Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • हेलचेक्र्याइँ नगरौं क्षयरोगलाई 
हेलचेक्र्याइँ नगरौं क्षयरोगलाई 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १२, २०८०

बोलीचालीको भाषामा टिबी भनिने रोगको नाम सुनिनसाथ केही वर्षअघिसम्म मानिसहरु आतंकित हुन्थे । उनीहरुको छेउछाउ पर्नबाट जोगिनु नै रोग लाग्नुबाट उम्किनु हुन्थ्यो । नेपाली समाजमा कुनै बेला कोरोना महामारीले भन्दा पनि अत्याएको टिबी ट्युबरक्लोसिस नामक कीटाणुका कारण सर्छ । खोकी लगातार लाग्ने भएकोले कतिपयले सुर्ती, तमाखु खानेलाई यो रोग लाग्छ भन्ने पनि थियो । तर क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आए पनि रोग सर्ने जोखिम हुन्छ ।

यसैले पनि होला आफूलाई टिबी लाग्नेबित्तिकै रोगीहरुले रोग सार्वजनिक गर्दैनन् । अर्को कमजोरी भनेको रोग लाग्दा पनि परीक्षण गर्नसम्म पुग्दैनन् । यस्तै हेलचेक्र्याइँका कारण विश्वमा उच्च मृत्यु दरको १० रोगमध्ये एक यो रोग पनि रहेको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार ४४७ जनामात्र उपचारको दायरामा आएको देखिन्छ । क्षयरोगकै कारण नेपालमा बर्सेनि १८ हजार जनाको मृत्यु भएको डरलाग्दो तथ्यांक छ । गरिबीका कारण पनि रोग लुकाउने नेपालीको बानी छ । अर्को माथि भनेझैं रोग भनिदिए छिछि दुरदुर गर्ने डर । सरकारले सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा निवारण गर्ने संकल्प राखेको छ ।

चेतनाको कमी र सरकारले यससम्बन्धी सचेत पार्न नसक्नु अर्को कमजोरी हो । यद्यपि ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नारासहित आइतबार विश्व क्षयरोग दिवस मनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले यो दिवस मनाए पनि यसबारे खासै चर्चा भएको देखिन्न । क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका मानिसमा हुन्छ । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ । हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध छन् । क्षयरोगको जोखिममा कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् ।

Hardik health

‘क्षयरोगमुक्त नेपाल अभियान’ अन्तर्गत हाल १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको सरकारले जनाएको छ । तर ७५३ वटै स्थानीय तहमा यस्तो सेवा लागू भने गरिनुपर्छ । श्वासप्रश्वासबाटै सर्ने रोग भएकाले सरकारले यो विषयमा विशेष कार्यक्रम नल्याए सर्वसाधारणले बाध्यतामा परेर रोग नजाँच्ने क्रम जारी हुने छ । यतिमात्र हैन महामारी निवारण योजना पनि असफल हुने छ ।
 


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP