Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संयम र मर्‍यादित भई मनाऔं होली
संयम र मर्‍यादित भई मनाऔं होली
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ११, २०८०

आज फागु (होली) पर्व । काठमाडौं उपत्यका र मुलुकको पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै छ । तराईमा भने भोलि पूर्णिमाका दि होली मनाउने गरिन्छ । रङहरुको पर्व मानिने होली अहिले सबै नेपालीले हर्षोल्लासका साथ मनाउन थालेका छन् । विगतमा भन्दा होली पर्वको व्यापकता फैलिँदै गएको छ । विभिन्न क्षेत्र र समुदायअनुसार फरक–फरक रुपमा यो पर्व मनाउने गरिएको छ । जस्तोः काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा मनाउने होली र सुदूरपश्चिममा मनाउने होलीमा भिन्नता पाइन्छ । राना थारुहरुले मनाउने होली अझ पृथक रहेको पाइन्छ । यस्तो विविधताले होली पर्वको महŒवलाई झन् बढाएको छ ।

होली पर्वका बारेमा थुप्रै मिथक छन् । हिन्दू धार्मिक कथनअनुसार युवा अवस्थाका चुलबुली कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागादौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्त छ । अर्को कथन विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।

होली पर्व विशेषगरी युवाहरुमाझ लोकप्रिय बन्दै गएको पाइन्छ । एक अर्कालाई रङ दलेर रमाइलो गरी मनाइने भएकोले युवाहरुको आकर्षण बढेको बुझ्न सकिन्छ । होली संस्कृति यसरी युवाहरुले अँगाल्दै जानु राम्रो पक्ष हो । यसले होली पर्वको संरक्षण र प्रवद्र्धनमा योगदान पुर्‍याउने छ । तर, होली पर्वमा अनेक विकृतिसमेत बढ्दै गएका छन् । जथाभावी रङ, लोला, केमिकल मिसाइएका पानी छ्याप्ने, मादकपदार्थ तथा लागुपदार्थ सेवन गरी उच्छृंखल गतिविधि गर्नेजस्ता विकृतिहरु बढ्दै गएको छ ।

Hardik health

यसले समग्र पर्वलाई विकृत त बनाएको छ नै उच्छृंखल रुपमा होली मनाउँदा बर्सेनि धेरैले ज्यान गुमाउन पुगेका छन् । कतिपय असावधानीका कारण पनि ज्यान जाने गरेको छ । घरको छतमा होली मनाउँदा लडेर ज्यान गएका थुप्रै उदाहरण विगत वर्षहरुका छन् । त्यसैले होली संयमित र मर्यादित रुपमा मनाउन आवश्यक छ ।

आफ्नो समूहमा संयमताका साथ होली मनाउनुबाहेक अपरिचित र बटुवालाई लोला, रङ, पानीलगायत हान्नु, मादकपदार्थ वा लागुपदार्थ सेवन गरी होहल्ला गर्नु, झैझगडा गर्नु गैरकानुनी काम हो । त्यसैले यस्तो व्यवहार गर्नेमाथि प्रहरीले निगरानी बढाउनुपर्छ । यस्ता क्रियाकलापमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्नु प्रहरीको जिम्मेवारी हो । मनोरञ्जन गर्न कसैलाई रोक लगाउनु हुन्न तर मनोरञ्जनको नाममा हुने उच्छृंखलता बन्द गराउनैपर्छ । यसमा होली मनाउने सम्पूर्णको ध्यान जाओस् । होलीको शुभकामना !


प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु
आइजी सा‘ब, आयोगसँग जवाफदेही बन्नु शुक्रबार, कात्तिक २१, २०८२
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP