Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • मधेशी समाजले शुभकामना दिँदै मनाए होली र रमजान कार्यक्रम
मधेशी समाजले शुभकामना दिँदै मनाए होली र रमजान कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १२, २०८०

काठमाडौं -  विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले इफ्तार कार्यक्रम मनाएको  छ । युइईको दुबईमा आइतबार पवित्र रामजान महिनाको अवसरमा युएईमा बस्ने मधेशका मुस्लिम समुदायको सम्मानमा एकता समाजले इफ्तार कार्यक्रमको आयोजना गरेको हाे । 

रमजान महिनामा दिनभरि रोजा अर्थात् अन्न र पानी ग्रहण नगरी व्रत बसेपछि मुस्लिम समुदायले हरेक साँझ विशेष खानपिन गर्ने गर्दछन् जसलाई इफ्तार भनिन्छ ।खराब मौसमको बाबजुद इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुको उल्लेखनीय सहभागिता थियो ।

holi-d1711349483.jpg

Hardik health

त्यस अवसरमा भारत र पाकिस्तानका मुस्लिमहरु पनि सहभागी थिए । इफ्तार कार्यक्रममा हिन्दु र मुस्लिम सहभागीहरुले मुस्लिम समुदायको जालीदार टोपी आआफ्नो टाउकोमा लगाएका थिए । त्यस अवसरमा उनीहरुले ह्यापी होली र रमजान मुबारक भन्दै एकअर्कालाई होली र रमजानको शुभकामना दिएका थिए । 
इफ्तारका सहभागीहरुले यस्तो कार्यक्रमको आयोजनाले हिन्दु र मुस्लिम समुदायबीच मिलीजुली बस्ने सद्भाव र भाइचाराको सन्देश दिने बताए ।कार्यक्रमपछि आफ्नो धारणा राख्दै एक जना सहभागी फैजानले इफ्तार आयोजनाको प्रशंसा गर्दै आयोजक मधेशी एकता समाजलाई धन्यवाद दिए ।

यस्तै, एकता समाजका उपाध्यक्ष शैलेन्द्र कुमार यादवले सबै जाति, भाषा र धर्मभन्दा माथि उठेर समाजले मधेशका सबै जात, धर्म र भाषालाई जोडेर अगाडि बढ्न खोजेको बताए । यस्तै अर्का सहभागी फैजलले इफ्तार आयोजनका लागि धन्यवाद दिँदै यस वर्षको होलीको उपलक्ष्यमा शुभकामना दिए । समाजका वरिष्ठ सल्लाहकार सुरेश कुमार यादवले एकता समाजले आयोजना गर्ने होली र रमजानसम्बन्धी कार्यक्रमले मधेशका सबै जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गरेको धारणा राखे । 

त्यसैगरी समाजका निवर्तमान अध्यक्ष कृष्ण ठाकुरले मधेशी एकता समाजका लागि सबभन्दा ठूलो धर्म मानव धर्म भएको बताए। कार्यक्रममा समापन मन्तव्य राख्दै समाजका संस्थापक डा. रविन्द्र कुमार यादवले विभिन्न जाति, धर्म र भाषाको विविधता भएको मधेशमा कहिलेकाही कटुता उत्पन्न हुने गरेको र ती कटुता र टकरावलाई सद्भाव र अपनत्वमा बदल्न एकता समाजले होली र इफ्तारजस्ता कार्यक्रम आयोजना गर्ने गरेको बताए ।

युएईको गोल्डेन भिजा प्राप्त गर्ने पहिलो नेपाली समेत रहनुभएका डा. यादवले सन् २०१५ देखि नै एकता समाजले दुबईमा रमजानको अवसरमा प्रत्येक वर्ष इफ्तार कार्यक्रम आयोजना गर्न थालेको जानकारी दिए । इफ्तार कार्यक्रम सकिएपछि सहभागीहरुले रंग अबिर दलेर यस वर्षको होली पर्व मनाएका थिए ।


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP