Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अविराम कांग्रेस–गृहमन्त्री लडाइँ
अविराम कांग्रेस–गृहमन्त्री लडाइँ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, चैत ११, २०८०

जिबी राई, जिबी राई ! म रवि लामिछाने हो, जिबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग टेलिभिजनमा काम गरेको हुँ, टेलिभिजनमै मेरो नाता सकिएको हो । त्योभन्दा बाहेक कहीँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ ।
रवि लामिछाने
गृहमन्त्री

काठमाडौं– सहकारीमा सर्वसाधरणले जम्मा गरेको बचत रकम ठगी प्रकरणसँग जोडिएका गृहमन्त्री रवि लामिछानेले अर्का ठगी आरोपी गितेन्द्रबाबु (जिबी)राई जहाँसुकै भए पनि पक्राउ गर्ने हाँक दिएका छन् । जिबी भने देशमा छैनन् । उनी मलेसियामा रहेको प्रहरीको दाबी छ । 

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजीनामा मागेर दबाबमा पारिरहेका बेला गृहमन्त्री लामिछानेले राईलाई छिट्टै पक्राउ गर्ने भन्दै कांग्रेसलाई थम्थम्याउने प्रयास गरेका हुन् । उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले भने, ‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउँछौं । समय लाग्ला । कसले भगायो त्यो पनि खोज्छौं ।’

गृहमन्त्री लामिछाने र जिबी यसअघिका व्यावसायिक साझेदार हुन् । ग्यालेक्सी टेलिभिजन स्थापना गरेपछि जिबी अध्यक्ष र लामिछाने प्रवन्ध निर्देशक थिए । दुवै त्यसताका लगानीकर्ता हुन् । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीबाट बचतकर्ताको रकम ल्याएर नाफामूलक संस्थामा लगानी गरी हिनामिना गरेको प्रकरणसँग दुवैको संलग्नता भएको प्रस्टिने प्रमाणहरू सार्वजनिक भइसकेका छन् । तर, गृहमन्त्री लामिछानेले पञ्छिने प्रयास गरेका छन् । यतिसम्मकी उनले आफ्नो सम्बन्ध जिबीसँग नभएको पनि भन्न भ्याए । 

Hardik health

‘जिबी राई, जिबी राई ! म रवि लामिछाने हो, जिबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग टेलिभिजनमा काम गरेको हुँ, टेलिभिजनमै मेरो नाता सकिएको हो,’ उनले भने, ‘त्योभन्दा बाहेक कहीँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ ।’

गत २१ फागुनको अन्तिम सातादेखि विपक्षी दल कांग्रेसले गृहमन्त्री रविको राजीनामा मागेको मागेकै छ । संसदीय छानबिन समिति गठन गर्नुपर्ने ‘बटमलाइन’ कांग्रेसको छ । गत बुधबार त संसद् बैठकको सुरुमै बोल्दै कांग्रेस सांसद ईश्वरी न्यौपानेले अर्को संसद् बैठकमा संसदीय समिति बनाउनुपर्ने अल्टिमेटम नै देखिएकी थिइन् । अर्को बैठक कहिले बस्छ  टुंगो छैन । किनभने सभामुखसहितको टोली विदेश भ्रमणमा छ । 

गृहमन्त्री लामिछानेलाई राजीनामा दिनुपर्ने दबाब थामिनसक्नु छ । तर, राजीनामा भने नदिने उनको अडान छ । उल्टै उनले आफ्नो प्रतिरक्षा गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले आफूमाथि लागेको आरोपमाथि खुला बहस गर्न तयार रहेको भन्दै कांग्रेसलाई चुनौती दिएका छन् । 

‘सम्मानित अदालतमा सूर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन । कसैको बयानमासमेत मेरो नाम संलग्न भएको जानकारी छैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार लेखेका छन्, ‘न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हुँ, न त्यहाँको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु ।’

उनले कांग्रेस नेताहरूले आफ्नो जवाफ सुन्न नचाहेको भन्दै असन्तुष्टि पोखे । यसअघि संसद्मा चर्को विरोध गर्ने कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापालाई लक्षित गर्दै रविले सहकारी ठगी प्रकरणबारे सार्वजनिक बहसमा आउन चुनौती दिएका छन् ।‘तपाईंहरूले भनेको दिन, स्थान र  समयमा तपाईंहरू र म सार्वजनिक बहस गरौं । त्यो बहस काठमाडौ–४ मा भए राम्रो,’ उनले भने, ‘म एकलै आउँछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले ममाथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला । यो बहस लाइभ गरौं ताकि सिंगो देशले हेरोस् ।’

गृहमन्त्री लामिछानेले सार्वजनिक बहसको चुनौती दिएको केही घण्टाअघि मात्रै कांग्रेस नेता डा. शेखर कोइरालाले उनलाई एक मिनेट पनि पदमा बसिरहने छुट नभएको बताए । कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले पनि शनिबार पूर्वमन्त्री केशव बुढाथोकीको ४५औं पुण्यतिथिमा बोल्दै गृहमन्त्री लामिछानेको राजीनामा मागेका छन् । उनले सहकारी ठगी प्रकरणको अनुसन्धान गर्ने निकायको नेतृत्वमा आरोपित (रवि)लाई नै पठाउँदा जनतामा शंकासमेत उत्पन्न भएको बताए । यसरी कांग्रेसका एकपछि अर्का नेताहरूले गृहमन्त्री लामिछानेको आलोचनामात्रै होइन, राजीनामा मागिरहेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले भने संसद बैठकमै यसअघि रवि कुनै पनि सहकारी ठगी प्रकरणमा संलग्न नभएको भन्दै सफाइ दिइसकेका छन् । एउटा ठाडो उजुरी परेको विषयलाई लिएर राजनीतिकरण नगर्न चेतावनी दिँदै कांग्रेसलाई प्रश्न गरेका छन्, ‘हिजो प्रधानमन्त्रीका लागि उपयुक्त देख्ने कांग्रेसले आज माननीय गृहमन्त्री रविजीलाई अनपयुक्त देख्ने ?’

सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठन असम्भव रहेको जवाफ कांग्रेसलाई दिइसकेका छन् । यसरी आरोपित लामिछानेको पक्षमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली खुलेरै लागेका छन् ।



कांग्रेस रणनीति : एक गोली, दुई सिकार 
गत ३० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा १५७ सांसदले उनलाई मत दिए । त्यसमध्ये विश्वासको मत दिने २१ जना सांसद गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हो । यदि, लामिछानेले कांग्रेसको बढ्दो दबाबले राजीनामा दिनुपरे उनको दल रास्वपा सरकारबाट बाहिरिन सक्ने सम्भावना छ ।

यसअघि रविकै नागरिकतालाई सर्वोच्चले अवैधानिक ठहर गर्दा उपप्रधान तथा गृहमन्त्रीसहित सांसद पद गुमाएपछि सिंगो रास्वपा सरकारबाट बाहिरिएको थियो । त्यतिबेला प्रधानमन्त्रीलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । अहिले पनि कांग्रेसको दबाबकै कारण गृहमन्त्री लामिछानेले राजीनामा दिनुपरे सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सक्छ । त्यस्तो अवस्थामा दाहाल नेतृत्वको गठबन्धन सरकार ढल्छ । अर्थात् एक गोलीले दुईवटा सिकार मर्छ । कांग्रेसको अन्तिम मिसन पनि यही हो ।

तर, रास्वपा प्रमुख सचेतक सन्तोष परियार अहिले नै त्यति परसम्मको कुरा सोच्न जरुरी नभएको बताउँछन् । ‘भोलिको कुरा भोलि नै होला । अहिले यति भनौं कि रास्वपा सरकारमा छ । जनताको पक्षमा काम गर्न सरकारमा गएका हौं । राम्रो गर्न कोसिसमा छौं,’ उनले प्रभावसँग भने, ‘विपक्षी दलले गृहमन्त्रीको राजीनामा मागेको सुनेका छौं । तर, लहडमा मागिएको राजीनामाको अर्थ हुँदैन ।’

गत २० फागुनसम्म कांग्रेससहितको गठबन्धन सरकार थियो । २१ फागुनमा एमाले, रास्वपा सम्मिलित अर्कै गठबन्धन सरकार बन्यो । जहाँ कांग्रेस अटेन । त्यसबेला कांग्रेसले वैकल्पिक गठबन्धन बनाउन रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको महामन्त्री डा. मुकुल ढकालले पत्रकारहरूलाई सुनाएका थिए । यद्यपि, कांग्रेसले उक्त विषयको खण्डन गरेको थियो । 
 


प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP