Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • दुर्गा प्रसाईंलाई ओलीको रेस्क्यु !
बिएण्डसीलाई सञ्चालन अनुमति दिने आदेश दुर्गा प्रसाईंलाई ओलीको रेस्क्यु !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १३, २०८०
२०७७ फागुनमा बिएण्डसी परिसरमा पूर्वाञ्चल कलेज उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौं– विवादित व्यवसायी दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बिएण्डसी मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले सोमबार रिट जारी गर्दै बिएण्डसी मेडिकल सञ्चालन गर्न आदेश दिएको हो ।

करिब १३ वर्षपछि मेडिकल सञ्चालनको अनुमति पाउने भएपछि व्यवसायी प्रसाईंले खुसी जनाए । ‘देशमा सरकार एकातिर लाग्दा पनि अदालतले न्याय दिएको छ । देशमा न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ,’ व्यवसायी प्रसाईंले भने । बिएण्डसीले २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पाएको थियो भने २०७३ सालमा अस्पतालले ३०० शय्याको अस्पताल सञ्चालन स्वीकृति पाएको थियो । तर मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा. गोविन्द केसीले आमरण अनसन थालेपछि चिकित्सा शिक्षा ऐन आयो । त्यसपछि प्रसाईंले मेडिकल कलेज सञ्चालनको अनुमति पाउन सकेनन् ।

यसै विषयमा प्रसाईंले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगविरुद्ध २०७७ असार २१ गते मुद्दा दायर गरे । सरकारकै अनुमतिमा मेडिकल क्षेत्रमा ठूलो लगानी गरिसकेको उल्लेख गर्दै सञ्चालन अनुमति नपाउँदा ठूलो क्षति हुने जिकिर प्रसाईंले गरेका थिए । यद्यपि यो मागको सुनुवाइ गराउन भने प्रसाईंले ठूलै आन्दोलन चर्काउनुप¥यो । अर्बौं ऋण लागेकोले आफ्नो पक्षमा फैसला नआए झापामा रहेको मेडिकल भत्काउने उद्घोष गरेका प्रसाईं आफ्नो आन्दोलन भने नछोड्ने बताउँछन् । ‘युनिभिर्सिटीको अध्यक्ष प्रधानमन्त्री हुन्छन् । चिकित्सा शिक्षाको अध्यक्ष प्रधानमन्त्री । त्यसैले मेडिकल कलेजको सम्बन्धन प्रधानमन्त्रीले दिनुपर्ने हो । तर देशमा २०६८ यता १३ वर्षमा कति प्रधानमन्त्री फेरिए । तर यो काम अदालतले गर्नुप¥यो भने नेताको के काम ?,’ प्रसाईं प्रश्न गर्छन् । 

मेडिकल छोराछोरीले जिम्मा लिने र आफू आन्दोलनमै लाग्ने प्रसाईं बताउँछन् । ‘म आफ्नो अभियानबाट पछि हट्दिनँ,’ प्रसाईंले भने । यही मुद्दाको सुनुवाइका लागि जाँदा प्रसाईंले निजी रूपमा राखिएका दुई जना अंगरक्षक दीपक खड्का र राजकुमार धिमाल भने हतियारसहित सर्वोच्च छिर्न खोज्दा पक्राउ परेका छन् । उनीहरूमाथि हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Hardik health

सम्बन्धनका लागि अनेकौ प्रयास
कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री रहेको बेला ठाडो आदेशमा काठमाडौं विश्वविद्यालय (केयू)बाट उक्त कलेजलाई सम्बन्धन दिने कुरा बाहिर आएपछि अभियन्ता डा. केसीलगायत अगुवा निषेधाज्ञाका बीच विरोधमा उत्रिएका थिए । २०७७ गत फागुनमा केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा बिएण्डसी मेडिकल कलेजकै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पताल  उद्घाटन नै गरेका थिए । उक्त अस्पताल प्रसाईंले नै सुरु गरेका हुन् । उद्घाटनपछि प्रधानमन्त्रीले कलेजले चाँडै नै केयूबाट सम्बन्धन पाउने बताएका थिए ।

‘कसैले आलोचना गर्दैमा प्रसाईं पछाडि हट्ने मानिस होइनन् । उल्टै आलोचनालाई ब्राण्ड बनाउने विशेषता उहाँमा छ,’ प्रसाईंको प्रशंसा गर्दै त्यतिबेला ओलीले भनेका थिए, ‘भन्नेहरू भन्दै गर्छन् । आलोचना गर्नेहरू गर्दै गर्छन् । दुर्गा प्रसाईंको विशेषता छ । मार्सी चामल भनेर आलोचना भयो । उहाँले एउटा ब्राण्ड नै बनाइदिनुभयो । माफिया ह्विस्की, डन इनर्जी ड्रिंक, जे–जे गाली गरिएको छ । दुर्गा प्रसाईंले त्यही ब्राण्ड बनाइदिनुभएको छ ।’

प्रसाईंको तारिफ गर्दै गरेका ओलीले पूर्वाञ्चल क्यान्सर अस्पतालको तारिफ गरेका थिए । योसँगै ओलीले बिएण्डसी मेडिकल कलेजले छिट्टै सम्बन्धन पाउने घोषणासमेत गरिदिएका थिए । ‘यो क्यान्सर अस्पताल मात्र हैन । बिएण्डसी टिचिङ अस्पताल अब शिक्षण अस्पतालको रूपमा अगाडि बढ्छ । अस्पताल लेखिएको ठाउँमा शिक्षण अस्पताल हुने छ । सम्बन्धनको यो कुरा अघि बढिसकेको छ । उहाँ आफैंलाई पनि थाहा छ । केही समयभित्रै शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन प्रक्रिया अगाडि बढिसकेको छ । यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने छ,’ ओलीले भनेका थिए । 

राष्ट्रिय चिकित्सा ऐन, २०७५ को दफा १३ (६) मा ‘ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन । तर, यो ऐन जारी हुनुभन्दाअघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुने छैन । काठमाडौं उपत्यकाबाहिरका अन्य शिक्षण संस्थाको हकमा आयोगले निर्णय गरेबमोजिम हुने छ । आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन’ भन्ने प्रावधान छ ।

२०७१ मंसिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शय्याको मेडिकल कलेज सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको थियो । तर मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा. केसीले आमरण अनसन बसेपछि चिकित्सा शिक्षा ऐन आयो । त्यसपछि प्रसाईंले मेडिकल कलेज सञ्चालनको अनुमति पाउन सकेनन् ।डा. केसीले योग्यता क्रमका आधारमा मात्र भर्ना गर्ने व्यवस्था लागू गर्न माग गरेका थिए । डा. केसीको बारम्बारको अनसनपछि सरकारले चिकित्सा शिक्षा ऐन ल्याएको थियो । उक्त ऐनमा टेकेर चिकित्सा शिक्षा आयोग बनेपछि योग्यता क्रमका आधारमा विद्यार्थी भर्ना हुन पाउने व्यवस्था लागू भएको थियो ।

२०७६ सालमा चिकित्सा आयोगमा बिएण्डसी सम्बन्धनका लागि गएको थियो । तर २०७३ सालदेखि आशयपत्र नवीकरण नगरेको र काठमाडौं विश्वविद्यालयको सहमति नलिएको भन्दै आयोगले सम्बन्धन दिन अस्वीकार गरेको थियो ।यसबीचमा प्रसाईंले राजनीतिक रुपबाट मेडिकल कलेज सञ्चालनको अनुमति लिन अनेकौं प्रयास पनि नगरेका होइनन् । तत्कालीन समयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका अध्यक्षहरुलाई घर लगेर मार्सी चामलको भात खुवाएर उनी चर्चामा आएका थिए । दुई पार्टी एकता भएर नेकपा बन्दा पनि ओली र दाहालसँग निकट सम्बन्ध रहेका प्रसाईंले अनुमति पाउन सकेका थिएनन् । उनी एमालेका केन्द्रीय सदस्य पनि बने ।

तर मेडिकल कलेजले ओलीले भनेझैं सञ्चालनको अनुमति पाउन सकेन । किनभने ओलीलाई त्यतिबेलै दाहाल र माधव नेपालले साथ छाडिसकेको थियो भने कांग्रेस सभापति शेरबहादुर देउवा सत्ताको नेतृत्वमा पुगेको थियो । त्यसपछि पार लाग्ने नदेखेर प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहको पछि लाग्दै ओलीको कडा आलोचक बनेका थिए । यद्यपि संयोग मान्नुपर्छ, उनै ओली, दाहाल र माधव सत्तामा रहेकै बेला प्रसाईंले मेडिकल कलेज सञ्चालनको अनुमति पाएका छन् । 


 


प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP