपछि यहाँ गठबन्धन नै अलमलमा परेको देखिएको छ । हाल बागमतीमा माओवादीका शालिकराम जम्कट्टेल नेतृत्वको सरकार छ ।  

अर्को प्रदेश गण्डकीमा पनि एमाले–माओवादी गठबन्धनलाई सरकार बनाउन सहज देखिएको छैन । जबकि, यो प्रदेशमा मुख्यमन्त्री एमालेबाट हुनेगरी दलहरूबीच अनौपचारिक सहमति भएको छ । यहाँ पनि सरकार गठनका लागि निकै असहज छ । राप्रपाको एक मत यहाँ निर्णायक हुने अवस्था छ ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । एमालेसँग २२ र माओवादी केन्द्रसँग (सभामुखसहित) आठ प्रदेश सांसद छन् । सबभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ प्रदेश सांसद छन् भने राप्रपाका दुई र दीपक मनाङे छन् । मनाङेले कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समर्थन गरिसकेका छन् । जसबापत उनी भौतिक पूर्वाधारमन्त्री भइसके । 

उता एमालेले प्रदेशको मुख्यमन्त्री लिने भनिएको कर्णालीमा भने माओवादीका राजकुमार शर्मा हाल मुख्ममन्त्री छन् । ४० सदस्यीय प्रदेशसभामा एमाले–माओवादी गठबन्धनसँग सहज बहुमत छ । माओवादीसँग १३ र एमालेसँग १० सांसद छन् । माओवादीले शर्मालाई मुख्यमन्त्रीमा निरन्तरता दिन चाहे पनि यसपटक एमालेले लिने सहमति नजिक रहेको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए ।

‘हामीले पहिले पनि कर्णालीमा मुख्यमन्त्री मागेका थियौं तर पाएनौं । अहिलेचाहिँ नेताहरूबीच करिब सहमति भइसकेको छ,’ गुरुङले प्रभावसँग भने । माओवादीले मुख्यमन्त्री लिने भनिएको लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी नेतृत्वको सरकार छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७ सांसद छन् । राप्रपा चार, लोसपा तीन, जनमत तीन, जनमोर्चा एकको समर्थन जुटाउँदा पनि मुख्यमन्त्री चौधरीले बहुमत जुटाउन सक्ने अवस्था छैन ।

एमाले–माओवादी गठबन्धनसँग पनि प्रस्ट बहुमत छैन । एमाले २९, माओवादी सभामुखबाहेक आठ, जसपा तीन र एकीकृत समाजवादी एक जोड्दा ४१ हुन्छ । नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर सरकार बनाउने एमाले र माओवादी नेताहरूको तयारी छ ।सुदूरपश्चिम प्रदेश सरकार भने नागरिक उन्मुक्ति पार्टीलाई पाउने करिब निश्चित भएको छ । सांसद अरुण चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशमा नाउपा निर्णायक दल भएकाले प्रदेश सरकारको मुख्यमन्त्री मागिएको हो । 

तर, नाउपा आफैंमा विभाजित छ । संरक्षक रेशम चौधरीको जोडबलमा नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको थियो । आइतबार भने समर्थन फिर्ता लिने निर्णय भएको छ । ५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । माओवादीका ११ र एमालेका १० सांसद छन् । सरकार गठनमा निर्णायक रहेको नाउपासँग सात सांसद रहेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP