Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • जाँगरले भरिएका पाखुराहरु
जाँगरले भरिएका पाखुराहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १२, २०८०

काठमाडौं-  हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेक्नुभएकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उहाँँलाई देख्नेहरु झुकिन्छन् । किनकी उहाँँको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उहाँ‘ भन्नुहुन्छ, “सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।” 

पाटनढोका नजिकै रहेको चौतारा मुनि उहाँ‘को दिनचर्या बित्छ । वरिपरि चना, बदाम, मकै र भट्मास खानेकुरा बिछाएर राख्नुहुन्छ । बोली तोते छ । सुन्न र बुझ्न कठिन छ । अलि चर्को स्वरले बोले मात्रै सुन्नुहुन्छ् । उहाँ‘का केही पुराना ग्राहक छन्, जसले इसारामै सबै बुझछन् । बेच्न राखेका सामान हाउभाउमै बिक्री गर्नुहुन्छ, गणेशमाया । 

दश वर्षभन्दा बढी भयो उहाँ‘ त्यही चौतारमा बसेर व्यापारी जीवन बिताएको । जन्माएका सन्तानमध्ये दुई छोरा उहाँ‘कै आँखा अघि बिते । बाँकी एउटा छोरो छ, घरको बाँच्ने आधार । छोराको एक्लो सङ्घर्ष देख्न गणेशमायाको मनले मान्दैन । छोरालाई सघाउन र आफू आत्मनिर्भर हुन फुटपाथमा व्यापार रोजेको बताउनुहुन्छ उहाँँ । “छोराले सबै सामान किनेर ल्याइदिन्छ, अनि यही पिपल चौतारामुनि छोडिदिन्छ”, उहाँ‘ थप्नुहुन्छ, “दिनभरि केही नभए पनि हजार रुपैयाँ जति कमाउछु ।” 

आँखा कमजोर हुनु बाहेक गणेशमायाको शरिरमा कुनै गम्भीर रोग छैन । दिनभरि बसेर व्यापार गर्नु पर्दा कहिलेकाहीँ कम्मर दुख्छ । उहाँ‘ले त्यसको आफ्नै उपचार अपनाउनु भएकोछ । । बाह्रहाते पटुकी कसेर व्यापार बस्नुहुन्छ । काम गरी खान उमेर बाधक हुँदैन भन्ने गणेशमायाको जीवनी धेरैका लागि प्रेरणा बन्ने गरेको छ । 

Hardik health

गणेशमायाकै छेउमा कागती, अदुवा, अमला, खुर्सानीजस्ता सामाग्री बेच्न बस्नुभएकी मनमाया लामाको सक्रियता अझै लोभलाग्दो छ । उमेरले ७० नाघेकी उहाँ‘ आफैँ कलङ्की पुगेर होलसेलमा सामान ल्याउनुहुन्छ । उहाँ‘को सहयोगी कोही छैन । भएका छोराबुहारी आफ्नै जीवनयापनमा व्यस्त छन् । 

मनमाया सर्लाहीबाट दुई दशकअघि काठमाडौँ आएको सम्झनुहुन्छ । कुन समय उहाँँलाई यकिन छैन । तर, बाढीले सबै घरबार बगाएपछि बेघरभएर उहाँ‘ जिउ पाल्न सन्तानसहित काठमाडौँ पस्नुभएको थियो । पाटनमा बस्ने उहाँ‘ एउटा कोठाको पाँच हजार रुपैयाँ भाडा तिर्नुहुन्छ । “दिनभरि सुतेर बस्नुभन्दा दुई–चार रुपैयाँ कमाउ हुन्छ,” उहाँ‘ सुनाउनुहुन्छ, “हातखुट्टा चलुन्जेल कामै गरेको निको लाग्छ ।” मनमायालाई खित्काछोडी हास्न निकै मन पर्छ ।

गणेशमाया र मनमाया त्यही चौतारामा व्यापार खुब जमेको बेला एकअर्काको अनुहार हेरेर मस्त हाँस्नुहुन्छ । कहिलेकाहीँ सोचे जस्तो हुँदैन । त्यसबेला उसै गरी उदास पनि हुनुहुन्छ । मनमाया र गणेशमायाले जीवन सरल बनाउने सूत्र जान्नुभएको छ । मनमाया सुनाउनुहुन्छ,“खुसी हुने भनेको अरुको लोभ नगर्ने, आफू मेहनत गर्ने ।” 

लमजुङ घर भएकी धनकुमारी घले ६४ वर्षको पुग्नुभयो । छोराछोरीले राम्रै कमाउँछन् । खान लाउन दुःख छैन । तर, उहाँ‘ काम नगरी बस्न हुन्न् । छोराले गाडीको ग्यारेज खोलेका छन् । त्यही ज्यारेजको छेउमा उहाँ‘ नाङ्लोभरी बादम राखेर बेच्नुहुन्छ । हरियो मकैको याममा मकै राख्नुहुन्छ । यति मात्रै होइन, उहाँ‘ एक्लै हिडेर कालीमाटी पुग्नुहुन्छ समान किन्न । औषधिको नाममा अहिलेसम्म सिटामोलबाहेक अरु केही खानु परेको छैन धनमायालाई । 

उहाँ‘का श्रीमान मानसिक रोगले पीडित हुनुहुन्छ । उनको स्याहार समेत गर्न भ्याउनु भएकी धनमाया जीवनमा कहिल्यै हरेस नखाने सुनाउनुहुन्छ । बढ्दो महङ्गीले छोराछोरीले जति कमाए पनि अपुग हुने अवस्था छ । बुढाबुढी भएपछि उल्टै स्याहार्नु पर्ने झन्झट उहाँ‘ले सन्तानलाई दिन चाहनुहुन्न । “अहिलेका छोराछोरीलाई जीउ पाल्न दुःखै छ’’, धनकुमारी भन्नुहुन्छ,“हाम्रो पालामा जस्तो सस्तो र सजिलो छैन ।” 

धनकुमारीको विचारमा बुढौलीले छोए पनि दिनभरि त्यतिकै बस्नुभन्दा केही न केही सक्ने काम गर्नु स्वास्थ्यको लागि हितकर हुने अनुभव सुनाउनुहुन्छ । बिहानै ४ बजे उहाँ‘को निद्रा खुल्छ । सबै सुतिरहेको बेला उहाँ‘ उठेर कालीमाटी हाटबजारमा व्यापार गर्ने सामग्री किन्न पुग्नुहुन्छ । आफूले कमाएको पैसाले नातिनातिनालाई आवश्यक परेको खानेकुरा, लगाफाटा र कापीकलम समेत किनिदिनुहुन्छ । 

काठमाडौमा उहाँ‘लाई कुनै बेला दुई रुपैयाँमा एक पाउ खसीको मासु किनेको याद छ । श्रीमानले उतिबेला जागीर गरेर ६० रुपैयाँ तलब पाउनुहुन्थ्यो । त्यही रुपैयामा पूरै घरखर्च चल्थ्यो र बचत पनि हुन्थ्यो । अहिले मह‘गाइले आकाश छोएको छ । घरका सबैले मिलेर कमाउँदा समेत खान हम्मेतम्मे हुने धनमाया सुनाउनुहुन्छ । उहाँ‘ भन्नुहुन्छ्,“मैले आफ्नो खर्च जुटाए भने पनि छोराछोरीलाई धेरै राहत हुन्छ ।”

बुढानीलकण्ठ घर भएका इन्द्रबहादुर मिजार उमेर बढेसँगै शरिरमा आलस्य छाउन दिन नहुने मान्यता राख्नुहुन्छ । बुढौलीमा मन फुर्तिलो बनाउन नियमित शारीरिक व्यायम जरुरी छ । उहाँ‘ बिहानै उठेर अनिवार्य बिहानीको हिंडाइमा जानुहुन्छ । पूजापाठ गरेर व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँ‘ले बॉसबारी छाला जुत्ताचप्पल कारखानामा १३ वर्ष जागिर गर्नुभयो । जागिरे जीवनमा हुँदा उहाँ‘ले आफैँले जुत्ता सिउने सीप सिक्नुभएको थिएन । 

उमेर छिप्पिदै गएपछि जागिर खानु उचित लागेन । आफ्नै लागि केही गर्ने सोच बनाउनुभयो । सार्की समुदायमा पुख्र्यौली पेसा जुत्ता सिलाउने काम उहाँ‘ले सिकेको थिएन । तर, पछि अरुको हेरेर जुत्ता सिलाउने काम सिक्नुभयो । अहिले आफ्नै पसल सञ्चालन गरेर बस्नु भएको छ । “सीप महत्वपूर्ण हुने रहेछ”, उहाँ‘ भन्नुहुन्छ्, “बुढौलीमा काम आएको छ ।”

इन्द्रबहादुर अलि पुराना पुस्ताका हुनुहुन्छ । उहाँ‘ले सिलाउने जुत्ता, चप्पलको डिजाइन पुरानै शैलीका छन् । समयको मागअनुसार आधुनिक शैलीका जुत्ता सिलाउनु पर्छ । ग्राहकको माग अनुसारको सामग्री दिन नसक्दा उहाँ‘ अलि चिन्तित हुनुहुन्छ । उहाँ‘लाई परम्परागतभन्दा आधुनिक सीप सिकाइमा तालिम लिन पाए आम्दानी राम्रो बनाउन सकिने बताउनुहुन्छ । ‘‘आधुनिक सीप सिक्ने मन छ, वडाले तालिम दिन्छ रे सुनेको छु, मैले अहिलेसम्म लिन पाएको छैन’’, उहाँ‘ भन्नुहुन्छ,“उमेर ढल्किदै गएपनि सिक्ने रहर उस्तै छ ।” 

भक्तपुरका नारायणकाजी काशिछ्वा निजामती कर्मचारीबाट स्वेच्छाले निवृत्त हुनुभयो । दुई दशक जिल्ला शिक्षा अधिकारीको रुपमा अनुभव बटुल्नुभएको छ । जागिर छोडेर घरमै बस्ने मनसाय उहाँ‘को थिएन । ६१ वर्षको उमेरसम्म नारायणकाजीले जागिरे जीवनमा भन्दा बढी कार्य अनुभव संगाल्ने अवसर पाउनु भएको थियो । विभिन्न स्कुलमा पुगेर शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि, आवश्यक शिक्षक तालिम दिने, विद्यालयप्रति विद्यार्थीको मनोबल बढाउने, मनोपरामर्श दिने जस्ता कार्य गर्दै आउनु भएको छ । 

यतिबेला उहाँ‘को अधिकांश समय विद्यालयको अनुगमनमा बित्छ । “अबको शिक्षा शैलीमा व्यवहारिकता जरुरी छ,” उहाँ‘ भन्नुहुन्छ,“विद्यार्थी, शिक्षक र विद्यालयको समग्र गुणस्तर सुर्धाने तालिम दिदै आएको छु ।” नारायणकाजीले जागिर छोड्दा धेरैले सोच्थे, अब घरमै सुतीसुती खाने होला भनेर ।” नारायण यो सोचको ठीक विपरीत मत राख्नुहुन्छ । शरिरले साथ दिंदासम्म कर्म गर्नुपर्छ । उहाँँका छोरा, बुहारी अस्ट्रेलियामा बस्ने गर्दछन् । ९० वर्षकी आमा र पत्नीको स्याहार गर्ने जिम्मेवारी पनि नारायणकाजीमै छ । 

नारायाणलाई उहाँ‘की आमाले नै सिकाएको पाठ छ, शरीरले भ्याउदासम्म कर्म गर्न नछोड्नु भन्ने । त्यसैलाई आत्मसात् गरेका नारायण आफू स्वस्थ रहनुको मूल कारण पनि कर्ममा सक्रिय हुनु हो । “बुढौली उमेर बेकार हुँदैन”, उहाँ‘ सुनाउनुहुन्छ, “त्यतिबेला परिवारको व्यवस्थापन पनि भइसकेको हुन्छ, आफ्नो खुसीले जिउने समय भनेकै यही उमेर हो ।” नारायणकाजी आफ्नो पाक्दै गरेको उमेर भरपुर उत्साहका साथ बिताउन सिपालु हुनुहुन्छ । हरेक दिन सिक्ने र सिकाउने काममा सक्रिय बताउनुहुन्छ । सक्रियता र व्यस्तताले उमेरको बारे सोच्ने फुुर्सद नै छैन उहाँँलाई । अधिकांश जेष्ठ नागरिक फुर्सदमा तास खेलेर, नसा खाएर, दुःखी भएर नकारात्मक जीवन शैलीमा फसेका मात्र हुँदैनन्, अनेक रोगव्याधीबाट पनि ग्रस्त हुने गर्दछन् । त्यस्तो कार्यबाट आफूले आफूलाई बचाउन सकारात्मक सोच र सही बानी बसाल्न जरुरी रहेको उहाँ‘ बताउनुहुन्छ । 

जोरपाटीका श्यामसुन्दर खतिवडाले निजामती कर्मचारीको अवकासपछि जेष्ठ नागरिकमा आउने उदासी र छटपटीको गहिरो अनुभूति गर्नुभयो । बुढ्यौलीले छुँदा व्यर्थ समय मान्दै मानसिक समस्या झेल्नु पर्ने, सबैको हेला हुनुपर्ने अवस्थाबाट जोगिन उहाँ‘ले एउटा उपाय अपनाउनु भएको छ । हरेक महिनाको ८ गते जोरपाटीस्थित चामुन्डा मन्दिरमा वरिपरिका जेष्ठ नागरिक भेला गराई उनीहरुलाई खुसी बनाउने विभिन्न रोचक क्रियाकलाप गराउन सुरु गर्नुभयो । “केटाकेटीको जन्मोत्सव सबैले मनाउँछन्, बुढाबूढीको खासै वास्ता गरिँदैन परिवारमा”, उहाँ‘ भन्नुहुन्छ, “हामी सबै मिलेर त्यो दिन बुढाबूढीको जन्मोत्सव बनाउँछौँ, नाच्छौँ, गाउछौँ र मज्जाले हास्छौँ ।” 

श्यामसुन्दरका अनुसार उमेर ढल्किँदै जाँदा परिवारको माया र साथको खाँचो हुन्छ । अहिले व्यस्त छोराछोरीले आमाबुबालाई समय निकाल्न कठिन छ । जसको कोही छैन, र वेसहारा बुढाबूढीको सहारा बनेर सहयोगी साझेदारी गर्न श्यामसुन्दरले भेला गर्ने गरेको बताउनुभयो ।  

राष्ट्रिय जनगणना २०७८ का अनुसार कुल जनसंख्याको १० दशमलब २१ प्रतिशत जनसंख्या जेष्ठ नागरिक रहेको रहेको छ । २९ लाख ७७ हजार तीन सय १८ जेष्ठ नागरिकमध्ये १५ लाख ३३ हजार चार सय ११ महिला छन् भने १४ लाख ४३ हजार नौ सय सात संख्या पुरुष छन् । बृद्धवृद्धाका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमका अनुसार जेष्ठ नागरिकको कुुल जनसङ्ख्याको ९.२२ प्रतिशत ज्येष्ठ नागरिक स्वस्थ्य र सक्रिय अवस्थाका छन् । उहाँ‘हरु सक्रिय भएर परिवारमा र राष्ट्रको टेवामा सहभागी भइरहेका छन् । 

औसत आयु ८० वर्ष पुग्दै गर्दा ६० वर्षमा अवकाश पाउने नागरिकले फेरि काम गर्न चाहेमा त्यस अनुसार रोजगारीको व्यवस्था हुन नसक्नुले जेष्ठ नागरिकमा कठिनाई आएको उहाँँ बताउनुहुन्छ । “बुढो हुनु भनेको कमजोर हुनु मात्र होइन, उसको भूमिकामा परिवर्तन आउनु हो”, उहाँँ भन्नुहुन्छ, “जेष्ठ नागरिकलाई रोजगारको वातावरणमा सहुलियत हुने कार्यक्रम ल्याउन जरुरी छ ।” त्यस्तै, बुढाबूढीले परिवारमा नातिनातिना हुर्काइ दिएर, घर रुँघेर, भान्सा सम्हालिदिएर बिनापारिश्रमिक काम गरेको भएपनि त्यसको उचित सम्मान भने परिवार र राज्यले दिन नसकेको प्रकाशको भनाइ छ । राज्य र परिवारले ऊर्जावान् ज्येष्ठ नागरिकको सीप र क्षमताको कदर गर्न आवश्यक रहेको उहाँ‘ बताउनुहुन्छ ।

- रासस
 


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP