Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • ऋण लिएरै बजेट बढाउने अर्थमन्त्री पुनको तयारी
ऋण लिएरै बजेट बढाउने अर्थमन्त्री पुनको तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ८, २०८०

पैसाको अभाव हैन । खर्च गर्ने क्षमता हाम्रो पुगेन । प्रतिबद्धता भएको रकम पाँच खर्बभन्दा बढी छ । विकास ऋण या अनुदान सहयोग पाँच खर्बभन्दा बढी आउने कुरा छ ।
वर्षमान पुन
अर्थमन्त्री

 

काठमाडौं– आगामी आर्थिक वर्षको बजेट तयारीमा जुटेका अर्थमन्त्री वर्षमान पुनले ऋण लिएरै बजेटको आकार बढाउने संकेत गरेका छन् । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण कटौती गरेर ‘पपुलर’ कार्यक्रमहरु हटाउनेगरी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेकामा त्यसको ठीक विपरीत पुनले समाजवादी कार्यक्रम राखेर बजेट ल्याउने तयारी गरेका हुन् ।

राष्ट्रिय सभा र प्रतिनिधिसभामा महतले पेस गरेको ‘आर्थिक वर्ष २०८१÷८२ को बजेटका सिद्धान्त र प्राथमिकता’लाई पुनर्लेखन गर्न सत्तारुढ दलका सांसदहरुले जोड दिएपछि पुनले संशोधनको छनक दिएका हुन् । ‘समाजवादउन्मुख केही ठोस आधार तयार हुने छ,’ अर्थमन्त्री पुनले भने, ‘बजेटमा सामाजिक न्यायको विषय उपेक्षामा पर्ने छैन ।’महत अर्थमन्त्री छँदा फागुन १४ गते संसद्मा ‘प्रि–बजेट’ प्रस्तावका रुपमा बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस भएको हो । जसको पुनर्लेखन गर्ने कानुनी व्यवस्था नभएको अर्थमन्त्री महतले स्पष्ट पारे ।

Hardik health

महतले राजस्वको लक्ष्य हासिल गर्न नसक्नुको मुख्य कारण पुँजीगत खर्चमा कमी र विदेशी ऋण नलिनु भएको अर्थमन्त्री पुनले बताए । चालु आवका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएका महतले लक्ष्य अनुरुपको राजस्व नउठेपछि अर्धवार्षिक समीक्षामा आकार घटाएका थिए । यही कारण देखाउँदै पुनले ऋण लिएर भए पनि बजेटको आकार बढाउने तयारी गरेका हुन् । ‘पैसाको अभाव हैन । खर्च गर्ने क्षमता हाम्रो पुगेन । प्रतिबद्धता भएको रकम पाँच खर्बभन्दा बढी छ । विकास ऋण या अनुदान सहयोग पाँच खर्बभन्दा बढी आउने कुरा छ । यो खर्च गर्न सकेका छैनांै । विगतमा २० प्रतिशतसम्म खर्च हुन्थ्यो । यसपटक छ प्रतिशतमात्र खर्च भएको छ । यो समीक्षा भएन,’ पुनले भने । 

पूर्वअर्थमन्त्री डा. महतले भने बजेटको आकार बढाउँदा पछि पछुताउनुपर्ने अवस्था आउने दाबी गरे । आफूले ऋण कटौती गरी थिति बसाएको तर्क गर्दै ठूलो बजेट बनाउँदा पछि टाउकामो हात राख्नुपर्ने अवस्थातर्फ सचेत रहन महतले सुझाए । ‘बजेटरी सिस्टम थितिमा ल्याउनुपर्छ । मैले सुनिराख्य छु धेरै ठूलो बजेट बन्नुपर्छ । बनाउनुस् शुभकामना छ । २५–३० खर्बकै बनाउनुस्,’ महतले भने, ‘आफ्नै कार्यकर्ताले राखेका माग पूर्ति गर्ने होला । तर यसले दीर्घकालीन दायित्व सिर्जना गर्छ । जो घोषणा पूर्ति हुँदैन अनि टाउकोमा हात राख्नुपर्ला ।’

महतले ऋणको सावा र ब्याजमात्र बढेको उल्लेख गर्दै यस्तो विषयमा नयाँ अर्थमन्त्रीले ध्यान दिनुपर्ने बताए । ‘तीन खर्ब ३१ अर्ब ऋण र सावा तिर्नुपर्छ यो वर्ष । आउँदो वर्ष अर्थमन्त्रीले यो तिर्दिनँ भन्न पाउनुहुन्न । चार खर्ब ३५ अर्ब उहाँले छुट्याउनुपर्छ,’ महतले भने ।

महतले अस्वाभाविक बजेटले देशलाई घाटा हुने बताए । विनियोजन विधेयक २०८१ माथि प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै महतले थपे, ‘खर्चका लागि मितव्ययिता चाहिन्छ । यसैका आधारमा आउने जेठ १५ गते आउने बजेटको खाका तयार गरेको हो । विष्णुजीलाई यसको डकुमेन्टलाई वनरसिप लिन गाह्रो भयो ।’ सरकारले मंगलबार ल्याएको नयाँ सरकारको नीति तथा कार्यक्रम महतले तयार पारेको विधेयकलाई संशोधन गर्ने गरी ल्याइएको छ । उक्त नीति तथा कार्यक्रम पूर्वअर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तयार भएको हो । 

यद्यपि सरकारको नेतृत्व लिइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाललेसमेत आफ्नो काममा जस नदिएको महतको गुनासो छ । ‘प्रधानमन्त्रीले यो विषयको उपलब्धिलाई स्वीकार गर्नुभएको छ । लगानी बढ्न थालेको छ । पर्यटन बढ्न थालेको छ । आर्थिक अवस्था सुध्रिएको छ । मेरो नेतृत्वमा यो उपलब्धि भयो भन्नुभयो,’ महतले भने, ‘तर उहाँले सालाखाला सन्तुष्टि नभएको भन्नुभयो । भएको उपलब्धि उहाँको नेतृत्वमा लिनुभयो । नभएको दोषजति कांग्रेसतिर फर्काउनुभयो ।’ 

 

मैले सुनिराख्य छु, धेरै ठूलो बजेट बन्नुपर्छ । बनाउनुस् शुभकामना छ । २५–३० खर्बकै बनाउनुस् । तर आफ्नै कार्यकर्ताले राखेका माग पूर्ति गर्ने होला । यसले दीर्घकालीन दायित्व सिर्जना गर्छ । जो घोषणा पूर्ति हुँदैन । अनि टाउकोमा हात राख्नुपर्ला ।
डा. प्रकाशशरण महत
पूर्वअर्थमन्त्री

सुशासनले अर्थतन्त्रमा सुधार
अर्थमन्त्री पुनले प्रधानमन्त्री दाहालको सुशासनको सिद्धान्तका कारण अर्थतन्त्र लयमा आएको दाबी गरे । ‘बाह्य क्षेत्रमा केही सुधार आएकै छ । यो सुशासनको कारण हो । खर्चमा जोड दिँदा निजी क्षेत्रलाई जोड दिँदा राम्रो भयो,’ पुनले भने । तर पुँजीगत खर्च कम हुँदा भने सोचेजति सफलता नपाएको उनको धारणा रह्यो । ‘किन खर्च गर्न हामीले सकिरहेको छैनौं । हाम्रो प्रशासनको खर्च गर्ने क्षमता नभएर हो कि प्रधानमन्त्रीले नसकेर हो कि ?,’ पुनको प्रश्न छ ।

उनले राजस्वको लक्ष्य ४२ प्रतिशत राख्दा नौ प्रतिशतमात्र उठ्नु आश्चर्यजनक रहेको बताए । ‘राजस्वको ४२ प्रतिशत लक्ष्य राख्छौं । आइरहेछ नौ प्रतिशत वृद्धि । हाम्रो विज्ञताले कहाँ काम गरेन ?’ पुनले प्रश्न गरे । डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ३३ प्रतिशत राजस्व वृद्धि भएको उल्लेख गर्दै अरू समय यस्तो उपलब्धि हुन नसकेको पुनको भनाइ थियो । पुनले वर्तमान आर्थिक शिथिलतालाई अन्त्य गर्न सरकारले ठूला तथा  निर्माणाधीन आयोजनालाई अगाडि बढाउने र विकास वित्तका लागि आन्तरिक र बाह्य स्रोतको अधिकतम परिचाल गर्ने नीति लिइने बताए । 

अर्थमन्त्रीले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय पुँजीको विकास गर्न जोड दिइने उल्लेख गर्दै मन्त्री पुनले स्वदेशमा नै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने गरी बजेटमा कार्यक्रम तर्जुमा गरिने बताए । कृषिलाई आर्थिक वृद्धि, रोजगारी सृजना, गरिबी निवारण, औद्योगिकीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गरिने पुनको भनाइ छ ।

मन्त्री पुनले जनताको शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने, विश्वविद्यालयमा विद्यमान समस्याको तत्काल समाधान गरी उच्च शिक्षाका निम्ति विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने तथा शिक्षा र रोजगारीका बीचमा सन्तुलन कायम गर्ने गरी बजेट तर्जुमा गरिने विश्वास दिलाए ।

‘सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने, स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थोपचार सहज बनाउने र सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न जोड दिइने छ,’ मन्त्री पुनले भने, ‘आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सामाजिक संरक्षणका कार्यक्रमलाई निरन्तरता दिँदै स्वदेश तथा विदेशमा ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई समेट्ने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाइने छ ।’

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक स्रोतको उचित व्यवस्थापन गरिने उल्लेख गर्दै मन्त्री पुनले सरकारको स्रोत र साधनको सन्तुलित वितरणमा यथेष्ट ध्यान दिइने बताए ।
 


प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP