Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनलाई प्रदेश चलाउन मुश्किल
गठबन्धनलाई प्रदेश चलाउन मुश्किल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, चैत ९, २०८०

काठमाडौं– झन्डै तीन साताअघि गठन भएको एमाले–माओवादीसहितको गठबन्धनले संघीय मन्त्रिपरिषद् पुनर्गठन गरे पनि प्रदेशमा भने मधेशबाहेक अरुमा चालचुल छैन । अहिलेसम्म पूर्ववर्ती कांग्रेस–माओवादीसहितको गठबन्धन छँदा बनेका मुख्यमन्त्रीहरूले नै प्रदेश हाँकिरहेका छन् ।

यसबीचमा केही प्रदेशका मुख्यमन्त्रीले भने गठबन्धन बदलिएपछि गठबन्धनबाहिरको दलका मन्त्रीलाई बर्खास्त गर्ने काम गरे । तर, गठबन्धनलाई प्रदेशहरूमा सरकार पुनर्गठन गर्न निकै चुनौतीपूर्ण बनेको छ । विकसित राजनीतिक परिघटनालाई विश्लेषण गर्ने हो भने त प्रदेश सरकार गठन गठबन्धनका लागि पहिलो गाँसमै ढुंगा भनेजस्तो भएको छ ।

तर, सरकार पुनर्गठन छिट्टै हुने जनता समाजवादी पार्टी (जसपा)बाट कार्यदल सदस्य रहेका राजेन्द्रप्रसाद श्रेष्ठले दाबी गरे । ‘मोटामोटी रुपमा प्रदेश सरकारहरूको नेतृत्व आलोपालोमा गर्नेगरी सहमति भइसकेको छ । कार्यदलले शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउन चाहिँ बाँकी छ’, उनले प्रभावसँग भने, ‘छिट्टै प्रतिवेदन बुझाएर सरकार गठन पनि चाँडै गराउने भन्ने छ ।’

हाल गठबन्धनमा रहेको माओवादीले बागमती र कर्णालीमा सरकारको नेतृत्व गरिरहेको छ । बागमतीमा शालिग्राम जम्मकट्टेल र कर्णालीमा राजकुमार शर्मा मुख्यमन्त्री छन् । मधेसमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । बाँकी चारवटा प्रदेशमा भने कांग्रेसका मुख्यमन्त्रीहरू छन् । कोशीमा केदार कार्की, गण्डकीमा सुरेन्द्रराज पाण्डे, लुम्बिनीमा डिल्ली चौधरी, सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री छन् । कांग्रेस नेतृत्वको चार प्रदेशमा सरकार पुनर्गठन गर्ने भनिएको छ । 

तर, देशको पूर्वी क्षेत्रको प्रदेश कोशीमा त कानुनी जटिलताले गर्दा सरकार पुनर्गठन होला कि नहोला ? अन्योल कायमै छ । किनभने त्यहाँ केदार कार्की नेतृत्वको वर्तमान सरकारको गठन संविधानको धारा १६८ को उपधारा (५) अनुसार भएको हो । संवैधानिक कानुनका एकथरी जानकार त्यहाँ उपधारा ५ अनुसार फेरि सरकार पुनगर्ठन नहुने मत राखिरहेका छन् । बरु, अहिलेको कार्की सरकार ढलेको अवस्थामा उपधारा ७ अनुसार चुनावी सरकारमा परिणत हुने र उक्त सरकाले मध्यावधि चुनाव गर्ने पनि बताउँछन् । अघिल्लो साता मात्रै कांग्रेस पदाधिकारी बैठकले पनि यस आधारमै विश्लेषण गर्दै कांग्रेसको सरकारले निरन्तरता पाउन निष्कर्ष निकालेको थियो । 

अर्काथरी संवैधानिक कानुनका जानकारहरू भने उपधारा ५ भन्दा पनि उपधारा २ अनुसार दुुई वा दुुईभन्दा बढी दलहरूले सरकार गठन गर्ने विकल्प कायम गरेको तर्क गरिहेका छन् । यसले गर्दा कोशीमा वर्तमान गठबन्धन दलहरूले कानुनी जटिलताले सरकार पुनर्गठनमा अलमलमा परेका छन् । यदि सरकार पुनर्गठन हुने भए त्यहाँ एमाले–माओवादी, नेकपा एस र जसपासहितको गठबन्धनलाई सरकार गठन गर्न स्पष्ट बहुमत छ । ९३ सदस्यीय प्रदेश संसदमा एमाले एक्लैको ४०, माओवादीको १३, नेकपा एसको ४ र जसपाको १ गरी ५८ जना सांसद छन् । ४७ सांसद भए सरकार गठन हुनेमा यो संख्या आवश्यकताभन्दा अधिक बहुमत हो । 

मधेशमा भने कांग्रेसका मन्त्रीहरुलाई संघीय गठबन्धनले बर्खास्त गरिसकेको छ । चैत ५ गते कृष्ण यादव नेतृत्वको कांग्रेसका तीन मन्त्रीलाई हटाएर एमालेका सरोजकुमार यादवलाई सरकारमा भित्र्याइएको छ । भागबण्ड मिलाउन अफ्ट्यारो परेपछि बाँकी मन्त्रालय भने मुख्यमन्त्री आफैले राखेका छन् ।देशको संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा पनि सरकार पुनगर्ठनमा गठबन्धन दलहरूलाई पूरै सकस छ । 

त्यहाँ चाहिँ बहुमत जुटाउने सन्दर्भमा गठबन्धन दलहरूलाई समस्या देखिएको हो । ११० सदस्यीय प्रदेश संसदमा सरकार गठनका लागि ५६ सांसद चाहिन्छ । त्यहाँ एमालेको २७, माओवादीको २१ र नेकपा एकीकृत समाजवादीको सात जना सांसद छन् । यी तीन दलको सांसद संख्या ५५ पुग्छ । नयाँ समीकरणका लागि एक जना सांसद पुग्दैन । यहीबेला दुई जना सांसद रहेको नयाँ दल हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री पद बार्गेनिङ गरिरहेको छ । जसले गर्दा सरकार गठन निकै जटिल भएको छ । ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीलाई गठबन्धनले फकाउँदै छ ।

तर, उक्त दल सरकारमा सहभागी हुनेबारे सकारात्मक छैन । यहाँ नेपाली कांग्रेसले सत्ता लिने तयारी गरिरहेको निवर्तमान मन्त्री तीर्थ लामाले बताए । ‘हामी प्रयासमा छौं । केही समयमै परिणाम देखिनेछ,’ लामाले भने । राप्रपा, हाम्रो नेपाली दल र नेमकिपाले साथ दिएमा कांग्रेस नेतृत्वको सरकार बन्ने देखिन्छ । यद्यपि कांग्रेसकै इन्द्र बानियाँ भने कि त आफै मुख्यमन्त्री बन्ने नभए अरुलाई कांग्रेसबाट मुख्यमन्त्री बन्न नदिने खेलमा लागेका छन् ।

बागमतीसँग सीमा जोडिएको अर्को प्रदेश गण्डकीमा पनि सरकार पुनर्गठन गर्न गठबन्धनलाई मुस्किल परेको छ । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सांसद चाहिन्छ । यहाँ एमालेको २२ जना र माओवादीको ८ जना सांसद छन् । गठबन्धनमै रहेको एउटा दल नेकपा एसका सांसद रहेका दीपक मनाङे पार्टी परित्याग गरेर कांग्रेस सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

यसले गर्दा गठबन्धनलाई सरकार गठनमा झन् मुस्किल हुने देखिएको छ । यहाँ दुई सिटे राप्रपा सरकार गठनका लागि निर्णायक बन्ने भएको छ । यद्यपि, गठबन्धन सरकारलाई राप्रपाले समर्थन गर्छ कि गर्दैन ? प्रदेश अध्यक्षसँगको समन्वयपछि पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले निर्णय लिनेछन् । राप्रपाको समर्थन पाए त्यहाँ गठबन्धनको सरकार बन्छ । होइन भने प्रदेश मध्यावधिनजिक पुग्ने छ ।

८७ सिट रहेको लुम्बिनी प्रदेशमा नेकपा सरकार गठनका लागि ४४ सिट आवश्यक हुन्छ । यहाँ गठबन्धनको मुख्य दल एमालेसँग २९ र माओवादीसँग ११ जना सांसद छन् । यी दुुई दलको सांसद संख्या ४० जना हो । जसपासँग तीन जना सांसद छन् । तर, उनीहरू पार्टीका नेता मोहम्मद इस्तियाक राई निकट हुन् । राई पार्टी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुुष्ट छन् । यस कारण लुम्बिनीका तीनै जना सांसदले यादवको निर्देशनलाई अटेर गरेर कांग्रेस सरकारलाई समर्थन गर्न सक्ने चर्चा पनि छ । 

चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी प्रदेश गठबन्धनबाट अलग छ । यसले गर्दा यहाँ पनि गठबन्धनले डिल्ली चौधरी नेतृत्वको सरकार ढालेर नयाँ सरकार पुुनर्गठन गर्न सकेको छैन । विकसित राजनीतिक घटनाक्रमलाई आधार मान्दा चौधरी नेतृत्वकै वर्तमा सरकारले निरन्तरता पाउने सम्भावना देखिएको छ ।


कर्णालीमा भने सरकारको नेतृत्व एमालेले मागेपछि विवाद सिर्जना भएको छ । त्यहाँ राजकुमार शर्मा मुख्यमन्त्री रहेको माओवादी सरकार छ । तर, एमालेले मुख्यमन्त्री मागेपछि माओवादीले कांग्रेससँग सहकार्य गर्नेसम्मको चेतावनी एमालेलाई दिइसकेको छ । यहाँ सरकार पुनर्गठनका लागि भने आवश्यक बहुमत गठबन्धनसँग छ । कांग्रेस यसअघि नै राजीनामा बुझाएर सरकारबाट बाहिरिसकेको छ । ४० सिट रहेको प्रदेशमा सरकार गठनका लागि २१ सांसद चाहिने भए पनि एमाले, माओवादी र नेकपा एसको गरी २४ जना सांसद छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि सरकार पुनर्गठन भएको छैन । ५३ सदस्यीय प्रदेश संसद्मा २७ जना सांसद सरकार गठनका लागि आवश्यक हुन्छ । यहाँ माओवादीसँग ११, एमालेसँग १० र नेकपा एससँग चार जना सांसद छन् । सांसद संख्या २५ मात्रै पुुग्छ, गठबन्धनको । यहाँ निर्णायक रहेको नागरिक उन्मुक्तिसँग सात जना सांसद छन् । तर, उन्मुुक्तिले कांग्रेसबाट मुख्यमन्त्री भएका कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत कायम राख्ने निर्णय गरेको छ । यसले गर्दा यहाँ पनि गठबन्धनले सरकार पुनर्गठन गर्न तत्काल नसक्ने भएको छ । 

यद्यपि, माओवादी सचिव गणेश साहले छिट्टै सबै प्रदेशमा गठबन्धनको आलोपालो सरकार हुने दाबी गरे । ‘कार्यदलमा अहिले छलफल भइरहेकै छ, कहाँ कसरी सरकार पुनर्गठन गर्ने भन्नेमा, कार्यदलले टुंगो लगाउनेबित्तिकै गठबन्धन अघि बढ्छ’, उनले भने । गत २१ फागुनमा केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन भत्केको हो । तत्कालीन गठबन्धन भत्काइनुमा कांग्रेस जिम्मेवार रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले आरोप लगाउँदै आएका छन् । तर, परिवर्तीत गठबन्धनले प्रदेशहरूमा सरकार पुनर्गठन गर्न सकेकै छैन । 
 


प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा
सत्तारुढ दल पनि स्वमूल्यांकनको विपक्षमा शुक्रबार, साउन २३, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP